हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, July 15, 2013

आइवाच ल्याउन एप्पल तातियो

एप्पलले आइवाच ल्याउन आक्रमक रुपमा काम थालेको छ। आइवाच प्रोजेक्टका चुनौती सामना गर्न एप्पलले नयाँ कामदार भर्तीलाई तीव्रता दिइरहेको छ। डिजाइनरहरुलाई आइवाच वितरण गरेको चर्चा आएसँगै  एप्पलको नयाँ उत्पादन बारे चर्चा चुलिएको हो। आइपड, आइफोन तथा आइप्याडमार्फत् ुटेक्नोलोजी सिफ्टु गरेको एप्पलले कस्तो आइवाच ल्याउन लागेको होरु यो स्मार्ट घडिका लागि कस्तो प्रविधिमा जाने भन्ने अझै निर्क्यौल गरी नसकेको बताइन्छ।

Sunday, July 14, 2013

कम्प्युटरबाट रिचार्ज

काठमाडौ, असार ३१ ( नेपाल टेलिकमले सीडीएमए प्रिपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।

टेलिकमको वेबसाइट यहाँ खोलेपछि सिडिएमए रिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ।

यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ। नेपालमा वेबसाइटबाटै मोबाइलमा रिचार्ज गर्न मिल्ने यो पहिलो सुविधा हो।

नेपाल तेस्रो स्थानमा सीमित

काठमाडौ, असार ३१ ( नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा लगातार दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा सीमित हुँदा आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा धेरै कमजोरी छताछुल्ल भए । उही स्तरको तर अनुभवमा कमी रहेको घरेलु टिम माल्दिभ्ससँग हरेक पक्षमा चुक्यो र खेल ३(० को सोझो सेटमा गुमायो ।

मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै ुफ्लपु भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले पनि त्योभन्दा बढी गल्तीलाई निरन्तरता दिए ।

कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती

ट्याब्लेट बढ्दो प्रयोगले पर्सनल कम्प्यूटर ९पिसी० बिक्रीमा मन्दी आएको छ। कम्प्यूटर बिक्रीको इतिहासमा सबै भन्दा बढी मन्दी आएको समय भएको यस क्षेत्रका शाध स‌स्थाहरुले बताएका छन्। अनुसन्धान संस्था गार्टनरले यो वर्ष कुल सात करोड ६० लाख पर्सनल कम्प्यूटर बिक्री भएको बताएको छ। यो पछिल्ला बर्षको तुलनामा १०।८ प्रतिशतले कम हो।

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्

 दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ।  निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ। वर्षको उत्कृष्ट मोबाइल एपको अवार्ड हात पारिसकेको एनलोकेट दिपेन चापागाईंको टिमले निर्माण गरेको हो।पुल्चोक इन्जिनियरिङ बलेजबाट इन्फरमेसन एण्ड कम्यूनिकेशनमा एमइ सकेका चापागार्इंले साथीको बिहेमा पार्टी प्यालेस भेट्टाउन सकेनन्। सोधिखोजी गर्दा पनि लोकेसन पत्ता नलागेको पीडाका कारण एकलोकेट जन्मिएको उनले बताए।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center