हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 26, 2013

चोरीको सेटमा एनटीसीको सिमकार्ड नचल्ने हेर्नुहोस् ( नेपाल टेलिकम )

चोरी भएका वा हराएर भेटीएका मोबाइल सेटहरूमा अब नेपाल टेलीकमको सिमकार्ड नचल्ने भएको छ । सरकारी स्वामित्वको दुरसञ्चार सेवादायक टेलीकमले ग्राहकको गुनासोका आधारमा हराएका वा चोरी भएका सेटमा सिमकोर्ड नचल्ने बनाइदिन लागेको बताइएको छ ।

आजको अन्नपूर्ण पोष्टमा प्रकाशित एक समाचार अनुसार ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेको बताइएको छ । टेलीकमकी प्रवक्ता गुण केशरी प्रधानलाइ उद्धृत गर्दै जनाइए अनुसार अहिले परीक्षणको चरणमा रहेको यो सेवा बिस्तारै कार्यान्वयनमा ल्याइनेछ ।

प्रधानका अनुसार टेलीकमले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

गत बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलीकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्न लागिएको कुरा प्रधानलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

तपाईले ATF बक्स् चलाउनु भएको छ भने नयाँ Setup फाईल डाउन्लोड गर्नुहोस् ( ATF AutoUpdate v10.00 Setup Downlode )

तपाईलाई लोकिया ATF बक्स् को Setup फईल चाहिएको छ चाहिएको छ भने यहाँ क्लिक गरेर डाउन्लोड गर्नुहोस्

गूगलको नयाँ नेक्सस 7 सार्वजनिक

गूगलले नया नेक्सस ७ ट्याबलेट, एन्ड्रोइड ४.३ र क्रोमकास्ट नामको एउटा डोंगल वा पेन ड्राइभ जस्तै डिभाइस लन्च गरेको छ । गूगलका अनुसार ३२३ पिक्सेल/इन्चका साथमा नयाँ गूगल नेक्सस ७ संसारमानै सबैभन्दा धेरै रेज्यूलुसन भएको ट्याबलेट हो।
nexus-7-tablet
नयाँ नेक्सस ७ लाइ असुसले निर्माण गरेको हो । यसमा पहिले जस्तै ७ इन्चको स्क्रीन राखिएको छ । तर यसको रेज्यूलुसन भने धेरै बढाइएको छ ।
नेक्सस ७ मा ३२३  पीपीआई पिक्सेल डेन्सिटीका साथमा १९२०x१२०० पिक्सेलको फुल एचडी रेज्यूलुसन रहेको छ । आईप्याड मिनीमा १६३ पीपीआई पिक्सेल डेन्सिटीका साथमा १०२४x७८६ पिक्सेल रेज्यूलूशनको डिस्प्ले रहेको छ । यसमा १.५  गीगाहर्त्ज क्वालकम स्न्यापड्र्यागन एस ४ क्वाड-कोर प्रोसेसर र २ जीबी र्याम छ । यसमा एड्रिनो ३२०  जीपीयू (ग्राफिक प्रोसेसिङ यूनिट) रहेको छ । नयाँ नेक्ससमा पहिलेको नेक्सस भन्दा १.८  गुणाले तिव्र प्रोसेसर र ४ गुणा तिव्र जीपीयू रहेको छ ।
यसले वायरलेस चार्जिङलाइ सपोर्ट गर्दछ । यसमा उत्कृष्ट साउण्डका लागी ड्यूल स्टेरियो स्पीकर रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्रीले वेब ब्राउजिङमा करीब १० घण्टा सम्म चल्दछ ।android 4.3
नयाँ नेक्ससमा पछाडीतिर ५ मेगापिक्सेलको क्यामरा र १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । नयाँ नेक्सस ७८.६५ मिलीमीटर पातलो छ । नयाँ नेक्सस ७ पहिलेको भन्दा करीब २ मिलीमीटर पातलो र करीब ५० ग्राम हलुका रहेको छ ।
नयाँ नेक्सस ७ बाहेक गूगलले ऐन्ड्रोइड ४.३ पनि रिलीज गरेको छ । यसका साथै क्रोमकास्ट नामको डोंगल वा पेन ड्राइभ जस्तै एउटा सानो डिभाइस पनि गुगलले सार्वजनिक गरिएको छ ।

Wednesday, July 24, 2013

गूगलले विन्डोजका लागी क्लाउड प्रिन्ट ड्राइभर ल्यायो

गूगलले बिन्डोजका लागी क्लाउड प्रिन्ट सर्भिसको ड्राइवर रिलीज गरेको छ । अब तपाइँले सिधै आफ्नो विन्डोज डिभाइसको कुनै पनि एप्लिकेशनबाट क्लाउड प्रिन्ट गर्न सक्नुहुन्छ । पहिले यो क्रोम ब्राउजरको मद्दतले मात्र गर्न सकिन्थ्यो ।  
गूगल क्लाउड प्रिन्ट यस्तो सर्भिस हो, जिसले तपाइँ इन्टरनेट मार्फत कहिँबाट पनि आफ्नो प्रिन्टरमा केही पनि कुराहरू प्रिन्ट गर्न सक्नुहुन्छ ।
तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
तपाइँ पनि क्लाउड प्रिन्ट ड्राइभर इन्सटल गरि यसको फाइदा लिने हैन त ?

Tuesday, July 23, 2013

नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625

श्रावण ९, फिनल्याण्डको कम्पनी नोकियाले नोकिया लूमिया 625 स्मार्टफोन सार्वजनिक गरेको छ ।  नोकियाको अहिले सम्मकै सबै फोनहरूमध्ये यो फोनको स्क्रीन सबैभन्दा ठुलो हो ।
4जी कनेक्टिभिटी भएको यस फोनमा 4.7 इंच को सुपर-सेन्सेटिभ एलसीडी स्क्रीन रहेको छ । नोकियाले अहिले सम्म सबैभन्दा ठुलो 4.5 इन्चको स्क्रीन भएको फोनहरू मात्र ल्याएको थियो ।
नोकियाले यस फोनलाइ निकै अफोर्डेबल भएको बताएको छ । यसको मूल्य कर बाहेक 220 यूरो (नेपाली रूपैयाँ करीब २८०००) तोकेको छ ।
फोनमा 201 पीपीआई पिक्सेल डेन्सिटी भएको 4.7 इन्चको WVGA डिस्प्ले रहेको छ । यसलाइ प्रकासमा पनि हेर्न सकिन्छ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल कोर प्रोसेसर र 512 एमबी र्याम राखिएको छ । एलईडी फ्ल्याश र अटोफोकसका साथमा 5 मेगापिक्सेलको मेन क्यामरा र भिजीए फ्रन्ट क्यामरा रहेको छ । 8 जीबीको इन्टरनल स्टोरेज भएको यस फोनमा 64 जीबी सम्मको एसडी कार्ड लगाउन सकिन्छ ।  यसमा 2000mAh को ब्याट्री रहेको छ । विन्डोज फोन 8 अपरेटिङ सिस्टममा चल्ने यो फोनको बाहिरि भाग सजिलै परिवर्तन गर्न सकिन्छ, जुन 5 वटा ब्राइट कलर्सहरूमा उपलब्ध हुनेछ ।  
नोकियाले यस फोनलाइ यो बर्षको त्रैमास (जुलाई-सेप्टेम्बर) सम्म भारत, चीन, यूरोप, एशिया पसिफिक, मिडल ईस्ट, अफ्रीका र ल्याटिन अमेरिकामा ल्याउने बताएको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center