हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, October 27, 2013

फेसबुक विज्ञापनबाट २ करोड बाहिरियो

११ कात्तिक, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल ‘फेसबुक’लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन् । आफ्नो र निर्वाच्न लक्षित अन्य पेजहरुमा उनले विज्ञापन गरिरहेका छन् । युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाई छ ।

एमाले नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोगगरेको बताउँछन् ।

सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका नेतासहित सानाठूला सबै दलका उम्मेदवारहरुमा आक्रामक रुपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको नागरिक दैनिकमा खबर छ ।

कांग्रेसका रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, नरहरि आचार्यदेखि एमालेका ईश्वर पोखरेल, नारायण मरासिनी, योगेश भट्टराई, एकीकृत माओवादीका हिमाल शर्मा र राप्रपा नेपालका कमल थापा, भरत जंगमसम्मले फेसबुकमा विज्ञापन गरेका छन् ।

चुनावी प्रचार निम्ति भित्ता रंगाएर सहर कुरुप पार्नुभन्दा अत्याधुनिक प्रविधि रोज्नुलाई धेरैले रुचाए पनि यसबाट ठूलो रकम अवैधानिक रुपमा बाहिरिएको छ ।

फेसबुकमा गरिने विज्ञापनको पैसा ‘पेपाल’ वा अन्तर्राष्ट्रिय क्रेडिट कार्डमार्फत बुझाउनुपर्छ । दुवै नभएका नेताहरुले विदेशमा रहेका साथीभाइबाट चन्दा उठाएर विज्ञापन गरेको बताउँछन् । थापा र अधिकारी दुवैले आफ्नो पेपाल र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड नभए पनि विदेशमा रहेका शुभेच्छुकहरुमार्फत विज्ञापन गराएको जानकारी दिए ।

पेपाल अकाउन्ट र फेसबुक विज्ञापनमा पारमर्श दिने आउटसोर्सिङ व्यवसायी जीवन तामाङका अनुसार हालसम्म ५० भन्दा बढी उम्मेदवारले ६ लाख रुपैइाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च गरिसकेका छन् । पछिल्लो समय व्यक्तिगत पेजमा पनि चुनावी विज्ञापन गर्ने चलन बढेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने नेपाली रकम घुमाउरो बाटो विदेश पुर्‍याउन अवैधानिक भएको बताए ।

दुई करोड बाहिरियो

संविधानसभा निर्वाचनमा उम्मेदवारको चुनावी विज्ञापन पछिल्लो समय देखिएको ट्रेन्ड मात्र हो । फेसबुकमा पैसा तिरेर विज्ञापन गर्ने चलन व्यवसायिक क्षेत्रमा पनि उत्तिकै बढेको छ । जति यो ट्रेन्ड बढ्दो छ, फेसबुक विज्ञापनमार्फत विदेशिने रकम पनि उति बढ्दै छ ।

आउटसोर्सिङ व्यवसायीहरुका अनुसार नेपालबाट हालसम्म २ करोड रुपैयाँ भन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च भइसकेको छ । करिब १ हजार ६ सयजनाले फेसबुकमा विज्ञापन गरिरहेको उनीहरुले बताउँछन् । फेसबुकमा सशुल्कदेखि निःशुल्क विज्ञापनको सुविधासम्म छ । विज्ञापन शुल्क कम्तीमा १० डलरबाट सुरु हुन्छ । विभिन्न प्याकेजअन्तर्गत महिनाको ५० देखि ४ सय डलरसम्मका विज्ञापन गर्न पाइन्छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center