हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 26, 2013

गूगलको नयाँ नेक्सस 7 सार्वजनिक

गूगलले नया नेक्सस ७ ट्याबलेट, एन्ड्रोइड ४.३ र क्रोमकास्ट नामको एउटा डोंगल वा पेन ड्राइभ जस्तै डिभाइस लन्च गरेको छ । गूगलका अनुसार ३२३ पिक्सेल/इन्चका साथमा नयाँ गूगल नेक्सस ७ संसारमानै सबैभन्दा धेरै रेज्यूलुसन भएको ट्याबलेट हो।
nexus-7-tablet
नयाँ नेक्सस ७ लाइ असुसले निर्माण गरेको हो । यसमा पहिले जस्तै ७ इन्चको स्क्रीन राखिएको छ । तर यसको रेज्यूलुसन भने धेरै बढाइएको छ ।
नेक्सस ७ मा ३२३  पीपीआई पिक्सेल डेन्सिटीका साथमा १९२०x१२०० पिक्सेलको फुल एचडी रेज्यूलुसन रहेको छ । आईप्याड मिनीमा १६३ पीपीआई पिक्सेल डेन्सिटीका साथमा १०२४x७८६ पिक्सेल रेज्यूलूशनको डिस्प्ले रहेको छ । यसमा १.५  गीगाहर्त्ज क्वालकम स्न्यापड्र्यागन एस ४ क्वाड-कोर प्रोसेसर र २ जीबी र्याम छ । यसमा एड्रिनो ३२०  जीपीयू (ग्राफिक प्रोसेसिङ यूनिट) रहेको छ । नयाँ नेक्ससमा पहिलेको नेक्सस भन्दा १.८  गुणाले तिव्र प्रोसेसर र ४ गुणा तिव्र जीपीयू रहेको छ ।
यसले वायरलेस चार्जिङलाइ सपोर्ट गर्दछ । यसमा उत्कृष्ट साउण्डका लागी ड्यूल स्टेरियो स्पीकर रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्रीले वेब ब्राउजिङमा करीब १० घण्टा सम्म चल्दछ ।android 4.3
नयाँ नेक्ससमा पछाडीतिर ५ मेगापिक्सेलको क्यामरा र १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । नयाँ नेक्सस ७८.६५ मिलीमीटर पातलो छ । नयाँ नेक्सस ७ पहिलेको भन्दा करीब २ मिलीमीटर पातलो र करीब ५० ग्राम हलुका रहेको छ ।
नयाँ नेक्सस ७ बाहेक गूगलले ऐन्ड्रोइड ४.३ पनि रिलीज गरेको छ । यसका साथै क्रोमकास्ट नामको डोंगल वा पेन ड्राइभ जस्तै एउटा सानो डिभाइस पनि गुगलले सार्वजनिक गरिएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center