हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, July 21, 2013

ब्ल्याकबेरी क्यू १० मा कस्ता फिचर्स छन्?

गिर्दो ब्यापारप्रति चिन्तित ब्लायाकबेरीले नयाँ स्मार्टफोनको सहारा लिएको छ। क्यू ५ पछि ब्ल्याकबेरीले आफ्नो नयाँ क्यू १० बजारमा ल्याएको छ। बीबी ओएस १० अनुसार चल्ने यो नयाँ स्मार्टफोन पुरानो जेड १० को तुलनामा महँगो छ।

के के फिचर्स छन्रु
ब्ल्याकबेरीको यो नयाँ फोनमा १।५ गीगाहटर्ज डुअल कोर प्रोसेसर रहेको छ। यसको र्यानम २ जीबी छ। दुई क्यामेरा रहेको ब्ल्याकबेरीमा रियल क्यामेरा ८ मेगा पिक्सलको छ जसले फुल एचडी क्वालिटी खिच्छ। फ्रन्ट क्यामेरा २ मेगा पिक्सलको छ।


यसको स्कक्रिन डिस्प्ले ३।१ इन्चको छ। यसमा टच र कि–प्याड दुवै छन्। ब्लूटूथ, वाई–फाई, ३ जी, ४ जी, एनएफसी तथा माइक्रो यूएसबी जस्ता कनेक्टिभिटी फिचर्स रहेका छन्। ब्ल्याकबेरी क्यु १० को अर्को महत्वपूर्ण पक्ष यसमा भएको २१०० एमएएच पावरको ब्याट्री हो। यो ब्याट्रीलाई एक पटक चार्ज गरेपछि १० घण्टासम्म टक टाइम रहने कम्पनीको दाबी छ। ब्लायबेरीको यो फोनमा १६ जीबीको इन्टरनल मेमोरी छ।

क्यु १० हरेक फिचरलेयुक्त रहेको ब्ल्याकबेरीको दाबी छ। पहिलाको जस्तै यसको क्वर्टी की–प्याड यूएसपी फिचर हो। प्रयोग गर्नको लागि यो शानदार र स्मुथ रहेको छ। यसमा केही फिचर एकै पटक चलाउँदा पनि कुनै समस्या नआउने बताइएको छ।

सजिलै इमेल र टेक्सटको बारे थाहा पाउने ब्ल्याकबेरीको यो फोनमा एक ट्याबमै दुबै फिचर चलाउन सकिन्छ। फोनमा एक्सप्लोरर १० ब्राउजरले चलाउन सहज बनाएको छ। यसको की–प्याड टाइफिङ गर्न पनि सजिलो छ। गेम खेल्ने समयमा यो फोन ह्याङ हुनसक्ने र यसबाट मुक्त हुन फोन बन्द खोल्नु पर्ने बाध्यता क्यु १० को नकारात्मक पक्ष हो। ब्ल्याकबेरी क्यु १० को मूल्य ७० हजार रुपैयाँभन्दा बढी छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center