यदि तपाईंको साथीसँग असमझदारी उत्पन्न भएको छ र एसएमएस मार्फत गुनासो अथवा रिस
पोख्ने तयारीमा हुनुहुन्छ भने ख्याल गर्नुहोस्, त्यसले तपाईंहरुबीचको
सम्बन्ध नै धरापमा पार्न सक्छ ।
भेट्ने, घुम्न जाने, बजार जाने, डिनर लगायतका पूर्व निर्धारित योजना कारणबश
स्थगित हुँदा तपाइलाईं आफ्नो साथीसँग रिस उठ्छ र रिस पोख्ने माध्यम एसएमएस
बन्न जान्छ । अनि शुरु हुन्छ, एसएमएस युद्ध । यस्तो एसएमएस युद्धले
तपाईंको सम्बन्धमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने मनोचिकित्सक
बताउँछन् ।
‘लिटिल व्हाइट बायज’ पुस्तकका लेखक तथा मनोचिकित्सक इश मेजरका अनुसार
तपाईंले एसएमएस पठाउँदा यो सोच्नुहुन्न कि साथीलाई पठाइएको शब्दले उसलाई
कस्तो प्रभाव पार्छ भनेर ।
एसएमएस पठाइसकेपछि त्यसको प्रभाव बाहिर देखिनु पहिले नै तपाईंहरुबीच एसएमएस
युद्ध शुरु भैसक्छ । ‘तँ तँ र म म’ को स्थिति सिर्जना हुन्छ । भविष्यमा
तपाईंको सम्बन्धमा सानासाना कुराको पनि ठूलो प्रभाव पर्न थाल्छ ।
‘आई एम राइट, यू आर रङ’ का लेखक तथा मनोचिकित्सक जेवियर अमेडर भन्नुहुन्छ
‘एसएमएसबाट प्राप्त हुने जानकारी आमनेसामने हुँदा भन्दा तीनगुणा कम हुन्छ ।
तपाईं आफ्नो साथीको अनुहारको हाउभाउ देख्न सक्नुहुन्न र आवाज पनि सुन्न
सक्नुहुन्न । यसकारण तपाईंको सम्बन्धमा चाँडै नै तनाव बढ्न जान्छ । त्यसैले
असमझदारी हटाउन भेटेर कुराकानी गर्नु राम्रो हुन्छ ।’
अमेडरका अनुसार एसएमएस गर्दा केवल तर्क मात्र हावी हुन्छ, तर भेट्नुभयो भने
भावना पनि साटासाट हुन्छ । ‘एसएमएसले तपार्इंलाई बढि आदर्शवादी बनाउँछ’
उहाँ भन्नुहुन्छ । त्यसैले मनोचिकित्सकहरु भन्छन् ‘साथीसँग मतभेद छ भने
सक्नुहुन्छ भेटेर कुरा गनुहोस्, सक्नुहुन्न फोनमा भएपनि सिधा कुरा
गर्नुहोस्, भुलेर पनि एसएमएस नगर्नुहोस् ।’
0 comments:
Post a Comment