हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 28, 2013

गुगल प्लेमा नेपाली एप्स

यसलाई यति लोकप्रिय गराउने भूमिका एप्सको छ । एन्ड्रोइड एक प्रकारको प्लेट र्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स ९एप्स० प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । डेभलपरहरुले आफूले डेभलप गरेको एप्प प्ले स्टोरमा राख्न सक्छन् ।एक छिन प्ले स्टोरको भिजिट गर्ने कि रु नेपाली मोवाइल युजरबीच एन्ड्रोइडको लोकप्रियता बढ्दै जाँदा डेभलपरले आफ्नो आइडियालाई एप्सको माध्यमबाट युजरबीच शेयर गर्ने अवसर पाएका छन् । प्ले स्टोरमा त्यस्ता सयौं नेपाली एप्स छन्, जसले हाम्रो दैनिकीमा सघाउँछन् । नेपालबाट टप फ्रि एन्ड्रोइड एप्स सर्च गर्दा टप फाइभभित्रै नेपाली एप्प आउँछ । यस साता टप फाइभमा नेपाली एप क्यासअनएड...

Thursday, September 26, 2013

कसरी जोगाउने ब्याट्री लाइफ?

एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ । त्यो भन्दा रोमाञ्चक कुरा एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरु फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन् । तर त्यसको दाँजोमा ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरु सफल हुन सकेका छैनन् । लोडसेडिङको...

Tuesday, September 24, 2013

कुनै सफ्टवेयरको प्रयोग बिना मोबाइलमा Youtube भिडियो डाउनलोड गर्नुहोस |

मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।  तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।  तरीका यस्तो छ :  १. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस । २. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ : m.youtube.com/somecontent/ ३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ : ssyoutube.com/somecontent/ र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।...

Monday, September 23, 2013

३६ घन्टामा ९० लाख आइफोन बिक्री

न्युयोर्क( एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले ३६ घन्टामा ९० लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन ५ एस र ५ सी को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो। एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ। बजारमा आइफोनको माग ह्वात्तै बढेसँगै एप्पलको सेयर ६ प्रतिशतले बढेको छ। यस अघि एप्पलको सेयर वृद्धिदर ४ प्रतिशत थियो।कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग बृद्धि भएको उल्लेख गरे। आइफोन ५ एसको पहिलो उत्पादन बिक्री भइसकेको...

राइनो शील्ड: अहिले सम्मकै सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर

यदि तपाइँसंग महंगो फोन छ, र तपाइँलाइ यो खस्ला र फुटला भन्ने चिन्ता लागिरहन्छ भने अब चिन्ता नगर्नुहोस् । फोन खस्दा सबैभन्दा क्षति भनेको यसको स्क्रीन फुट्नाले हुने गर्दछ । अब संसारको सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर आएपछि यस कुराको चिन्ता नलिए पनि हुने भएको छ । यस्तो स्क्रीन प्रोटेक्टर, जसमा सानो ह्यामरको चोटले पनि कुनै असर गर्दैन ।   राइनो शील्ड नामको यस स्क्रीन प्रोटेक्टरलाइ तयार गर्ने इभोल्यूशन ल्याब्स ले बताए अनुसार निकै कडा टेस्टहरू पास गर्नमा यो सफल भएको छ ।  कागजको तीन तहहरूको बराबर मोटाई भएको यस ट्रान्सपरेन्ट स्क्रीन प्रोटेक्टरलाइ टेस्टिङका क्रममा खुट्टाले...

नयाँ कम्पनीबाट ६० लाख मोबाइल थपिदै

निजी क्षेत्रका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरु युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र स्मार्ट टेलिकमले ६० लाख मोबाइल फोन वितरण गर्ने भएका छन् । ३०/३० लाख जीएसएम मोबाइल लाइन वितरण गर्ने ती कम्पनीको पूर्व योजना सर्वोच्च अदालतले गत साता गरेको एक फैसलाबाट कार्यान्वयनमा आउने भएको हो । दुई कम्पनीलाई एकीकृत लाइसेन्स दिने सरकारी निर्णयविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सीमित सेवाको लाइसेन्स पाएका कम्पनीलाई नेपाल दूर सञ्चार प्राधिकरणले एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो । यूटीएल र स्मार्ट टेलिकमले एकीकृत लाइसेन्स लिई सेवा विस्तारको योजना नियामक निकायमा पेश गरेका थिए । नेपाल...

यसरी ह्याक भयो नयाँ आइफोन

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो । चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए ।एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी...

Download Free Software – Freewares for PC and Laptops

  ...

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center