विश्वमा
स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा स्थापित भैसकेको भारत इन्टरनेट
प्रयोगकर्ताको संख्याको आधारमा पनि तेश्रो नम्बरमा उक्लिएको छ । कम स्कोर
नामक संस्थाको पछिल्लो रिपोर्ट अनुसार जापानलाई पछि पार्दै भारत बढि
इन्टरनेट प्रयोगकर्ता भएका मुलुकमध्ये तेश्रो स्थानमा चढेको हो । इन्टरनेट
प्रयोगकर्ताको संख्याको हिसाबले चीन पहिलो र अमेरिका दोश्रो स्थानमा रहेको छ
।तथ्यांक अनुसार युवा इन्टरनेट प्रयोगकर्तामा भारत एक नम्बरमा छ । भारतका इन्टरनेट प्रयोगकर्ता मध्ये ७५ प्रतिशत ३५ वर्षमुनिका छन् । त्यस्तै भारतको हकमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ३९ प्रतिशत महिला रहेका छन् ।
विश्वमा इन्टरनेट प्रयोगमा लैंगिक अनुपातको हिसाबलेे रुस अग्रस्थानमा छ । रुसमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ५२ प्रतिशत महिला छन् । यस्तो संख्या ब्राजिलमा ४९, चीनमा ४५ प्रतिशत रहेको छ ।
10:14 PM
Posted in: 















0 comments:
Post a Comment