हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 21, 2013

सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)

सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छरु अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। एशियाली बजामा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च गर्ने चर्चा छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ।

कस्ता छन् फिचररु
आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ। डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center