हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 17, 2013

मोबाइल एप्लिकेशन, प्रेमी प्रेमीमा टाढा बसेर पनि एकअर्काको मुटुको धड्कन सुन्न सक्दछन !

pillow
प्रेमी प्रेमिकाहरू अब टाढा भएपनि एक अर्काको मायाको महसूस गर्न सक्ने भएका छन । अनुसन्धान कर्ताहरूले एउटा यस्तो मोबाइल एप्लीकेशन बनाएका छन, जसले धेरै टाढा टाढा रहेका दुइ प्रेमीहरूले एक अर्काको मुटुको धडकन सुन्न सक्नेछन ।

पिलो टक नामको यस एप्लीकेशनमा नारीमा एउटा व्याण्ड बाँधिन्छ । यसको डिजाइन ब्रिटेनको एक कम्पनीले तयार गरेको हो । यसले एक अर्कासंग धेरै टाढा बसेर पनि प्रेमी प्रेमीकाको मुटुको धडकन तरङ्गमा बदलिन्छ, जन ब्लूटूथ मार्फत एन्ड्रोइड र आइओएस एप्लीकेशनमा पठाइन्छ । यसै एप्लीकेशन मार्फत दुइ जना मानिसले आफ्नो मोबाइलमा एक अर्काको धडकनलाइ सजिलै सुन्न सक्दछन ।
कम्पनीको वेबसाइटका अनुसार, ‘हेडफोन लगाएर वा पिलो स्पीकर मार्फत उक्त धडकनको आवाज सुन्न सकिन्छ । जसले निकै टाढा रहेका प्रेमीहरको बीचमा आत्मीयता भैरहन्छ । यस एप्लीकेशनलाइ सन २०१० मा जोन्ना मोन्टगोमरीले कलेज प्रोजेक्ट का रूपमा तयार गरेका थिए । त्यतिबेला देखि अहिले सम्म यूट्यूबमा यसलाइ साँढे सात लाख भन्दा धेरै मानिसहरूले हेरिसकेका छन ।

४ सेप्टेम्बरमा सामसुङले ग्यालेक्सी गियर ल्याउँदै

भाद्र २, सामसुङ आगामी महिनाको ४ तारिखमा नारी-घडी (रिस्टवाच) जस्तै एक प्रकारको डिभाइस ग्यालेक्सी गियर प्रस्तुत गर्दैछ, यसबाट फोनकल, ईमेल र वेब सर्फिङ गर्न सकिन्छ । यस रिस्टवाचसंग सम्बनधित दुइ जनामानिसहरूलाइ उद्धृत गर्दै ब्लूमबर्ग ले यस कुराको जानकारी दिएको हो ।  samsung
ग्यालेक्सी गियरमा ऐन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ, यस बर्षदेखिनै बजारमा यसलाइ उतारिने बताइएको छ, ताकि यसले एप्पलको उक्त स्मार्टवाचलाइ उछिन्न सकोस, जुन आउन लागेको हल्ला अहिले मिडियाहरूमा निकै चलिरहेको छ ।
रिपोर्टका अनुसार यस ग्यालेक्सी गियरलाइ बर्लिनमा IFA कन्ज्यूमर इलेक्ट्रोनिक्स शो भन्दा दुइ दिन अघिनै सार्वजनिक गरिनेछ ।
रिपोर्ट अनुसार ग्यालेक्सी गियरलाइ सामसुङ ग्यालेक्सी नोट 3 का साथमा सार्वजनिक गरिनेछ । सामसुझले यसै महिनाको शुरूमा ४ सेप्टेम्बरका लागी एक इभेन्टको इन्भिटेसन पठाएको थियो, जसलाइ ग्यालेक्सी नोट 3 को इन्भिटेशन मानिएको थियो ।

