हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, November 2, 2013

नोकिया अव फ्याब्लेटतिर

काठमाडौ, कार्तिक १६ ( प्रविधिको बजारमा उत्पादनले उतारचढाब बेहोर्नु सामान्य हो । विश्वमा लामो समय मोवाइल सेटको बजारमा नोकिया नम्बर एक रह्यो । कुनै समय थियो, मोवाइल फोन भनेकै नोकिया थियो । झण्डै १६ बर्ष मोवाइल बजारमा एकाधिकार जमाएको नोकियाले आफूलाई ओएसमा अपग्रेड गरेन । फलस्वरुप उसको स्थान लियो अर्को कोरियाली कम्पनी सामसङले ।

नोकियाका अधोगतिका दिन सुरु हुँदै गर्दा त्यसलाई उकास्न आएको छ माइक्रोसफ्ट । विश्वका दोस्रो धनाढ्य बिलगेट्सको कम्प्युटर ओएसमा एकलौटी बजार लिएको चर्चित कम्पनी माइक्रोसफ्टले किनेपछि नोकियाले आक्रामक रुपमा बजारमा आफ्ना उत्पादन उतार्न थालेको छ । हुनतः अझै नोकिया माइक्रोसफ्टलाई हस्तान्तरण गर्ने प्रक्रिया टुगिंएको छैन ।

नोकियाले अघिल्लो सातामात्र ६ इन्चको डिस्प्ले भएका दुई स्मार्टफोन ९फ्याब्लेट० एकै साथ बजारमा ल्याएको छ । लुमिया १५२० र लुमिया १३२० मोडलका फ्याब्लेटमा विन्डो ८ अपरेटिङ सिस्टमको प्रयोग भएको छ । नोकियाले पहिलो पटक यति ठूलो स्क्रिन भएका स्मार्टफोन बजारमा ल्याएको हो ।

गिर्दो मार्केट शेयरले निरास नोकियाले अन्तिम अस्त्र प्रयोग गरेर उसले केही बर्षअघि माइक्रोसफ्टसग हात बढाएको थियो । माइक्रोसफ्टको मोवाइल ओएस विन्डोज एट प्रयोग गरेपछि केही बर्षदेखि घाटा बेहोर्दै आएको नोकियाले सन २०१२ को अन्तिम चौमासिकमा नाफा कमाएको थियो ।

आफ्नो घट्दो हिस्सालाई लुमिया सिरिजमा विन्डोज प्रयोग गरेर स्मार्टफोन सिगमेन्टको विश्व बजार हिस्सा नोकियाले बढाएको छ । संसारको सबैभन्दा बढी क्षमता ४१ मेगापिक्सेल० को क्यामेरा भएको १०२० देखि करिव १५ हजार पर्ने लुमिया ५२० सम्म यसका उत्पादन छन् ।

बजारमा आएको फ्याब्लेट लुमिया १५२० मा १९२० गुणा १०८० पिक्सेलको रिजोल्युसन भएको ६इन्चको फुल एचडी डिस्प्ले छ । यसमा २।२ गिगाहर्जको क्वाडकोर क्लावकम स्न्यापड्रयागन ८०० प्रोसेसर छ । त्यसैले मोवाइल गेम खेल्न, अरु एप्लिकेसन्स चलाउन निकै फास्ट छ । यसमा प्योर भ्यु टेक्नोलोजीयुक्त २० मेगापिक्सेलको क्यामेरा छ । यसमा अप्टिकल एमेज स्टेबलाइजेसन पनि छ ।

यस सेटमा ४ वटा माइक्रोफोन छन् । सेटमा नया एप नोकिया स्टोरि टेलर छ । जसले हेयर म्याप इन्फर्मेसनसग मोवाइल प्रयोगकर्ताको तस्बिरलाई जोड्छ । यसमा भएको बिमर नामको फिचरले एउटा एसएमएसरइमेलमा एउटा लिंक पठाएर मो्वाइलको स्त्रिmन शेयर गर्न सकिन्छ ।

यसको स्टोरेज ३२ जिवि छ । लुमिया सिरिजमा बिरलै हुने एक्सर्टनल मेमोरी कार्ड राख्ने स्लट भएकाले यसमा ६४ जिवि सम्मको मेमोरी राख्न सकिन्छ । सेटसगै माइक्रोसफ्टले प्रदान गर्ने स्काइ ड्राइभ क्लाउड स्टोरेजमा ७ जिवि स्पेस सित्तैमा उपलब्ध हुन्छ ।

अर्को लुमिया १३२० स्मार्टफोनमा १२८० गुणा ७२० पिक्लेल रिज्योलुसन भएको ६ इन्च भएको एचडी डिस्ले छ । यसमा २४५ पिपिआइ पिक्सेल ९इन्चरपिक्सेल० डेन्सिटी छ । सेटमा १।७ गिगाहर्जको क्वाडकोर क्लावकम स्न्यापड्रयागन एस ४ प्रोसेसर छ । यसको र्‍याम १ जिवि इन्टरनल मेमोरी ८ जिवि र ६४ जिविसम्म बढाउन मिल्ने मेमोरी कार्ड स्लट छ । यसमा ५ मेगापिक्सेलको क्यामेरासहित भिडियो कुराकानी गर्न मिल्ने अग्रभागमा पनि क्यामेरा छ । यसको ब्याट्री ३४०० एमएएको भएकाले लामो समय चार्ज नगरी चलाउन सकिन्छ ।

