हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 13, 2013

राज मोवाईल सेन्टर धादिङ्

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसि
मका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ् वेसी धादिङ्

अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले

३० असार, काठमाण्डौ । मानसिक समस्यावाट लामो समयदेखि पीडित धादिङकी एक आमाले आफ्नी अढाई महिने छोरीको दुबै खुट्टा अचानेमा राखी खुर्पाले छिनाइदिएकी छिन् ।घाइते बालिकाको शुक्रवार राती १२ बजेदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला सदरमुकामदेखि झण्डै २० किलोमिटर पश्चिममा पर्ने ढोला-२ तीनघरे धादिङकी २९ वर्षीया वीरकुमारी दवाडीले अढाई महिनाकी छोरी बिमकुमारीको खट्टा छिनाइदिएकी हुन् । श्रीमान भने वीरकुमारीले आफूलाई अचानक देवी चढेर छोरीको खुट्टा छिनाई भोग दिएको वताएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे श्रीमान खेतमा काम गर्न गएको मौका पारी खसी काट्न प्रयोग हुने घरकै ठूलो खुर्पाले हान्दा बालिकाको दुवै खुट्टा गोलीगाँठानेरवाट छिनेको छ । खुट्टा ठुन्किएपछि तल्लो भागलाई वीरकुमारीले अचानोमै राखी थालले छोपेर घाइते छोरीलाई पिठ्युमा बोकी माइत गएको भन्दै हिडेकी थिइन् । वीरकुमारीले बोकेकी छोरी बेस्सरी रोएको र खुट्टावाट रगतसमेत चुहाउँदै हिडेँको देखेपछि छिमेकीले सोधखोज गर्दा खुट्टा छिनाएको थाहा भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसलगत्तै छिमेकीले वीरकुमारीलाई नियन्त्रणमा लिई प्रहरी र काममा गएका उनका श्रीमानलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै शुक्रवार अपरान्ह तीनघरे पुगेको प्रहरीले घाइते बच्चा, आमा र बाबुलाई घादिङबेसी ल्याएको थियो । तर जिल्ला अस्पतालले रगत रोक्ने औषधि र स्लाइन चढाएर जोरपाटीस्थित अर्थोपेडिक अस्पताल रेफर गरेको थियो । त्यहाँवाट कान्ति अस्पताल लगिएकोमा शुक्रवार राति शिक्षण अस्पताल ल्याएको छ ।

राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का जाने

काठमाडौं( आगामी भदौ १ देखि ९ गतेसम्म सिङ्गापुरमा आ
टोलीलाई आगामी साउन १७ देखि ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलाई त्यतैबाट सिङ्गापुर पठाउने तयारी गरिएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए।
अभ्यास खेलले नेपाली खेलाडीको खेलस्तर जाँच्ने अवसर प्राप्त हुने क्यानको भनाइ छ। श्रीलङ्काको हावापानी नेपालको तुलनामा निकै गर्मी भएकाले खेलाडीले त्यस किसिमको वातावरणमा सहजताका साथ खेल्न सकुन् भन्ने हेतुका साथ खेलाडीलाई त्यहाँ अभ्यास खेलका लागि पठाउन लागिएको हो।

मंगल ग्रहमा छेपारो भेटियो ( भिडियो सहित )


पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।

उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।

नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।

Friday, July 12, 2013

याहुमा ह्याकरको आक्रमणः इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह

yahooह्याकरहरुले इन्टरनेट जाएन्ट याहुका २ करोड भन्दा बढि प्रयोगकर्ताको इमेल ठेगाना ह्याक गरेका छन् । याहुको जापानी संस्करण याहु जापानमा भएको साइबर हमलाबाट २ करोड २० लाख जति प्रयोगकर्ताको याहुमेलको विवरण चोरी भएको याहुले जनाएको छ ।
याहुका अनुसार पछिल्लो साइबर हमलाबाट याहुका १० प्रतिशत प्रयोगकर्ताको इमेल ठेगानाको विस्तृत विवरण चोरी भएको छ । यद्यपि धेरैका पासवर्ड चोर्न ह्याकरहरु असफल भएकाले तत्कालका लागि प्रयोगकर्ताको याहुमेललाई निस्तेज पार्न भने नसक्ने याहुले जनाएको छ । तथापि आफ्नो याहु इमेल अकाउण्टको पासवर्ड परिवर्तन गरिहाल्न याहुले आग्रह गरेको छ । यसो गर्दा याहुमेल ह्याकरको आक्रमणबाट सुरक्षित हुने छ ।
आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ ।
२ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट ह्याकरहरुले विभिन्न फाइल चोरी गरेको स्विकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पासवर्ड तथा पासवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ ।
याहु कम्पनी र मोबाइल र्फम सफ्टब्यांकको संयुक्त स्वामित्व रहेकेा याहु जापानले पछिल्लो साइबर हमलापछि साइबर सुरक्षा मजबुत पारिएकेा र हमलाकारीको खोजी भैरहेको जनाएको छ । साथै प्रयोगकर्ताको याहुमेल ठेगानामा आफ्नो पासवर्ड परिवर्तन गर्न सन्देश पठाउने काम भैरहेको पनि बताइएको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center