हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 3, 2013

चोरीको मोबाइल नचल्ने

कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ।टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्युपमेन्ट आइडेन्टीटी रजिस्टर...

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस...

Friday, August 2, 2013

''सामसुङका स्मार्टफोन प्रतिबन्धित हुने संभावना''

''एप्पल र सामसुङबिच अमेरकामा चलिरहेको कानुनी लडाई अन्तिमा मोड तिर पुगेको छ । संभावत इन्टरनेशनल ट्रेड कमिशनले अर्को हप्ता सामसुङका केही स्मार्टफोनमाथी प्रतिबन्ध लगाउने छ।'' अदालतले सामसुङले एप्पलको पेटेन्स राईट उल्लंघन गरेको दोषी ठहराउँदै सामसुङलाई ठुलो जरिवाना समेत तिराएको थियो। अब सामसुङका केही स्मार्टफोनका मोडलहरु प्रतिबन्धमा पर्ने संभावना समेत बढेको हो। अर्को हप्ता सम्म इन्टरनेशनल ट्रेड कमिशनले निर्णय लिने संभावना छ । इन्टरनेशनल ट्रेड कमिशनले अदालतको फैसला लगतै निर्णय लिनु पर्ने भएपनि केही समय लिएको थियो ।'' अदालतको फैसलामा सामसुङले आफ्नो मोबाइल डिभाइस बनाउँदा एप्पलको चार पेटेन्ट उल्लंघन...

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित डाउन्लोड गर्नुहोस्

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित तपाईलाई मन पर्छभने प्ले गरेर हेर्नुहोस् र डाउन्लोड गर्नुहो...

अब एउटै सिडिमा ३ सय ओटा फिल्म हाल्न मन लागेको छ भने यसरि गर्नुहोस्

जापानको दुई ठुला इलेक्ट्रोनिक सामान निर्माता कम्पनी सोनी र प्यानासोनिक मिलेर धेरै डाटा सुरक्षित गर्ने अप्टिकल डिस्क बनाउने काम गरिरहेका छन् । वास्तवमा यी दुई ठुला कम्पनी मिलेर यस्तो अप्टिकल डिस्कमा काम गरिरहेका छन्, जसमा ३ सय जीबी डाटा सुरक्षित राख्न सकिने छ । जुन डिस्कमा तपाईले लामो समयसम्म डाटा सुरक्षित राख्न सक्नु हुनेछ । दुवै कम्पनीले संयुक्त बयान जारी गर्दे उनीहरुको लक्ष्य भनेकै लामो समयसम्म डाटा सुरक्षित राख्ने बताएका छन् । जसको लागि यि दुवै कम्पनी मिलेर जोडदारका साथ काम गरिहेका छन् । साथै यस डिस्कमा कम स्थानमा धेरै डाटा सुरक्षित गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो नयाँ...

अब अवाज सुनेर काम गर्छ मोबाईलले

गुगलको स्वामित्व भएको मोटोरोला कम्पनिले यस्तो फोन लञ्च गरेको छ , जसले “अलवेज लिस्लिङ्” अर्थात सँधै फोन मालीकको आवाजको ईशारामा काम गर्छ । ‘मोटो एक्स’ नामबाट लञ्च गरीएको यो फोन ‘स्क्रिन टच’ वाला नभई सुनेर कमाण्ड गर्ने खालको हो । यस फोनको निर्माण अमेरीकामा भएको हो । यसलाई उपभोक्ताको जरुरत अनुकूल बनाउनको लागी तमाम  बिकल्प दिईएको छ ।    ईन्टरनेट क्षेत्रको शिर्ष कम्पनि गूगलले पछिल्लो बर्ष मोटोरोला कम्पनि १२ दशमलव ५ अर्बमा किनेको थियो । त्यस पछाडी आँफ्नो कम्पनि मोटोरोलाबाट गूगलले यो पहिलो उत्पादन बजारमा ल्याएको हो । मोबाईल फोन उद्योगका  बिश्लेषकले मोटो एक्स बजारमा...

