हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 14, 2013

ट्विटरले सेयर जारी गर्ने

न्युयोर्क– माइक्रो ब्लगिङ साइट ट्विटर सञ्चालकले सेयर जारी गर्ने भएका छन् । गत वर्ष यस्तै प्रकृतिको फेसबुकले सवसाधारणलाई सेयर बिक्री गरेको थियो। अमेरिकी पुँजी बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनमा सेयर जारी गर्नका लागि निवेदन दिएको खुलासा सञ्चालकहरुले ट्विटरमार्फत गरेका हुन्। सात वर्षअघि सञ्चालनमा आएको ट्विटरका संस्थापक ज्याक दोर्से, बिज स्टोन र इभान विलियम्स हुन्। लगानीकर्ताहरु यसको मूल्यांकन १० अर्ब डलर गरेका छन्। ट्विटरले भने कुन मूल्यमा सेयर जारी गर्न लागिएको भन्ने खुलाएको छैन । २०१३ मा ट्विटरले ५८ करोड ३० लाख डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड ८०...

एप्पलको नयाँ आईफोनले लोभ्याउन सकेन

न्यूयोर्क, भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा शंका उत्पन्न भएको छ ।   कम्पनीको शेयरमा गिरावट आएका कारण यो अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ । यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो...

Friday, September 13, 2013

ब्ल्याकबेरी 9720 सार्वजनिक

भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक भारतमा  नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९० भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४ सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।   ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका साथमा 512 एमबी र्याम रहेको छ । यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ ।  स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ । ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको...

सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

एप्पलले ६४ बिटको प्रोसेसर रहेको नयाँ आइफोन ५ एस सार्वजनिक गरेपछि उसको प्रतिस्पर्धी कम्पनी सामसुङले पनि त्यसको सिको गर्ने भएको छ । एप्पलको पदचिन्ह पछ्याउँदै सामसुङले आफ्नो आउँदो स्मार्टफोनमा ६४ बिटको प्रोसेसर राख्ने निर्णय गरेको छ । कोरिया टाइम्समा छापिएको खबर अनुसार सामसुङ कम्पनीका सह कार्यकारी प्रमुख तथा मोबाइल डिपार्टमेन्ट प्रमुख जेके सिनले आफ्ना आगामी स्मार्टफोन ६४ बिट प्रोसेसरयुक्त हुने जानकारी दिएका छन् । उनका अनुसार ६४ बिटको प्रोसेसरवाला स्मार्टफोन आउन केही समय लाग्नेछ ।उनको भनाइलाई आधार मान्ने हो भने अब सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर हुनेछ । ग्यालेक्सी नोट ३ सार्वजनिक...

एप्पल र सामसुङबीच अब घडीको 'युद्ध'

अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ । स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् । सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ । ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु प्रयोग गर्न सकिने छ । यस्तै एप्पले...

Wednesday, September 11, 2013

६ अर्ब घाटा खाएर टेलियासोनेराले बेच्यो

२६ भदौ, काठमाण्डौ । एउटै कम्पनीले धेरैवटा मोवाइल सेवा प्रदायकको सेयर लिन नपाउने भएपछि एनसेलको लगानीकर्ता युरोपेली कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट कम्पनीको सेयर जोधर इन्भेष्टमेन्ट नामक नयाँ कम्पनीलाई बेचेको छ । अजय सुमार्गी साझेदार रहेको नेपाल स्याटेलाइट कम्पनीले मध्यपश्चिम क्षेत्रमा दूरसंचार सेवा दिनेगरी हेला नेपाल ब्राण्डमा टेलिफोन सेवा सञ्चालन गरिरहेको थियो । सन् २०११ र १२ मा दुईपटक गरी टेलियासोनेराले नेपाल स्याटेलाइटको ५७ प्रतिशत सेयर किनेको थियो ।टेलियासोनेराले बुधबार एक बिज्ञप्ति जारी गरी नेपाल स्याटेलाइट कम्पनीको सेयर बेच्दा ४० करोड स्वीडस क्रोनर ९करिव ६ अर्ब रुपैयाँ० घाटा भएको...

Tuesday, September 10, 2013

आइफोन सी को मूल्य ५४९ डलर, उपभोक्ता स्तब्ध

काठमाडौं —  एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन्। एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन्। एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्। एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको...

