हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 4, 2013

अव आगो बालेर पनि मोवाईल चार्ज गर्न सकिने

01-BioLite-CampStove-charges-mobile-phonesतपाईलाइ अचम्म लाग्न सक्छ, आगो बालेर पनि मोवाइल चार्ज गर्न सकिन्छ भन्ने सुन्दा । यस अघि हामीले आपतकालिन अवस्थामा मोवाईललाई पिपलको पातबाट, जुत्ताबो तलुवाबाट चार्ज गर्न सकिन्छ भन्ने चाँही सुनेको थिर्यौ होला तर आगोबालेर मोवाई तथा ट्यावलेटहरु चार्ज गर्ने कुरा भने सबैलाई अचम्मित पार्ने खालको छ ।
तर अब अचम्म मान्नु पर्ने कुरो रहेन यो पनि अब यस्तो मोबाइल चार्जरको आविश्कार भइसकेको छ जसले आगो बालेपछि मोबाइल चार्ज गर्छ । यस खालको आगो बालेर मोबाइल चार्ज गर्ने उपकरणको नाम हो बायोलाइट क्याम्प स्टोभ । यो एक प्रकारको स्टोभ हो जुन ट्रेकिङ, क्याम्पिङ या लामो यात्रामा निस्कनेहरुका लागि खाना बनाउनका लागि तयार पारिएको स्टोभ हो जुन स्टोभले खाना पकानुका साथै मोबाइल तथा अन्ग विद्युतबाट चल्ने ट्यावलेट लगाएतपनि चार्ज गर्न सकिन्छ ।
बायोलाइट क्याम्प स्टोभमा प्रयोग भएको थर्मोइलेक्ट्रिकल प्रणालीले खाना बनाउँदा बालेको आगोबाट विद्युतीय शक्ति पैदा गर्छ र जसबाट मोवाई लगाएतका विद्युतिय उपकारणलाई चार्ज गर्न सकिन्छ । एउटा पानी खाने बोटल आकारको यो स्टोभ ८.२५ इन्च अग्लो र पाँच इन्च चौडाइको छ । यसको बजार मुल्य एक सय ३० अमेरिकी डलर अर्थात करिब १२ हजार नेपाली रुपैंया मात्र रहेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center