हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, October 27, 2013

फेसबुक विज्ञापनबाट २ करोड बाहिरियो

११ कात्तिक, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल ‘फेसबुक’लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन् । आफ्नो र निर्वाच्न लक्षित अन्य पेजहरुमा उनले विज्ञापन गरिरहेका छन् । युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाई छ ।

एमाले नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोगगरेको बताउँछन् ।

सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका नेतासहित सानाठूला सबै दलका उम्मेदवारहरुमा आक्रामक रुपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको नागरिक दैनिकमा खबर छ ।

कांग्रेसका रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, नरहरि आचार्यदेखि एमालेका ईश्वर पोखरेल, नारायण मरासिनी, योगेश भट्टराई, एकीकृत माओवादीका हिमाल शर्मा र राप्रपा नेपालका कमल थापा, भरत जंगमसम्मले फेसबुकमा विज्ञापन गरेका छन् ।

चुनावी प्रचार निम्ति भित्ता रंगाएर सहर कुरुप पार्नुभन्दा अत्याधुनिक प्रविधि रोज्नुलाई धेरैले रुचाए पनि यसबाट ठूलो रकम अवैधानिक रुपमा बाहिरिएको छ ।

फेसबुकमा गरिने विज्ञापनको पैसा ‘पेपाल’ वा अन्तर्राष्ट्रिय क्रेडिट कार्डमार्फत बुझाउनुपर्छ । दुवै नभएका नेताहरुले विदेशमा रहेका साथीभाइबाट चन्दा उठाएर विज्ञापन गरेको बताउँछन् । थापा र अधिकारी दुवैले आफ्नो पेपाल र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड नभए पनि विदेशमा रहेका शुभेच्छुकहरुमार्फत विज्ञापन गराएको जानकारी दिए ।

पेपाल अकाउन्ट र फेसबुक विज्ञापनमा पारमर्श दिने आउटसोर्सिङ व्यवसायी जीवन तामाङका अनुसार हालसम्म ५० भन्दा बढी उम्मेदवारले ६ लाख रुपैइाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च गरिसकेका छन् । पछिल्लो समय व्यक्तिगत पेजमा पनि चुनावी विज्ञापन गर्ने चलन बढेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने नेपाली रकम घुमाउरो बाटो विदेश पुर्‍याउन अवैधानिक भएको बताए ।

दुई करोड बाहिरियो

संविधानसभा निर्वाचनमा उम्मेदवारको चुनावी विज्ञापन पछिल्लो समय देखिएको ट्रेन्ड मात्र हो । फेसबुकमा पैसा तिरेर विज्ञापन गर्ने चलन व्यवसायिक क्षेत्रमा पनि उत्तिकै बढेको छ । जति यो ट्रेन्ड बढ्दो छ, फेसबुक विज्ञापनमार्फत विदेशिने रकम पनि उति बढ्दै छ ।

आउटसोर्सिङ व्यवसायीहरुका अनुसार नेपालबाट हालसम्म २ करोड रुपैयाँ भन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च भइसकेको छ । करिब १ हजार ६ सयजनाले फेसबुकमा विज्ञापन गरिरहेको उनीहरुले बताउँछन् । फेसबुकमा सशुल्कदेखि निःशुल्क विज्ञापनको सुविधासम्म छ । विज्ञापन शुल्क कम्तीमा १० डलरबाट सुरु हुन्छ । विभिन्न प्याकेजअन्तर्गत महिनाको ५० देखि ४ सय डलरसम्मका विज्ञापन गर्न पाइन्छ ।

