हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 26, 2013

चोरीको सेटमा एनटीसीको सिमकार्ड नचल्ने हेर्नुहोस् ( नेपाल टेलिकम )

चोरी भएका वा हराएर भेटीएका मोबाइल सेटहरूमा अब नेपाल टेलीकमको सिमकार्ड नचल्ने भएको छ । सरकारी स्वामित्वको दुरसञ्चार सेवादायक टेलीकमले ग्राहकको गुनासोका आधारमा हराएका वा चोरी भएका सेटमा सिमकोर्ड नचल्ने बनाइदिन लागेको बताइएको छ ।

आजको अन्नपूर्ण पोष्टमा प्रकाशित एक समाचार अनुसार ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेको बताइएको छ । टेलीकमकी प्रवक्ता गुण केशरी प्रधानलाइ उद्धृत गर्दै जनाइए अनुसार अहिले परीक्षणको चरणमा रहेको यो सेवा बिस्तारै कार्यान्वयनमा ल्याइनेछ ।

प्रधानका अनुसार टेलीकमले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

गत बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलीकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्न लागिएको कुरा प्रधानलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center