प्रेमी प्रेमिकाहरू अब टाढा भएपनि एक
अर्काको मायाको महसूस गर्न सक्ने भएका छन । अनुसन्धान कर्ताहरूले एउटा
यस्तो मोबाइल एप्लीकेशन बनाएका छन, जसले धेरै टाढा टाढा रहेका दुइ
प्रेमीहरूले एक अर्काको मुटुको धडकन सुन्न सक्नेछन ।
पिलो टक नामको यस एप्लीकेशनमा नारीमा एउटा
व्याण्ड बाँधिन्छ । यसको डिजाइन ब्रिटेनको एक कम्पनीले तयार गरेको हो ।
यसले एक अर्कासंग धेरै टाढा बसेर पनि प्रेमी प्रेमीकाको मुटुको धडकन
तरङ्गमा बदलिन्छ, जन ब्लूटूथ मार्फत एन्ड्रोइड र आइओएस एप्लीकेशनमा पठाइन्छ
। यसै एप्लीकेशन मार्फत दुइ जना मानिसले आफ्नो मोबाइलमा एक अर्काको
धडकनलाइ सजिलै सुन्न सक्दछन ।
कम्पनीको वेबसाइटका अनुसार, ‘हेडफोन लगाएर
वा पिलो स्पीकर मार्फत उक्त धडकनको आवाज सुन्न सकिन्छ । जसले निकै टाढा
रहेका प्रेमीहरको बीचमा आत्मीयता भैरहन्छ । यस एप्लीकेशनलाइ सन २०१० मा
जोन्ना मोन्टगोमरीले कलेज प्रोजेक्ट का रूपमा तयार गरेका थिए । त्यतिबेला
देखि अहिले सम्म यूट्यूबमा यसलाइ साँढे सात लाख भन्दा धेरै मानिसहरूले
हेरिसकेका छन ।
0 comments:
Post a Comment