Saturday, October 26, 2013

माघबाट मेसिनले पढ्ने चेक

काठमाडौं( राष्ट्र बैंकले असोज मसान्तभित्र मेसिनले स्वचालित रुपमै पढ्न सक्ने चेक प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनको समय तीन महिना थप गरेको छ। असोजभित्र बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन नसकेपछि पुस मसान्तसम्मको समय दिइएको हो। समयमै चेक राफसाफ गर्नका लागि राष्ट्र बैंकले सामान्य चेक प्रचलनबाट हटाएर मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन लागेको हो। सामान्य चेक प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले असारपछि म्याग्नेटिक इन क्यारेक्टर रिडर ९एमआइसिआर० चेक प्रयोगमा ल्याउनु पर्ने हुन्छ।
नयाँ प्रविधिको चेक स्क्यान गर्नेबित्तिकै मेसिनले सबै तथ्यांक पढ्ने छ। मानिसले आफ्नो हातले टिप्नुपर्ने तथ्यांक मेसिनले पढिदिने भएकाले गल्ती हुने सम्भावना निकै कम हुन्छ। यसबाट तुरुन्तै चेक राफसाफ भएर समयको पनि बचत हुने छ।
एमआइसिआर चेक अहिलेसम्म लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्डलगायत मुस्किलले एक दर्जन बैंकले मात्र प्रयोगमा ल्याएका छन्। विकास बैंक र फाइनान्स कम्पनीले अझै पनि प्रयोगमा ल्याउन सकेका छैनन्। त्यही भएर राष्ट्र बैंकले तीन महिना समय थपिदिएको हो।
विद्युतीय प्रविधिमार्फत चेक राफसाफ गर्ने सेवा सुरु भइसकेकाले एमआइसिआर चेक आवश्यक पर्छ। अहिले मानव संशाधन प्रयोग गरी सामान्य चेकका तथ्यांक प्रणाली ९बैंकको सिस्टम०मा टिप्ने काम भइरहेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसिएचएल० बाट विद्युतीय प्रणालीमार्फत चेकको राफसाफ सेवा सुरु भइसकेको छ।
एमआइसिआर चेकमा बैंक तथा वित्तीय संस्थाको शाखा ठेगाना, ग्राहकको नाम, ठेगाना र खाता नम्बर मेसिनले आफैं पढ्ने छ। ग्राहकले मितिसहित हस्ताक्षर र रकम पछाडि भर्ने भएकाले यसलाई भने पढ्न सक्दैन। रकम कर्मचारीले प्रणालीमा अद्यावधिक गर्नु पर्छ।
बैंक तथा वित्तीय संस्थाले यस्तो चेक छाप्न थालिसकेका छन्। सामान्य चेकको भन्दा एमआइसिआरको मूल्य महँगो पर्छ। महँगो भएको कारण यस्तो चेक प्रयोगमा ल्याएका बैंकहरुले केन्द्रीय कार्यालयमार्फत चेक जारी गर्ने छन्। शाखाबाट चेक चाहनेले मागेको केही दिनपछि मात्र पाउने गरेका छन्।
मेसिनले अधिकांश तथ्यांक पढिदिने भएकाले चेक राफसाफ गर्न सजिलो हुन्छ। साधारण चेकमा विद्युतीय प्रणालीबाट पढ्न सक्ने गरी ९एटिएम कार्डमा जस्तै० एउटा कालो लाइन कोरिएको हुन्छ। यो लाइनमा ग्राहकको विवरण र चेक जारी भएको शाखाको नाम उल्लेख हुन्छ।
अहिले एउटा चेकको सबै विवरण प्रणालीमा अद्यावधिक गर्न कम्तीमा ६ मिनेट लाग्छ। यो चेकबाट सुरु भएपछि डेढ मिनेटमा चेकको विवरण प्रणालीमा पुग्ने छ। अहिले विद्युतीय प्रविधिमार्फत बैंक तथा वित्तीय संस्थाको दैनिक १२ हजार ५ सयभन्दा बढी चेक राफसाफ हुन्छन्। विद्युतीय प्रविधिबाट चेक राफसाफ गर्न एनसिएचएलको सदस्यता लिनुपर्छ।
एनसिएचएलमा ३२ वटै वाणिज्य बैंकसहित सयभन्दा बढी वित्तीय संस्था सदस्य भएका छन्। अहिले काठमाडौं, वीरगन्ज र विराटनगरबाट चेकको विद्युतीय प्रणालीबाट राफसाफ सेवा सञ्चालनमा छ। वैशाखसम्म नेपालगन्ज, पोखरा, जनकपुरलगायतका ठाउँबाट पनि चेक राफसाफ सुरु हुने छ।
अहिले काठमाडौं, वीरगन्ज र विराटनगरबाहेक बाँकी स्थानमा राष्ट्र बैंकले मानव संशाधनमार्फत चेक राफसाफ गर्दै आएको छ। विद्युतीय प्रविधिबाट एकै दिनमा चेकको राफसाफ हुने गर्छ। यसअघि चेकको राफसाफ हुन तीन दिन लाग्थ्यो।

Friday, October 25, 2013

एप्पलपछि एचटीसीको फिङ्गर प्रिन्ट मोबाइल

बेइजिङ( स्मार्टफोन र ट्याब्लेटको बजारमा जमेको कम्पनी एचटीसीले आफ्नो नयाँ फोन म्याक्स लन्च गरेको छ। फोनमा एप्पलको ुआइफोन ५ एसुजस्तै फिङ्गर प्रिन्ट्स छ। यसको स्क्रिन ५।९ इन्च लामो छ।
चीनमा पत्रकार सम्मेलन गरेर यो नयाँ फोन ुवन म्याक्सुको सार्वजनिक गर्ने भनिए पनि लन्च हुनुपूर्व इन्टरनेटमा समाचार आएपछि कम्पनीले निर्धारित समयभन्दा एक दिन अगाडि नै फोन सार्वजनिक गरेको थियो।

सेप्टेम्बरमा एप्पलले आइफोन ५ एस फिङ्गर प्रिन्ट मोबाइल ल्याएको थियो। वान म्याक्स एन्ड्रोइड फोनमा पहिलो फिङ्गर प्रिन्ट मोबाइल भएको छ। स्मार्टफोनको बजारमा आक्रमकरुपमा आइरहेको यो ताइवानी कम्पनी पहिलो पटक घाटामा गएको बताइएको छ।

