हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, June 28, 2013

फोटोलाई तुरुन्तै भिडियो वनाउने एप्स – पिकोभिको

आफन्तको विवाह,पार्टीमाजादा धेरै फोटोहरु खिच्नुभएको छ,साथीभाईसगाको टुर (भ्रमण) मा त फोटो खिच्न छुटाउनुनै भएको छैनहोला । तपाईसंग धेरै फोटोहरु भईसके, सवैलाई सोसिएल साईटमा राख्नुछ, र आफ्ना आफन्त तथा साथीभाईलाई देखाउनु छ । व्यस्तताको वावजुत पनि  त्यति धेरै कामलाई छोटो समयमा सकाउनु छ भने तपाईको लागी पिकोभिको एप्स( www.picovico.com) वरदान सावित हुनसक्छ ।
मनिष मोदी र सुरज सुरज सापकोटाले धेरै मेहनत गरेर फोटालाई भिडियोमातुरुन्तै कन्भर्ट गर्न सकिने एप्सनिर्माण गरेका हुन् जसमा तपाईले फोटालाई भिडियोमा कन्भर्ट गर्न सकिन्छ । चाहे त्यो फेसबुकमा रहेका तस्विरहरु हुन् वा कम्प्युटरमा भएका तस्विरहरु नै त्यसमा ब्याकग्राउण्ड म्युजिक अनिवार्य हुन्छ ।

यो प्रविधी जानकी टेक्नोलोजीले विकास गरेको हो । सोसियल साईटमा राखिएको धेरै फोटा हेर्न निकै झन्झट र लामो समय लाग्ने हुादाएक क्लिकमै खिचिएको सम्पुर्ण फोटोहरु भिडियो मार्फत हेर्न र देखाउन सकियोस् भन्ने उदेश्यले यो एप्सको विकास गरिएको सफ्टवेयर निर्माण कम्पनी जानकी टेक्नोलोजीले जनाएको छ । पिकोभिको डटकमवाट कुनै एकलुक्समा मात्रनभएर मल्टि लुक्समा भिडियो वनाउन सकिन्छ । फोटालाई भिडियो वनाउन चारवटा चरण पुरा गर्नुवपर्ने हुन्छ । जसमा भिडियो स्टाईल,फोटो एवं म्युजिक छनोट र भिडियोको नामाकरण गर्न सकिनेछ । वनिसकेको भिडियोलाई फेसवुक या यूट्यव कुन फर्मेटमा राख्ने अनि पव्लिक वा प्राईभेट के गर्न चाहनुहुन्छ सो छनोटको सुविधाप्रयोग सकिने छ ।

पिकोभिको कुनै ट्रायल भर्सनमानभएर व्यवसायीक भईसकेको छ । मुभिमेकरवाट कुनै एक भिडियो वनाउन ३० मिनेट लाग्छ भने पिकोभिकोवाट १ मिनेटमै वनाउन सकिनेकम्पनीको दावी छ । यो प्रविधिलाई आईफोन, एण्ड्रोईड, विण्डोज, आईप्याड एप्समा पनि विकास गर्न लागिएको कम्पनीले जनाएको छ । हाल नेपाल र भारतमा वढी युजर रहेको यो एपलाई चिली सरकारले समेत रुचाएको छ ।
चिलि सरकारको सहयोगमा त्यहा प्रोजेक्ट सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अमितअग्रवाल वताउनुहुन्छ । साधारण ईन्टरनेट चलाउन सक्ने युजरलाई ध्यानमा राखेर विकास गरिएको यो एप्स धेरै उपयोगी रहेकाले चाडै विश्वबजारमाजम्ने कम्पनीले जनाएको छ । जानकी ईन्टरप्राईजेजले पिकोभिको मात्रनभएर, स्प्यारो एसएमएस सेवा,सोसिएलमार्केटिङ, सफ्टवेयर निर्माण लगायतको क्षेत्रमा समेत कामगर्दै आईरहेको छ ।

नोकिया लुमिया-८००


एप्पलको आइफोन फोर एस र सामसुङ ग्यालेक्सि-२ को सफलता पछि नोकियाले लुमिया-८०० बजारमा उतारेको हो। १ सय ४२ ग्राम तौ लको यो सेटमा ३ दशमलव ७ इन्चको अमोल्ड फुल टच स्त्रिmनको डिस्प्ले छ। लुमियामा ७ दशमलव ५ मेङ्गो अपरेटिङ सिस्टम छ भने ८  मेगापिक्सेलको क्यामेरा छ। १ जिबी र्‍याम र १६ जिबी मेमोरीयुक्त यो सेट आइफोन फोर एस भन्दा आधा सस्तो पर्छ।

तपाईको सिम आइफोन ५ मा कसरी चलाउने ?