अब आइफोनले बताइदिन्छ ब्रा को साइज

स्मार्टफोनको दुनिया निकै रोचक बन्दै गइरहेको छ । दिनहुँ र्सार्वजनिक हुने एप्लिकेसनहरुले स्मार्टफोन प्रयोगकर्तालाई नयाँ नयाँ स्वाद तथा सुविधा प्रदान गर्दै आएका छन् । हालै दुइजना वैज्ञानिकलेे अर्को अचम्मको स्मार्टफोन एप र्सार्वजनिक गरेको छ । अमेरिकी अन्तरीक्ष संस्था नासामा समेत काम गर्ने दुइ जना वैज्ञानिकले मिलेर बनाएको उक्त स्मार्टफोन एप महिलाहरुप्रति लक्षित छ । यसको मद्दतले महिलाहरुले आफुले लगाउने ब्रा को सही साइज पत्ता लगाउन सक्नेछन् ।
1
यो नयाँ एपको नाम थर्डलभ हो । यसलाई महिलाहरुको लागि सही साइजको ब्रा पत्ता लगाउनकै लागि तयार पारिएको बताइएको छ । एक अध्ययनले ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउने गरेको देखाएको छ ।
समाचार अनुसार यो प्रविधिले फोटोग्राफका माध्यमबाट काम गर्छ । जो महिलालाई आफ्नो सही ब्रा साइज पत्ता लगाउनु छ उनीहरुले टाइट टिर्सटमा आफ्नो तस्वीर खिच्नर्ुपर्छ । त्यसपछि त्यो तस्वीरलाई विश्लेषण गरेर स्मार्टफोनको त्यो एप्लिकेसनले ब्रा को सही साइज बताइदिनेछ । यो एपले टू डी तस्वीरबाट थ्री टी तथ्य सिर्जना गर्छ र वक्षस्थलको साइजको आधारमा ठीक्क हुने ब्रा को साइज पत्ता लगाउँछ ।
bra
यो एप आइफोनका लागि बनाइएको हो । यो एप तयार पार्नका लागि सुरुमै ५६ लाख डलर खर्च गरिएको बताइएको छ । यो एपमा एक महिलाको आवाज समेत रर्ेकर्ड गरिएको छ जसले ब्रा को साइज घोषणा गर्छिन् ।

भदौ १९ बाट क्यान सफ्टेक

काठमाडौं ( कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान०ले भदौ १९ देखि २२ गतेसम्म क्यान सफ्टेक २०१३ आयोजना गर्ने भएको छ।  सन् २००७ बाट सुरु भएको सफ्टेकको छैटौं संस्करण राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ । नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुसन र सर्भिसेस ९सेवा०को विकास र विस्तार गर्न यस्ता कार्यक्रम आवश्यक भएको महसुस गरी वर्षैपिच्छे कार्यक्रम सञ्चालन गर्दै आएको र छैटौं संस्करणमा विगतमा भन्दा थप विशेषता हुने क्यानले जनाएको छ।
   
विश्वविख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एन्ड सोलुसन्स र कम्युनिकेसनसम्बन्धी कम्पनीले भाग लिने क्यान सफ्टेक २०१३ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रालि छ। मेलामा १ सय १६ वटा स्टल रहने आयोजकले जनाएको छ। हालसम्म सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयर र सेवासम्बन्धी क्षेत्रमा, इन्टरनेट सेवा, केबल तथा डिस टेलिभिजनसम्बन्धी सेवा गरी ९० प्रतिशत स्टल बुक भइसकेको आयोजकले जानकारी दिएको छ। मेलामा सोलुसनको क्षेत्रमा सेक्युरिटी, वायरलेस, प्रिन्टिङ, पावर र विभिन्न एप्लिकेसनसहितका ट्याब्लेटसँग सम्बन्धित स्टल रहनेछन्। साथै कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यसपालिदेखि स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टल थप गरिएको क्यान महासचिव अमृतकुमार पन्तले बताए।
गत वर्षको क्यान सफ्टेकमा ४५ हजार अवलोकनकर्ता आएकामा यसपटक १ लाख हाराहारी पुग्ने आयोजकको अनुमान छ। सफ्टेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ। टिकट अनलाइनबाट पनि लिन सकिने व्यवस्था गरेको क्यानका अध्यक्ष इन्जिनियर विनोद ढकालले बताए।
सफ्टेकमा के छन् अफररु
सुबिसुले मेलामा इन्टरनेट, आइपी ट्रान्जिट, डाटा सेन्टर सोलुसन्स् र केबल टेलिभिजनको प्याकेजमा विषेश छुट दिने तयारी गरेको छ। त्यस्तै क्यान सफ्टेक २०१३ मार्फत म्यानेज्ड भिडियो प्रेजेन्स र म्यानेज्ड होस्टिङ सेवासमेत सुरु गर्दैछ। डिसहोमले दसैअघि नै एचडी तथा एक्सक्लुसिभ च्यानल वितरण र मल्टी टिभी अफरअर्न्तगत एकै घरमा एउटाभन्दा बढी टेलिभिजनमा डिस होमको सेवा जडान गरी टिभी हेर्न मिल्ने सुविधा सुरु गर्ने जनाएको छ। त्यस्तै ब्रेनडिजिट आइटी सोलुसन्स्ले आफूले तयार गरेको डट नेट सिएमएस सेजफ्रेमको प्रयोग गरी नयाँ वेबसाइट बनाउने तथा वेबसाइटको कन्टेन्ट सहज व्यवस्थापनसम्बन्धी तरिका प्रदर्शन तथा सोसम्बन्धी जानकारी प्रदान गर्नेछ। फोन पे प्रालिले सफ्टेकमा आफ्नो नयाँ प्रडक्ट क्यास अन एड सुरु गर्ने तयारी गरेको छ। त्यस्तै नेक्स्ट जेनेरेसन टेक्नोलोजीले क्लाउड सर्भिलेन्स सेवा सुरु गर्नेछ।
त्यस्तै वेब सर्फरले ५१२ केबिपिएसको वायरलेस इन्टरनेट ४ सय ९५ रुपैयाँमा र अन्य इन्टरनेट प्याकेजसमेत विशेष छुटमा उपलब्ध गराउने योजना बनाएको छ। त्यस्तै मिदास एजुकेसनले एन्ड्रोइड बेस्ड इ–क्लास र अनलाइन इ–क्लास सुरु गर्ने जनाएको छ। भायनेट कम्युनिकेसनले ६ हजार ९ सय ९९ रुपैयाँमा १ एमबिपिएसको फाइबर टु होम इन्टरनेट सेवा तीनमहिनाको लागि उपलब्ध गराउनुका साथै जडान शुल्कमा ३० प्रतिशत छुट दिने तयारी गरेको छ।