Thursday, August 1, 2013

ट्याक्सी भाडादर थाहा पाउने एप आएछ।

गुगल प्ले र एप्पल एप स्टोरमा तीनवटा नयाँ नेपाली एप थपिएका छन्। छुट्टाछुट्टै सुविधाका नयाँ एपहरु उक्त स्टोरमा राखिएको महिना दिनमै हजार–हजारको हाराहारीमा डाउनलोड भइसकेका छन् । एप्पिकाली प्रालिले निर्माण गरेको नेप्से एप, ट्याक्सी फेयर्स नेपाल र प्यानिक एसएमएस एप्लिकेसनले नयाँ नेपाली एप्लिकेसन खोजिरहेका टेक्नोपुस्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। पछिल्लो समय नेपालमा स्मार्टफोन बिक्री बढिरहेको र नेपाली मोबाइल प्रयोगकर्ता विभिन्न एपमा रमाइरहेको बेला नयाँ उपयोगी एप स्टोरमा ल्याइएको एप्पिकाली प्रालिका प्रमुख कार्यकारी अधिकृत निकोलस पाण्डेले बताए। एप्पिकालीका लागि सन्दिप ढकालको नेतृत्वले निर्माण...

कस्ता छन् नेपाल भित्रिएका नयाँ सामसङ स्मार्टफोन?

नेपालमा मोबाइलको बजार हिस्सा बढाउँदै लगेको सामसङले थप ३ नयाँ ग्यालेक्सी सिरिजको स्मार्टफोन ल्याएको छ। सामसङको ग्यालेक्सी मेगा, ग्यालेक्सी कोर र ग्यालेक्सी पकेट नियो नामका तीन स्मार्टफोन हालै बजारमा ल्याइएका हुन्। ५।८ इन्चको मेगामा १।५ जिबी र्याम र १।४ गिगाहर्ज डुअल कोर प्रोसेसर छ। ८ जिबी आन्तरिक मेमोरी रहेको मोबाइलमा ६४ जिबी थप मेमोरी राख्न सकिन्छ। यसमा सबैभन्दा नयाँ ४।२।२ जेली विन एन्ड्रोइड अपरेटिङ सिस्टम छ। यसको बजार मूल्य ४४ हजार तोकिएको नेपालका लागि सामसङको अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसले जनाएको छ। डुअल सिमको सुविधा रहेको कोरको डिप्ले ४।३ इन्चको छ  १ जिबी र्‍याम र...

मह‌ँगा स्मार्टफोनलाइ कार्बनको चुनौती

नयाँ दिल्ली( भरतीय मोबाइल निर्माता कम्पनी कार्बनले अन्य विदेशी मोवाइल कम्पनीसँग प्रतिस्पर्धा गर्न कम्मर कसेको छ। यसै क्रममा उसले महंगा स्मार्ट फोनहरुमा हुने फिचर्सहरु आफ्ना कम मूल्यका मोबाइहरुमा राखेर निकालेको छ। यसले गर्दा बढी मूल्यका स्मार्टफोन बोक्न नसक्नेहरुको लागी कार्बन रोजाइ बन्दै गएको छ। हालै कार्बनले दुई नयाँ स्मार्टफोन ल्याएको छ। कार्बनले स्टार सिरिजको यो स्मार्टफोनको अनलाइन बुकिङ खुला गरिसकेको छ। कार्बन ए वान र कार्बन ए फाइभले पाएको सफलतापछि कार्बनले नयाँ फोन ल्याएको सहज अनुमान लगाउन सकिन्छ।कार्बन ए वान स्मार्टफोनस्क्रिन ३।५ इन्च रहेको कार्बन ए वान स्मार्टफोनको डिस्प्ले रेज्यूलोशन...

