आइफोन निर्माता कम्पनी एप्पलले आउँदो
सेप्टेम्बर १० तारिखका दिन नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने भएको छ ।
टेक्नोलोजी ब्लग अल दिंग्स डी का अनुसार सेप्टेम्बर १० मा हुने विशेष
समारोहमा आइफोनले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गर्नेछ । यद्यपि आइफोन
आफैले भने यस बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । एप्पलका
प्रडक्टको सार्वजनिकिकरणलाई प्रविधि उद्योगको क्षेत्रमा निकै महत्वपूर्ण
रुपमा लिइन्छ ।
स्मरण रहोस् संचार संस्था रोयटर्सले गएको
जुन महिनामा एप्पलको आगामी योजनाबारे खुलासा गरेको थियो । विभिन्न श्रोतलाई
उधृत गर्दै रोयटर्सले एप्पलले अहिलेको भन्दा ठूलो स्क्रिन भएको तथा सस्तो
मूल्यका आइफोन निर्माण गरिरहेको समाचार रोयटर्शले प्रकाशन गरेको थियो ।
एप्पलका प्रडक्टको सार्वजनिकीकरणलाई प्रविधि जगतमा निकै महत्वका साथ
हेरिन्छ । नयाँ आइफोनको नाम के रहला ? भन्ने विषयमा विभिन्न अड्कलबाजी
समेत हुने गरेका छन् ।
केही समयपहिले एक साइटले प्रकाशन गरेको
समाचार अनुसार एप्पलले एउटा मात्र नभएर दुइवटा आइफोन एकैचोटी सार्वजनिक
गर्दैछ । त्यसमध्ये एउटा आइफोन सस्तो मूल्यको हुनेछ र त्यसको नाम आइफोन ६
हुनेछ । अर्को आइफोनको नाम आइफोन ५ एस हुने भविष्यवाणी उक्त साइटले गरेको
थियो ।
0 comments:
Post a Comment