हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 20, 2013

जिमेलको मेल सेटिङ परिवर्तन, ईमेल खोज्न झन सजिलो

गुगलले जिमेलको मेईल सेटिङमा केहि परिवर्तन गरेको छ । गुगलले प्रयोगकर्ताको सहजताको लागी गुगलले जिमेलमा ईमेलको प्रकार छुटई दिएको छ । जस अनुसार प्रयोगकर्ताले आफ्ना पुराना मेल, अपडेट्स वा प्रमोशन मेल सजिलै खोज्न सक्नेछन ।
केहि दिन अघि सम्म तपाईको जिमेल अकाउन्टमा फेसबुक, ट्वीटर, अन्य कुनै सोशल साईट वा अरु कुनैबाट आउने मेल, तपाईको रेगुलर मेलसँगै देखिन्थ्यो ।
तर अब यसलाई ३ भागमा बिभाजन गरिएको छ । पहिलो भाग अर्थात प्राईमरीमा तपाई जोडिनु भएको साथी भाई, बिजनेस पार्टनर वा अन्य प्रयोगकर्ताको मेल देखिनेछ भने दोस्रो भागमा तपाईको सोशल अकाउन्टको अपडेट मेल देखिनेछ ।
त्यस्तै तेस्रो भागमा ब्यवसायीक प्रमोशन मेल देखिनेछ । यी तिनै भाग तपाईको जिमेल अकान्ट खुलेपछि नै देखिनेछ । जिमेलमा गरिएको परिर्वतनले जिमेल अकाउन्ट ब्यवस्थित र सफा देखिएको छ । यो परिवर्तनलाई धेरै जिमेल प्रयोगकर्ताले मन पराएका छन ।

 

प्रतिस्पर्धामा रिजनल ब्राण्ड, स्पाइसले भित्रायो नयाँ स्मार्टफोन

नेपाली स्मार्टफोन बजार कब्जा गर्ने अभियानमा लागेका रिजनल ब्राण्डबीच पछिल्लो समय तिब्र प्रतिस्पर्धा बढेको छ । कम भन्दा कम मूल्यमा बढी भन्दा बढी फिचर भएका स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा रिजनल ब्राण्डका मोबाइल कम्पनीमा चलिरहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइमा समेत पर्न सफल भएका छन् । यहि क्रममा स्पाइसले नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् । स्पाइस मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नयाँ मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्पाइसका नयाँ स्मार्टफोनले कार्बन, माइक्रोम्याक्स, लाभा, विङकमलगाएत रिजनल ब्राण्डका टुजी स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
एमआई-४५०
दूई सीम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३ मेगापिक्सेल क्यामेरा रहेको छ ।
Spice-Mi-502
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च, म्याप लगाएतका सुविधाहरु रहेका छन् ।
एमआई-४२२
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र, ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् ।

Thursday, July 18, 2013

पिसाबबाटै मोबाइल चार्ज हुने

पश्चिम बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका बैज्ञानिकहरु पिसाबबाट विद्युत निकाल्ने योजनामा जुटेका छन्। अनुसन्धानरत वैज्ञानिकहरुका अनुसार अब शौचालय नै एउटा सानो बिजुली घरको रुपमा परिणत हुनेछ। यसको लागि पहिलो चरणमा वैज्ञानिकहरुले पिसाबले उत्पादन गर्ने विद्युत शक्तिबाट चार्ज हुने मोबाइल चार्जर बनाएका छन्। यो चार्जरले कमसेकम ६ मिनेटसम्म कुरा गर्न सक्ने गरी ब्याट्री चार्ज गर्न सक्छ। उक्त चार्जले इन्टरनेट चलाउन र म्यासेज लेख्न पनि सकिन्छ।

योजनाका मुख्य अनुसन्धानकर्ता इआनिस इरोपोयुलसका अनुसार विकासशील देशको लागि सबै विकल्प सम्भव रहने गरी काममा जुटेको बताएका छन्। ुकल्पना गर्नुस हामी कुनै देशको यस्तो कुनामा छौ जुन बाहिरी दुनियादेखि अलग छ। त्यहाँ हामी मलमुत्रको प्रयोग गरी आफ्नो