फेसबुकले सुरु गर्‍यो एम्बेडेबल पोष्ट

सार्वजनिक अन्तरक्रियालाई अझ सशक्त पार्ने उद्देश्यले फेसबुकले ुएम्बेडेबल पोष्टु सेवा सुरु गरेको छ। ट्विटर र युट्युबलाई पछ्‌याउँदै फेसबुकले पनि उस्तै ढंगले एम्बेड गर्नसक्ने सुविधा ल्याएकव छ। पोष्टको दायाँपट्टि एम्बेड अप्सन राखिएको छ। त्यहाँ क्लिक गर्नासाथ प्राप्त हुने कोडलाई ब्लग वा न्युज मिडियाले पेष्ट गरी एम्बेड गर्न सक्नेछन्।फेसबुकले तत्काललाई एम्बेड सुविधा सबै प्रयोगकर्तालाई दिइसकेको छैन। सिएनएन, हफिङ्टन पोष्ट र पीपल म्यागेजिनले सुरुमा यो सुविधा पाएका छन्। फेसबुकको एम्बेड सुविधाबाट ब्लग तथा डिजिटल मिडिया लाभान्वित हुने फेसबुकको विश्वास छ।फेसुबकको यो सुविधाले सर्वसाधारणका अभिव्यक्त पोष्ट एम्बेड...

इभिडिओको थ्रिजी इन्टरनेट पश्चिम क्षेत्रमा पनि

नेपाल टेलिकमले आइपिसिडिएमए प्रविधिमा आधारित इन्टरनेट सेवा प्याकेजमा उपलब्ध गराउन थालेको छ। पोखरा र आसपास क्षेत्रमा बुधबारदेखि बिक्री थालिएको यो प्रविधिबाट तेस्रो पुस्ता ९थ्रिजी० को इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ।पुरानो प्रविधि विस्थापन गरेको टेलिकमले डाटा प्याकेजमा युएसबी डोंगोलसहित प्याकेज उपलब्ध गराउन थालेको बुधबार आयोजित पत्रकार भेटघाटमा वायरलेस सेवाका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जानकारी दिए। ुइभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३।१ एमबिपिएस डाउनलोड क्षमतामा इन्टरनेट चलाउन सकिन्छ,ु भट्टराईले भने, ुयो निकै प्रभावकारी बन्दै गएको छ।ु टेलिकमले गत वैशाखदेखि पोखरा र...

Wednesday, July 31, 2013

आईफोन 5 एस र आईफोन लाइट सेप्टेम्बरमा आउने

आईफोनमा रमाउन चाहनेहरूका लागी खुसीको खबर छ । धेरै समयदेखि हल्लाहरू तथा करेन्ट लागेर मानिस मरेको घटनाले पिडित भएको कम्पनी एप्पलले आफ्नो नयाँ आईफोन 5एस सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।   यसका साथै एप्पलले आफ्नो आईफोनको सस्तो भर्जन आईफोन लाइट पनि आईफोन 5एस का साथमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । एप्पलको त्रेमासिक रिपोर्ट सार्वजनिक गर्दै बताइए अनुसार सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने छ । यस नए लन्चका साथमा एप्पलले आफ्नो नयाँ आईओएस 7 अपग्रेडेड भर्जनका साथमा उतार्नेछ । नयाँ आईफोन 5एस मा डुअल लेड का साथमा 12 मेगा पिक्सेलको हाईक्वालिटी क्यामरा पनि रहेको...

Tuesday, July 30, 2013

एप्पलको सिपमेन्ट बढ्यो, नाफा घट्यो

एप्पलले बजारमा आपूर्ति गरेका उत्पादनको वृद्धि उच्च भए पनि कम्पनीको मुनाफा भने घटेको छ । सिपमेन्ट ५१ प्रतिशतले बढेको समाचारहरुमा जनाइएको छ । तर कम्पनीको मुनाफा भने २२ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ४२ प्रतिशत रहेको ग्रस मार्जिन अहिले ३७ प्रतिशतमा झरेको छ । एप्पलको नयाँ आइफोन र आइप्याडको पर्खाइमा उपभोक्ताले बजारमा उपलब्ध ग्याजेटमा रुचि नदेखाएको तथा सामसुङ्गले पि्रमियम क्लासका सेट बजारमा ल्याएको हुनाले एप्पलको बजार तत्काल माथि नगएको विश्लेषकको भनाइ छ । सामसुङ पहिलो पटक एप्पललाई जितेर २०१२ को आम्दानीमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ । सामसुङले आइफोनसँग प्रतिस्पर्धा...