नोकियाले यतिखेरै ठूलो स्त्रिmन भएको ट्याब्लेट पनि ल्याएको छ । विन्डोज आरटी भनिने यस टयाब्लेटले विन्डोज ओएसमा अभ्यस्त डेस्कटपरल्याप्टप चलाउनेहरुलाई समेत तान्ने अपेक्षा प्रविधिविज्ञले गरेका छन् ।

ट्याब्टेलभन्दा सानो फ्याब्लेटको स्त्रिmन स्मार्टफोनका भन्दा ठूलो र ट्याब्लेटको भन्दा सानो हुन्छ । स्मार्टफोन र टयाब्लेट दुवैको विशेषता यसमा पाइने भएकाले बिस्लेसकहरुले सन २०१३ लाई फ्याबलेटको बर्ष हुने दावी गरेका थिए । हातमा राखेर औला नचाउँदै यसमा भएका एप्सहरु चलाउन, भिडियो हेर्न, गेम खेल्न निकै सहज हुने भएकाले मिनी कम्प्युटरका रुपमा समेत यसलाई प्रयोग गर्न सकिन्छ । ह्यान्डी भएकाले यसको लोकप्रियता बढ्दो छ । फ्याब्लेटले मोवाइल, कम्प्युटर, ट्याब्लेटलगायतका डिभाइसलाई विस्थापित गर्दैछ ।

एउटै डिभाइसले सबै काम गर्ने चाहना फ्याब्लेटले पुरा गर्छ । त्यही बजार हेरेर नोकियाले पहिलो पटक फयाब्लेट ल्याएको हो । विश्वको नम्बर एक मोवाइल सेट उत्पादक कम्पनी सामसङ फ्याब्लेट उत्पादनमा अगाडि थियो । उसले सन २०११ को अंततिर  ५।३ इंचको ठूलो स्त्रिmन भएको ग्यालेक्सी नोट सार्बजनिक गरेको थियो । उपभोक्ताले यस्ता सेटप्रति निकै रुचि देखाएपछि उसले यसको तेसो सस्करण बजारमा ल्याइसकेको छ । भर्खरै आएको ुएरिक्सन मोबिलिटी रिपोर्टु का अनुसार संसारमा आगामी तीन बर्षभित्र फ्याबलेटको बजार ४ गुणा बढ्नेछ । त्यसको आकार १ खर्ब ३५ अर्ब डलरको हुनेछ  । आफनो पमुख प्रतिस्पर्धी सामसगसगको बजार आफ्नो बनाउन नोकियाले फयाब्लेट उत्पादनमा हात हालेको हो ।

एन्ड्रोइड प्लेटर्फम वा एप्पलको आइओइस प्लेटर्फमको विकल्पमा रहेको विन्डो प्लेटर्फम खोज्नेहरुका लागि नोकियाका लुमिया सिरिज उत्कृष्ट छन् । पछिल्लो नतिजाअनुसार स्मार्ट फोनमा एन्ड्रोइड र एप्पललाई निरास पार्ने गरी विन्डोजप्रेमीहरु बढेका छन् विन्डोजको लोकप्रियताले यसको प्लेटर्फममा प्रयोग हुने एप्लिकेसन्स ९एप्स० डेभलपरलाई पनि आकषिर्त गरेको छ ।

विन्डोजको लोकप्रियता बढ्दै जादा यस ओएसयुक्त फोनले सन २०१६ सम्म विश्व बजारमा आइओएस ९आइफोनको ओएस० लाई उछिन्ने इन्टरनेशनल डाटा कर्प ९आइडिसी० ले भविष्यबाणी गरेको छ । त्यस अवधिमा एन्ड्रोइड नै पहिलो नम्बरमा रहनेछ । आइडिसीका अनुसार त्यतिखेर विश्व बजारमा अहिलेको बजार हिस्सा २ प्रतिशतमा रहेको विन्डोजको लोकप्रियताका कारण १९ प्रतिशत बजार लिने छ । आइओएसको बजार हिस्सा २०।५ बाट १९ प्रतिशतमा झर्नेछ । 

माइक्रोसफ्टको नोकिया प्रवेशले मोवाइल ग्याजेटप्रेमीलाई पक्कै फाइदा दिने छ । त्यसको संकेत यसका नया उत्पादनले देखाएका छन् । अहिल्यै भने विन्डोजतिर आकषिर्त हुनु हतार हुनसक्छ । विन्डोज फोनमा कुनै सामग्री अपलोड, डाउनलोड गर्न छुट्टै सफ्टवेयर आवश्यक पर्छ । एन्ड्रोइडमा जस्तो सिधै कम्प्युटरमा जोडेर सामग्री कपिरपेस्ट गर्न सकिन्न । विस्तारै बजार लिन थालेको विन्डोजको स्टोरमा करिव पौने २ लाख एप्स मात्र छन् । यो एन्ड्रोइडको प्लो स्टोर र एप्पलको एप्स स्टोरको तुलनामा निकै कम हो । उद्यपि पछिल्लो दिनमा विन्डोजको लोकप्रियता बढ्दै गएकाले माइक्रोसफ्टले ठूलै रकम लगानी गरेर विन्डोज प्लेटर्फमका लागि एप्सको संख्या बढाउने सम्भावना भने छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center