एलजीको अत्याधुनिक ‘टाइम मेशिन’
प्रविधियुक्त स्मार्ट टिभी नेपाली बजारमा भित्रिएको छ । टाइम मेशिनले
टिभीमा प्रत्यक्ष प्रशारण भएका दृश्यलाई लाइभ हेर्दा हेर्दै रिप्ले गरेर
अगाडिको दृश्य हेर्न मद्धत गर्छ । यस्तो प्रविधियूक्त टिभी एलजीको नेपालका
लागि आधिकारिक बिक्रेता चौधरी समुह अन्र्तगतको सिजी इलेक्ट्रोनिक्सले
नेपाली बजारमा भित्राएको हो ।
मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने
व्यक्तिका लागि यो प्रविधियूक्त टिभी उपयोगी हुनेछ । यस्तो सुविधा एलजीले
२०१३ को संस्करणमा ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ । टिभीमा पछि आउने
कार्यक्रम पनि पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ । ३२
इञ्चको ‘एलए६२००’ मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने ४२
इञ्चको ‘एलए६२००’ मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ रहेको छ ।
टिभीमा टाइम मेशिनको रेकर्डिङ्ग क्षमतालाई
चार प्रकारमा बाँडिएको छ । इन्टरनल रेकर्डिङ्गले टिभी दृश्यलाई मेमोरी
कार्डमा सुरक्षित गर्दछ । वाच एण्ड रिकर्डले दर्शकले एउटा टिभी हेरिरहेका
बेलामा पनि अर्को च्यानल रेकर्ड गर्दछ । सेड्युल्ड रेकर्डिङ्गले आउने
कार्यक्रमको पहिल्यै टाइम सेट गरेर रेकर्ड गर्ने बताइएको छ । लाइभ प्ले
ब्याकले दर्शकलाई दृश्य हेर्न, स्थगन गर्न, दृश्य उल्टाउन, सेभ गर्न र
दोहोराएर हेर्न मद्धत गर्नेछ ।
एलजीको स्मार्ट टिभीमा एक घन्टाको दृश्य
आन्तरिक मेमोरीले नै धान्न सक्छ । त्योभन्दा धेरैको सेभ गर्न एक्सटर्नल
हार्ड डिस्कको प्रयोग गर्नुपर्ने हुन्छ । दर्शकले एउटै टिभीमा टु डी र थ्री
डी जुन चाहे पनि रोजेर हेर्न सक्छन् ।
यो टिभीमा आफूसँग भएका मोबाइल, पेनड्राइभ र
ल्यापटपमा भएका फाइलहरु पनि प्ले गरेर हेर्न सकिन्छ । यसले इन्टेलको
वाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्न सकिन्छ
। त्यस्तै, यसले एमएचएल -केबल) अथवा मोबाइल एचडी लिंक पनि सपोर्ट गर्ने
हुँदा मोबाइलको फाइल ठूलो पर्दामा प्ले गर्न सकिन्छ । यसलाई टिभीको म्याजिक
रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । मोबाइलको फाइल टिभीमा हेरिरहँदा
मोबाइलमा आफैं ब्याट्री चार्ज पनि हुन्छ ।
टिभीसँगै आउने एनएफसी स्टिकरसँग
स्मार्टफोन ट्यागिङ्ग गरेर कन्टेन्ट आपसमा सेयरिङ्ग र मिररिङ्ग गर्न सकिने
कम्पनीले जनाएको छ । त्यसैगरी, डीएलएनएमार्फत टिभीमा मिराकास्ट र नेटवर्क
फाइल ब्राउजर पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
यो टिभीमा टि्रपल एक्सडी इन्जिन छ, जसले
कलर, कन्ट्रास्ट र क्लारिटीलाई उत्कृष्ट दृश्य बनाउन सक्छ । यसमा रहेको
आईपीएस प्यानलले धेरै मानिसले विभिन्न कोणबाट हेर्दा पनि टिभीको गुणस्तरमा
कुनै ह्रास हुँदैन । रिजोलुसन अपस्केलरले सामान्य खालको भिडियोको पनि
गुणस्तर वृद्धि गर्न सघाउँछ ।
0 comments:
Post a Comment