तपईको कोहि आफन्त वा तपाई आफै युरोप वा अमेरिकामा हुनुहुन्छ भने सायद आईफोन ५ तपाईको हातमा परिसकेको हुन सक्छ या भनौ तपाईको अबको जन्मदिनमा आइफोन ५ उपहार पाउने पक्का भएको होला । तर पख्नुहोस, नेपालमा के आइफोनलाई प्रयोग गर्न सकिन्छ त ? तपाईलाई सायद थाहनै होला आइफोन ५ मा न्यानो सिमकार्डको प्रयोग गरिएको छ जुन मैले यो लेख लेख्ने समय सम्म कुनै पनि मोवाईल सेवा प्रदायकले उपलब्ध गराएको छैन । आइफोन 4s मा एप्पलले माइक्रो सिमको प्रयोग गरेर केहि अप्ठ्यारोमा पारेको नेपाली उपभोक्तालाई ५ को न्यानो सिमले त चलाउने सम्भावनानै आइपोडमा सिमित गरिसकेको छ । तर त्यो निरासको सम्भावना तपाईको दक्षता र कार्यकुशलताले केहि कम गर्न सक्ने देखिएको छ ।
तपाईले अहिले प्रयोग गर्दै आएको मिनि सिमलाईनै न्यानो सिममा परिवर्तन गर्न सकिन्छ तर यो कार्यमा तपाई ज्यादै निपुण तथा कार्यकुशल हुनु आवश्यक छ ।

कोरियामा बिश्वकै सबभन्दा द्रुत गतिको वायरलेस नेटवर्क

दक्षिण कोरियाको एक टेलिकम कम्पनिले बिश्वकै सबभन्दा द्रुत गतिको तार रहित नेकवर्क निर्माण गरेको घोषणा गरेको छ ।
एस के टेलिकमले १५० मेगाबाईट्स प्रति सेकेन्डको स्पिडमा डाउनलोड हुने बिश्वकै सबभन्दा द्रुत गतिको नेटवर्क निर्माण गरेको जनाएको हो ।
एलईटी एडभान्स नेटवर्क नाम दिईएको यो नेटवर्क पछिल्लो 4G भन्दा दुई गुणा र 3G भन्दा १० गुणा बढि द्रुत गतिमा डाटा ट्रान्सफर गर्न सक्षम रहेको बताईएको छ ।
यस अर्थमा यो नेकवर्कबाट ८ सय MB को एउटा सिङ्गो फिल्म केवल ४३ सेकेन्डमा डाउनलोड हुनेछ ।
निर्माता कम्पनिले यो नेकवर्क हाललाई दक्षिण कोरियाको राजधानी सोल लगायत ४४ शहरमा बिस्तार गरिसकेको छ ।
यसलाई बिश्वका अन्य देशमा पनि बिस्तार गर्दै लैजानेको कम्पनिको योजना छ ।हाललाई यो नेकवर्क सामसुङ ग्यालेक्सी एस फोरका प्रयोगकर्ताले मात्र उपभोग गर्न पाउनेछन ।

टेलिकमले यो बर्ष (२०१३) को अन्त्य सम्ममा यो नेटवर्कमा आधारित अन्य ६ नयाँ स्मार्टफोन डिभाईस ल्याउने बताएको छ । हाल बजारमा उपलब्ध अन्य स्मार्टफोनमा यो नेटवर्क सञ्चालनको सुबिधा छैन ।

Wednesday, June 26, 2013

मोबाइल चोरी हुदा पनि डर नहुने

आजभोली मोवाईल हरायो भने हराको हराई हुन्छ किनभने, चोरले वा पाउने मानिसले त्यसमा रहेको सिम फालेर अर्को सिम राखेर मजाले चलाउन सक्छ । विदेशमा भने त्यसो हुँदैन । त्यो मोवाईमा अर्को सिम राखे पनि चल्दै चल्दैन । नेपालमा पनि अब त्यस्तो ब्यवस्था हुन लागेको छ । मोवाईलको नियमक संस्था दुरसन्चार प्राधिकरणले मोवाईल फोनको सिमाकार्ड बेच्दा सेबटको नम्बर समेत दर्ता गर्न निदेर्शशन दिईसकेको छ ।
सेटको नम्बर भनेको आईएमईआई नम्बर हो । यो भनेको मोवाईल नम्बर जस्तै यूनिक हुन्छ । आईएमईआई नम्बर पत्ता लगाउन स्टार ह्यास ०६ ह्यास थिच्नुपर्छ
नेपालमा मुख्य मोवाईल सेवा प्रदायक कम्पनी मध्ये एनसेलसित यो सिस्टम पहिले नै छ । नेपाल टेलिकमले भने अहिले ल्याउन लागेको छ ।
त्यसो भए अब भविष्यमा तपाईको मोवाईल हरायो भने पाउने ब्यक्तिले वा चारेले यदि पैसा दिने भए तपाईको मावाईल ल्याईदिन्छु नभए फ्याकिदिन्छु भन्न बेर लाउने छैन ।
सेटको नम्बर भनेको आईएमईआई नम्बर हो । यो भनेको मोवाईल नम्बर जस्तै यूनिक हुन्छ । आईएमईआई नम्बर पत्ता लगाउन स्टार ह्यास ०६ ह्यास थिच्नुपर्छ
नेपालमा मुख्य मोवाईल सेवा प्रदायक कम्पनी मध्ये एनसेलसित यो सिस्टम पहिले नै छ । नेपाल टेलिकमले भने अहिले ल्याउन लागेको छ ।
त्यसो भए अब भविष्यमा तपाईको मोवाईल हरायो भने पाउने ब्यक्तिले वा चारेले यदि पैसा दिने भए तपाईको मावाईल ल्याईदिन्छु नभए फ्याकिदिन्छु भन्न बेर लाउने छैन ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center