Wednesday, July 17, 2013

वैज्ञानिकले बनाए पिसाबबाट चल्ने मोबाइल फोन

लोडसेडिङका कारण मोबाइल चार्ज गर्न नपाउँदा ब्याट्री चार्ज सकिएर मोबाइल बन्द हुने अवस्था आएको पीडा हामी धेरैले भोगेका छौँ । तर अब भविष्यमा बिजुली आएन, मोबाइल स्विच अफ भयो भनेर चिन्ता लिनु नपर्ने भएको छ ।
अब मोबाइल फोन बोक्नेले आफ्नै पिसाबबाट मोबाइल चार्ज गर्न पाउनेछन् । बेलायतको बि्रस्टोल रोबोटिक्स ल्याबोरेटरीका वैज्ञानिकहरुले पिसाबबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेको र विश्वकै पहिलो पिसाबबाट चल्ने मोबाइल फोन (माइक्रोबियल फ्युल सेल्स पावर्ड मोबाइल फोन) को आविष्कार गरेको दाबी गरेका हुन् ।
1
पिसाबबाट चल्ने मोबाइल फोन भन्ने कुरा झ्वाट्ट सुन्दा जो कोहीले सुरुमा घिनले नाक थुन्ने भएपनि खेर जाने तथा फोहोर वस्तुबाट उर्जा निकालेर मोबाइल फोन चलाउने विषय गौरवको विषय रहेको वैज्ञानिकहरुको भनाइ छ ।
यो पछिल्लो आविष्कारको समाचार बेलायतको रोयल सोसाइटी अफ केमेस्ट्री जर्नलमा छापिएको छ ।
पिसाबबाट चल्ने मोबाइल फोनको आविष्कार गर्ने टोलीका एक सदस्य समेत रहेका बेलायतको वेष्ट इंगल्याण्ड विश्वविद्यालयका प्राध्यापक डाक्टर इयोआनिस लेरोपलस जो विभिन्न अनौठा श्रोतबाट उर्जा निकाल्ने विषयमा नाम कहलिएका छन्, उनले यो मोबाइल फोन पिसाबबाट चल्ने विश्वको पहिलो मोबाइल फोन भएको दाबी गरेका छन् । अहिलेसम्म कसैले पनि पिसाबबाट उर्जा निकाल्ने विधि पत्ता नलगाएकाले आफुहरुको आविष्कार निकै उत्साहजनक आविष्कार रहेको उनको भनाइ छ ।
2
‘ कहिल्यैपनि अभाव नहुने र सधै आपूर्ति सुचारु हुने कुरामा हामी आफु ढुक्क बन्नसक्ने चिज भनेको हाम्रो पिसाब नै हो, उनी भन्छन्, यस्तो विस्वसनीय श्रोतबाट उर्जा निकाल्न सक्नु सबैभन्दा खुसीको कुरा हो ।’
माइक्रोबियल फ्युल कोषका संरचनामा पिसाबलाई राख्दा त्यसबाट उर्जा उत्पन्न भएको र उक्त विद्युतिय उर्जाले सामसुङको मोबाइल चार्ज गरिएको उनले बताएका छन् । यसरी उत्पादन गरिएको उर्जाले मोबाइल पर्याप्त चार्ज गर्न पुग्ने र यसरी चार्ज गरिएको मोबाइलबाट कुराकानी गर्न, एसएमएस गर्न तथा इन्टरनेट चलाउन पनि पुग्ने उनले बताएका छन् । यद्यपि मोबाइलमा लामो समयसम्म कुराकानी गर्नलाई भने एकपटकको चार्जले पुग्दैन । पिसाबबाटै मोबाइलको ब्याट्रीलाई फुल चार्ज गर्न कसरी सकिन्छ भन्ने विषयमा अनुसन्धान भैरहेको शोधकर्ता डाक्टर लेरोपलसको भनाइ छ । पिसाबबाट उर्जा निकाल्न प्रयोग गरिने माइक्रोबियल फ्युल सेल भनेका वास्तवमा एक प्रकारका उर्जा परिवर्तक हुन् जसले सुक्ष्म जिवको सहायताले अर्गानिक वस्तुलाई सिधै विद्युत शक्तिमा परिवर्तन गर्छन् ।
3

भविष्यमा यस्तो प्रविधिलाई ट्वाइलेटमै जडान गर्न सकिने र ट्वाइलेटबाटै उर्जा निकाल्न सकिने सम्भावना रहेको शोधकर्ता बताउँछन् । यसका लागि अमेरिका र दक्षिण अफि्रकाका शोधकर्ताहरुसँग सहकार्य हुन लागेको उनीहरुले जानकारी गराएका छन् ।

आइफोनले एयरहोस्टेजको ज्यान लियो

आइफोन प्रयोगकर्ता एक चिनियाँ युवतीको मोबाइल डिभाइस चार्ज गर्ने क्रममा मृत्यु भएको छ। आइफोन ५ प्रयोगकर्ता एयरहोस्टेज मा आइलुयिनको चीनको उत्तरपूर्वी सहर सिजियाङमा मृत्यु भएको हो। चर्ज गरिरहेको अवस्थामा आइफोन ५ बाट करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ। ुहामी सूक्ष्यम रुपमा छानवीन गर्दैछौुं, एप्पलले एक विज्ञप्तिमा भनेको छ( ुयस विषयमा अनुसन्धान गर्ने निकायलाई हामी सक्दो सघाउनेछौं।ु समाचार संस्था सिन्ह्वाका अनुसार आइफोन फाइभ चार्ज गर्ने क्रममा २३ वर्षिया मा आइलुयिनको करेन्ट लागेर मृत्यु भएको थियो। आगामी अगस्ट ८ मा उनी वैवाहिक बन्धनमा बाँधिदै थिइन्।


उनकी दिदीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा स्ट्याटस अपडेट गर्दै चिनिया साउर्दन एयरलाइन्सकी एयरहोस्टेज बहिनीको मृत्यु पुष्टि गरेकी थिइन्।

ु९मलाई० आशा छ एप्पलले हामीलाई यसको कारण खुलाउनेछ। मलाई यो पनि आशा छ मोबाइल चार्ज गरिरहँदा तपाइँहरुले कुराकानी गर्नुहुने छैनु, उनको यो सन्देशलाई केही छिनमै ३ हजार जनाले रिपोष्ट गरेका थिए।

एप्पलले आइलियनको मृत्युप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ। ुहामी यो विषयमा अनुसन्धान गर्न चिनिया प्रशासनलाई पूर्ण रुपमा सहयोग गर्नेछौुं, एप्पलले भनेको छ।

आइलियनले गत डिसेम्बरमा आइफोन ५ किनेकी थिइन। ओरिजिनल चार्जरबाट चार्ज गर्दा नै करेन्ट लागेर मृत्यु भएको उनकी दिदीले बताएकी छन्।

यो घटनाले एप्पलको ठूलो बजार चीनमा नकारात्मक प्रभाव पर्नसक्ने बताइएको छ। जनवरीदेखि मार्चसम्मको ३ महिनामा मात्रै चीनमा ८।८ बिलियन अमेरिकी डलरको आइफोन बिक्री भएको थियो।


आइलियन विवाह निश्चित भइसकेका युवकसँग। ८ अगस्टलाई विवाह तोकिएको थियो।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center