सामसुङले ल्यायो तीन नयाँ स्मार्टफोन

विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी सामसुङका थप ३ नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारको मागअनुसार स्मार्टफोन पस्कँदै आएको सामसुङका ग्यालेक्सी सिरिजका स्मार्टफोनहरु भित्रिएका हुन् । सामसुङ मोबाइल नेपाली बजारमा इन्टरनेशन मार्केटिङ सर्भिसेज प्रालिले आधिकारिक रुपमा बिक्री बितरण गर्दै आएको छ । सामसुङ ग्यालेक्सी मेगा, मूल्य ४४ हजार कम्पनीले ‘सामसुङ ग्यालेक्सी मेगा’, ‘सामसुङ ग्यालेक्सी कोर’ र ‘सामसुङ ग्यालेक्सी पकेट निओ’ स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्मार्टफोन नेपाली बजारमा निकै लोकपि्रय रहेका छन् । नयाँ स्मार्टफोनले पनि नेपालीहरुको मन जित्न सफल...

एनसेलको मासिक १२५ बोनस

एनसेलले आफ्ना प्रयोगकर्तालाई मासिक एकसय २५ को बोनस दिने भएको छ। एनसेलले आफ्नो नेटवर्कमा एक करोड प्रयोगकर्ता पुगेको भनेर बोनस सीमको अफर सुरु गरेको छ। जसमा ९९ रुपैंयामा ५० को मेन ब्यालेन्स भएको सीममा वर्षको करिब एहकजार पाँचसय बराबरको निशुल्क सेवा दिने बताएको छ। एनसेलले दिने एक वर्षको एकहजार पाँचसयको निशुल्क सेवामा एसएमएस, फोन र इन्टरनेट चलाउन सकिन्छ। एनसेलको अफरमा उपभोक्ताले मासिक एकसय २५ बराबरको सेवा निशुल्क पाउने छन्। एनसेलले जनाए अनुसार उसले यो योजनामा सीमकार्ड किन्ने उपभोक्तालाई मासिक ३० एसएमएस, २० मिनेट फोन र १० एमबी डाटा निशुल्क उपलब्ध गराउने छ। एनसेलले यसरी उपलब्ध गराउने निशुल्क...

Monday, July 29, 2013

स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

काठमाडौं– भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले ल्याएको नयाँ फोन ुक्यानभास ४ुले सस्तो मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरुको सपना पूरा गर्ने भएको छ। समकालीन स्मार्टफोनहरुको तुलनामा यसको मूल्य कम पर्नेछ। यसले सामसङ ग्यालेक्सी एस ४, एचटीसी वन, नोकिया लूमिया, एलजी, गुगल नेक्सस ४ लाई चुनौति दिने अनुमान गरिएको छ।१३ मेगापिक्सल र ८ कोर प्रोसेसर भएको क्यानभास ४ मोबाइलको मूल्य ३० हजार वरिपरि छ। कम्पनीले यु–ट्युबमा यो नयाँ फोनबारे केही भिडियो जानकारी राखेको छ। फोनले युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। क्यानभास ४ को मुख्य विशेषता भनेको १३ मेगापिक्सलको क्यामेरा नै हो। यसको अलवा यसमा ५ मेगापिक्सलको...

Sunday, July 28, 2013

५ सय केन्द्रमार्फत् टेलिकमको वाइम्याक्स सेवा

काठमाडौं( नेपाल टेलिकमले आर्थिक वर्ष २०७०(७१ का लागि कूल ६९ अर्ब ९५ करोड ६३ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। टेलिकमका अनुसार सरकारलाई राजस्ववापत रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार, पुँजीगत खर्चवापत रु १९ अर्ब ४१ करोड ६५ लाख ५४ हजार, आयगत खर्चवापत रु १० अर्ब ६८ करोड ७४ लाख ८६ हजार, लाभांश ९नेपाल सरकारलाई बुझाउने बाहेक अन्य० बापत रु ६१ करोड २४ लाख ८२ हजार रकम छुट्टाएको हो।    त्यस्तै ग्राहक लाभांश र सुविधावापत रु ८४ करोड २८ लाख ९९ हजार र अन्य दायित्ववापत रु सात करोड ७१ लाख ८५ हजार, अन्य प्रशासनिक सेयरिङ वापतको भुक्तानी रु एक अर्ब एक करोड ६५ लाख १९ हजार र लगानीवापत रु...

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center