हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 23, 2013

नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625

श्रावण ९, फिनल्याण्डको कम्पनी नोकियाले नोकिया लूमिया 625 स्मार्टफोन सार्वजनिक गरेको छ ।  नोकियाको अहिले सम्मकै सबै फोनहरूमध्ये यो फोनको स्क्रीन सबैभन्दा ठुलो हो ।
4जी कनेक्टिभिटी भएको यस फोनमा 4.7 इंच को सुपर-सेन्सेटिभ एलसीडी स्क्रीन रहेको छ । नोकियाले अहिले सम्म सबैभन्दा ठुलो 4.5 इन्चको स्क्रीन भएको फोनहरू मात्र ल्याएको थियो ।
नोकियाले यस फोनलाइ निकै अफोर्डेबल भएको बताएको छ । यसको मूल्य कर बाहेक 220 यूरो (नेपाली रूपैयाँ करीब २८०००) तोकेको छ ।
फोनमा 201 पीपीआई पिक्सेल डेन्सिटी भएको 4.7 इन्चको WVGA डिस्प्ले रहेको छ । यसलाइ प्रकासमा पनि हेर्न सकिन्छ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल कोर प्रोसेसर र 512 एमबी र्याम राखिएको छ । एलईडी फ्ल्याश र अटोफोकसका साथमा 5 मेगापिक्सेलको मेन क्यामरा र भिजीए फ्रन्ट क्यामरा रहेको छ । 8 जीबीको इन्टरनल स्टोरेज भएको यस फोनमा 64 जीबी सम्मको एसडी कार्ड लगाउन सकिन्छ ।  यसमा 2000mAh को ब्याट्री रहेको छ । विन्डोज फोन 8 अपरेटिङ सिस्टममा चल्ने यो फोनको बाहिरि भाग सजिलै परिवर्तन गर्न सकिन्छ, जुन 5 वटा ब्राइट कलर्सहरूमा उपलब्ध हुनेछ ।  
नोकियाले यस फोनलाइ यो बर्षको त्रैमास (जुलाई-सेप्टेम्बर) सम्म भारत, चीन, यूरोप, एशिया पसिफिक, मिडल ईस्ट, अफ्रीका र ल्याटिन अमेरिकामा ल्याउने बताएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center