
प्रत्येक
हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने एनसेलका
ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार योजनाअन्तर्गत
हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख रुपैयाँ प्राप्त
गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५० रुपैयाँको बोनस
व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस प्राप्त गर्न
सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपहार योजनामा एनसेलका पि्रपेड तथा
पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन सक्ने बताइएको छ । एक हप्तामा ५०
रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग गर्दा ग्राहकले एसएमएस मार्फत एउटा
टिकट नम्बर प्राप्त गर्नेछन् । यदि कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ
खर्च गरेको छ भने २ वटा टिकट नम्बर प्राप्त गर्नेछन् ।
एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा
एसएमएस मार्फत प्राप्त गरिने टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि
विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि
दिन प्रदान गर्ने बताइएको छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र
वोनस रकम एक साताभित्र प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन
एक्सपर्ट मिलन शर्माले बताउनुभयो ।
0 comments:
Post a Comment