हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, August 19, 2013

९० सेकेण्डमा १ लाख स्मार्टफोन बिक्यो !

एक रिपोर्टमा जनाइए अनुसार एक चाइनीज कम्पनीको स्मार्टफोन १ लाख यूनिट्स मात्र ९० सेकेण्ड भित्र बिक्री भएर नयाँ रेकर्ड बनाएको छ ।  होङमी नामको उक्त स्मार्टफोन बनाउने कम्पनी शाओमी ले बताए अनुसार करीब ७५ लाख डिभाइस अहिले पनि रिजर्भमा राखिएको छ । साथै कम्पनीले अझै धेरै संख्यामा उक्त डिभाइसहरू बनाइरहेको बताइएको छ । किन भने यी सबै बिक्ने  विश्वास कम्पनीले लिएको बताइन्छ ।china-smartphone
होङमी शब्दको अर्थ रेड राइस हुने गर्दछ, इन्डिपेन्डेन्ट रिपोर्ट्समा जनाइए अनुसार यसको मूल्य ८३ पाउण्ड (नेपाली रूपैया करिब १३ हजार रूपैया) रहेको छ । यस स्मार्टफोनमा 4.7 इन्चको स्क्रीन छ भने 720×1280 पिक्सेल रेजूल्युसन, 1.5 गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर रहेको बताइएको छ ।
उक्त फोनमा 1 जीबी र्याम छ भने 4 जीबीको इन्टरनल मेमोरी रहेको छ । यद्दपी स्टोरेजलाइ माइक्रो-एसडी कार्ड मार्फत 32 जीबी सम्म बढाउन सकिन्छ । फोनमा पछाडि पट्टि 8 मेगापिक्सेल र अगाडी पट्टी 1.3 मेगापिक्सेलको क्यामरा रहेको छ ।
मुख्य कुरा यो डिभाइसलाइ चीन बाहिर प्रयोग गर्न सकिँदैन । किनभने यसले TD-SCDMA 3G लाइ मात्र सपोर्ट गर्दछ ।
 चीनको पूरै स्मार्टफोन बजारमा शाओमीको ५ प्रतिशत हिस्सा रहेको छ । तर कम्पनीले यस बर्षको अन्तसम्ममा बजारमा २ करोड  स्मार्टफोन बेच्ने योजना बनाइरहेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center