विज्ञान प्रविधिमा आएको छलाङसँगै अब डन्डिफोर निको पार्न औषधि खाने भन्दा मोबाइल फोनको प्रयोग गर्नुपर्ने स्थिति बन्दैछ। अचम्म लाग्ला तर यो वास्तवकि हो डन्डिफोर बारे भविष्यवाणी गर्ने एप विकास भइसकेको छ।
डन्डिफोरसम्बन्धी यस्तो भविष्यबाणीका लागि एउटा डिभाइस र स्मार्टफोन एपले संयुक्त रुपमा काम गर्छन्। छालासम्मन्धी सुझाव दिने संस्था माई स्किन ले विकास गरेको उपकरण स्क्यान जेड त्यस्तो डिभाइस हो जसले अब डन्डिफोरको भविष्यका बारेमा जानकारी दिन्छ। यो डिभाइसले प्रकाशको साहायताले मानिसको अनुहारको अवस्थाको अध्ययन गर्छ। तर डन्डिफोरको भविष्यबाणी गर्ने काम भने मोबाइल स्क्यान जेडको नभई एउटा स्मार्टफोन एपले गर्छ। विज्ञहरुका अनुसार यो यस्तो एउटा एप हो जसमा स्क्यान जेडमार्फत प्राप्त डाटालाई राखिन्छ। यो डाटाको आधारमा यो एपले अनुहारमा डन्डिफोर आउँछ वा आउँदैन, कहिले आउँछ र कति समय रहन्छ भन्ने भविष्यबाणी गर्छ।
यो एपले दिएको जानकारीका आधारमा छालासम्बन्धी विज्ञहरुले छालाको लागि कस्तो क्रिम प्रयोग गर्ने, डन्डिफोर आउने सम्भावना देखिएमा कसरी रोक्नेदेखि आइसकेको डन्डिफोर कति समय रहने हो र त्यसको उपचार कसरी गर्ने हो भन्ने सम्बन्धमा समेत निर्णय गर्न र सुझाव दिन सक्छन्।