Friday, August 16, 2013

अब free मा facebook चलाउनुहोस् ...............



  DIGI को सिम बाट इन्टरनेट चलाउने साथीहरूलार्इ खुशीको खबर...........अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस् .........................
फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको notice पढ्नुहोस्
१ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो जान्नु जरूरी छ, किनकि फ्रि facebook use गर्नको लागी app download गर्नु पर्छ ....कतिपय Samsung मोबाइलहरू मा app download गर्न मिलदैन् । यदि तपाइले app download गर्न नमिल्ने मोबाइल चलाइरहनु भएको छ भने तपाइ ले free मा फेसबुक चलाउन सक्नुहुन्न् ।
२- app download गर्न मिल्छ भने http://www.operamini.com/ मा जानुहोस् , र 7.1 को opera mini download गर्नुहोस् । याद राख्नुहोस् opera mini को अरू point जस्तै 4.4, 3.2, 4. 6 को app पनि हुन्छन् , त्यसबाट फ्रि फेसबुक चलाउन मिल्दैन , त्यसेले opera mini 7.1 app मात्र download गर्नुहोस् ।
३ – यदि तपाइलार्इ माथी दिइएको लिंक बाट app sarch गर्न गाह्रो भयो भने म्यासेज बक्समा गएर opera mini लेखेर 2000 मा पठाउनुस् । त्यसपछि digi ले तपाइलाइ opera mini download गर्ने website दिन्छ्, । त्यसपछि सजिलै download गर्न सक्नुहुन्छ् ।
४ – opera mini download गरिसकेपछि अब internet ब्याग गर्नुस । र internet बन्द गर्नुस् । तपाइले डाउनलोड गरेको app प्राय nokia mobile मा app > game मा गएर बस्छ भने कतिपय सिस्तममा downloader file मा गएर बस्छ । त्यो खोजेर open गर्नुस् ।
५ – अब त्यो app खुल्छ् र http//www. sarching >>>> google page अ।उँछ । sarching मा क्लिक गर्नुस् र o.facebook.com type गरि sarch गर्नुस् । याद राख्नुहोस – यदि तपाइले अगाडि 0. नराखेरै फेसबुक सिधै खोल्नु भयो भने छुट्टै चार्ज लाग्ने छ।
६ – अब तपाइको फेसबुक खुल्छ् । र मजाले २४ सै घन्टा चलाउन सक्नुहुन्छ्
याद राख्नुहोस् - यो फ्रि फेसबुक मा तपाइले फोटो र भियियो हरू upload गर्न र हेर्न सक्नुहुन्न् । हेर्नुभयो भने छुट्टै चार्ज लाग्ने छ । यस्मा फोटो र भिडियो हेर्न र upload गर्न बाहेक अरू सबै गर्न सक्नुहुन्छ् । र अर्को कुरा यो app चलाउदा तपाइको सिम मा minimum १ sen पैसा र date हुनुपर्ने छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center