हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 6, 2013

२५ प्रतिशत ट्राभल एजेन्सी गैर कानुनी

काठमाडौं, असार २३ - सरकारले ट्रा
भल एजेन्सीको अनुगमन गर्ने क्रममा ठमेल र सिनामंगलमा २५ प्रतिशत कम्पनी अनाधिकृत रुपमा सन्चालित रहेको फेला पारेको छ ।
राष्ट्र बैंकले राख्ने विदेशी मुद्राको आम्दानी कम हुदै गएपछि गरिएको सर्वेक्षणमा अनाधिकृत रुपमा काम गर्ने कम्पनीले भ्रमण प्याकेजमा समेत न्युन बिजकीकरण गर्ने गरेको खुलासा भएको हो । मुलुकको विदेशी मुद्रा संकलनमा राम्रो हिस्सा ओगट्ने पर्यटन क्षेत्रका लागि पनि ट्राभल व्यवसायले मेरुदण्डको काम गर्छ ।
यसअघि अत्यावश्यक वस्तु, पानी, सुन र पेट्रोलिय पदार्थमा अनुगमन तिव्र पारेको सरकारले गत सातादेखि ट्राभल व्यवसायको पनि अनुगमन थालेको हो । अधिकारीहरुका अनुसार दुई ठाऊँमा नमुनाको रुपमा काम शुरु गरिएको हो ।

जुन प्रकारको परिणाम आयो, अनाधिकृत काम गर्नेहरुको संख्या निकै ठुलो हुन सक्ने उनीहरु बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग महाशाखाले हालसम्म ठमेल र सिनामंगलमा ६२ ट्राभल एजेन्सीमा गरेको अनुगमनमा १७ वटाले गैरकानुनी सेवा सन्चालन गरेको पाईएको हो ।
'तीमध्ये ३ वटाको विरुद्ध कारवाही शुरु गरेका छौ,' महाशाखा प्रमुख पूर्णचन्द्र भट्टराईले भने, 'अन्यको कारवाही हुने क्रम जारी छ ।' यी कम्पनीहरुले अनुगमनका क्रममा दर्ता तथा अन्य कानुनी कागजात देखाएका थिएनन् । महाशाखाले सबैलाई ३ दिनको समय दिएर आवश्यक कागजात बुझाउन निर्देशन थालेको छ ।
एजेन्सी सन्चालनसम्बन्धि नियमअनुसार अनुमति नलिई व्यवसाय चलाउने विरुद्ध सरकारले २० हजार रुपैयाँ जरिवाना गराउने र व्यवसाय बन्द गराउन सक्ने व्यवस्था छ । 

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center