एप्पलले सास्ता आइफोन सार्वजनिक गर्दै

एप्पलले सस्ता आइफोन लन्च गर्दैछ। बहुप्रतिक्षित मानिएको आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई कम्पनीले आजैबाट एकसाथ बजारमा ल्याउँदैछ। एक समारोहबीच एप्पलका सिइओ टिमोथी डी कुकले क्यालिफर्नियाको हेडक्वाटरबाट यी सस्ता नयाँ आइफोनको सार्वजनिक गर्नेछन्। एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता यी आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी गरेका छन...

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ। टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले.. विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा...

Monday, September 9, 2013

फिङ्गरप्रिन्ट स्क्यानरका साथमा आईफोन 5S !

एप्पल आईफोन 5S को लन्चिङमा मात्र एक दिन बाँकी छ । अब एउटा कुरा भने पक्का भएको छ कि यस आईफोन 5S मा फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ । साथै यसमा होम बटनको शेप पनि परिवर्तन हुनेछ । टेक ब्लग iPhoneinCanada मा रीटेल बक्समा प्याक्ड आईफोन 5S को हाई रेजुलूशनको इमेज अपलोड गरिएको छ, जसमा होम बटन मा एक सिल्भर रिङ प्रस्टसंग देखिन्छ । साथै यो पनि देखिएको छ कि पुरानो आईफोन्स भन्दा फरक यस फोनको होम बटन राउण्ड शेपमा हरको छ । यसै बीच एक इन्टरनेट शो मा फक्स न्यूज का क्लेटोन मोरिसले दावी गरे अनुसार निश्चित रूपमा आईफोन 5S मा फिङ्गरप्रिन्ट सेन्सर हुनेछ । यस अघि अगष्टमा अस्ट्रेलियाका सोनी डिक्सन ले पनि...

सोनीले भित्रायो विश्वकै पातलो स्मार्टफोन

जापानीज मोबाइल निर्माता कम्पनी सोनीको विश्वकै पातलो मोबाइल एक्सपेरिया जेड अल्ट्रा नेपाली बजारमा भित्रिएको छ । वाटर प्रुफ, ठूलो स्क्रिन, हल्का डिजाइन लगाएतका विशेषताहरु भएको एक्सपेरिया जेड अल्ट्राको नेपाली बजारमा ८५ हजार रुपैयाँ पर्ने बताइएको छ । स्मार्टफोन पारखीहरुलाई लक्षित गरि बजारमा ल्याइएको एक्सपेरिया जेड अल्ट्रामा ६.४ इञ्चको फुल हाई डिफिनेशन स्क्रिन रहेको छ । मोबाइलमा फुल एच डि टि्रलुमिनस डिस्प्ले र एक्स रियालिटी प्रयोग गरिएको हुँदा पिक्चर क्वालिटी र कलर डिटेल्स उच्च गुणस्तरको देखिने दाबि गरिएको छ । यसले प्राकृतिक रङहरुलाई क्यामेरामा कैद गर्न सक्ने दाबि गरिएको छ । पछिल्लो...

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन( फोटो सहित )

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ ।जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने...

आजको विनिमय दर 10 September, 2013

...

Sunday, September 8, 2013

६ इन्च स्क्रीन सम्मको आईफोन टेस्ट गर्दै एप्पल

भाद्र २३, ठुलो स्क्रीन भएको स्मार्टफोनको बढ्दो माग र यस सेगमेन्टमा सामसुङको ग्यालेक्सी सीरीजप्रति मानिसहरूको राम्रो प्रतिक्रियाहरू पछि अब एप्पल पनि आफ्नो आईफोनको लागी ४.८ देखि लिएर ६ इन्च साइज सम्मको स्क्रीनहरू टेस्ट गरिरहेको कुराको अहिले मिडियाहरूले खुलासा गरेका छन ।   वाल स्ट्रीट जर्नल को एक रिपोर्टमा जनाइए अनुसार एप्पल यस साइजको स्क्रिनमा निकै इन्टरेस्ट देखाइरहेको छ र ‘आईफोन म्याथ’ नामको मोडलका लागी ४.८  इन्च साइज भएको स्क्रीनका लागी पनि टेस्ट चलिरहेको छ । यद्दपी अहिलेनै एप्पलले १० सेप्टेम्बर मा आफ्नो स्पेशल इभेन्टमा जुन आईफोन 5 एस र आईफोन 5 सी सार्वजनिक गर्न गैरहेको छ,...

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center