जुलाइदेखि सेप्टेम्बरसम्म आइपुग्दा एचटीसी दस करोड डलर नोक्सानमा भएको बीबीसीले जनाएको छ।

एचटीसीको यो नयाँ फोनमा उसका अन्य फोनभन्दा ब्याट्रीले लामो समय काम गर्नेछ।

नोकियाले ल्यायो फेब्लेट र ट्याब्लेट

अवुधवी( नोकियाले आफ्नो पहिलो फेब्लेट अर्थात् ठूलो स्क्रिन भएको फोन र ट्याब्लेट कम्प्युटर लन्च गरेको छ। नोकियाको नयाँ ट्याब्लेट विण्डोज आरटीमा चार जीबीको डाटा चिप्स रहने छ। माइक्रोसफ्टको हालै लन्च भएको सरफेसभन्दा यो शक्तिशाली हो।
माइक्रोसफ्टले केही समयपहिला नोकिया कम्पनीको मोबाइल सेगमेन्ट ५।४ अरब युरोमा किन्ने घोषणा गरेको थियो। बिक्रीको पूरा प्रक्रिया २०१४ को सुरुवातसम्म पूरा हुने बताइएको छ। मोबाइल, ह्याण्ड सेट तथा ट्याब्लेटको बजारमा माइक्रोसफ्टको विस्तार बढ्दै गए पनि यसको गति भने ढिलो छ। नोकियाको नयाँ ट्याब्लेटले बजारका अन्य ट्याब्लेटलाई च्यालेन्ज गर्न सक्ने बताइएको छ।

नोकियाले ल्याएका दुई फेब्लेट्स लुमिया सिरिजमा नै छन्। लुमिया १५२० र लुमिया १३२० को डिस्प्ले ६ इन्च रहेको छ। यसको अलवा यसमा बीमर र रिफोकस दुई एप्स पनि छन्। लुमिया २५२० एकमात्र विण्डोज आरटी ट्यावलेट हो जुन माइक्रोसफ्टले बनाएको होइन। अपरेटिङ सिस्टम एआरएम आधारित चिप अनुसार काम गर्ने छ, जसको ब्याट्री लाइफ राम्रो रहेको कम्पनीको दावी छ। यो विण्डोज ८ अपरेटिङ सिस्टममा आधारित छ।


Sunday, October 20, 2013

फेसबुकले हटायो किशोर-किशोरी माथिको बन्देज

विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले १८ वर्ष भन्दा मुनिका किशोर किशोरीका लागि फेसबुक प्रयोगमा लगाउँदै आएको सिमित बन्देज फुकुवा गरेको छ ।

यो बन्देज हटेसँगै अब सबै उमेरका किशोर किशोरीले अब आफैले आफ्नो फेसबुक पेजको सेटिङ परिवर्तन गर्न सक्नुका साथै विभिन्न जानकारी तथा सामाग्रीहरु सार्वजनिक रुपमा शेयर समेत गर्न पाउनेछन् । यसअघि सम्म १८ वर्ष मुनिका फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरुले फेसबुकमा गरेका पोष्टहरु उनीहरुका साथी वा साथीका साथीले मात्र हेर्न पाउँथे तर साथीको वृत्त बाहिरका अरु प्रयोगकर्ताले हेर्न पाउँदैनथे ।



आफ्नो पछिल्लो परिवर्तनको बारेमा जानकारी गराउँदै फेसबुकले किशोर वर्ग सामाजिक संजाल प्रयोग गर्ने सबैभन्दा जानकार वर्ग रहेको र नागरिक सहभागिता, अभियान, विचार तथा अन्य चासोका विषयहरुमा आफ्ना मत पनि सबै मान्छेले हेर्न पाउन् भन्ने सोँच किशोर किशोरीमा हुने भएकाले यस्तो निर्णय गरेको बताएको छ ।

यद्यपि अहिले फेसबुकमा पब्लिक पोष्ट गर्ने किशोर किशोरीको संख्या उल्लेख्य नभएको भएपनि पछिल्लो परिवर्तनले किशोर किशोरीहरुमा छनोटको अवसरमा वृद्धि भएको र उनीहरुले आफ्ना सामाग्रीहरु सामाजिक संजालमा बढि भन्दा बढि शेयर गर्न सक्ने फेसबुकको दाबी छ ।

स्नाप च्याट, ह्वाट्स एप जस्ता नयाँ सोसल मिडियाहरु किशोर किशोरीबीच लोकप्रिय बन्दै गएपछि फेसबुकले यस्तो रणनीति अख्तियार गरेको हो ।

फेसबुकका अनुसार किशोर किशोरीले आफ्ना सामाग्रीहरु सार्वजनिक रुपमा फेसबुकमा पोष्ट गर्ने क्रममा केही पटक उनीहरुलाई ‘यो सामाग्री सबै जनाले हेर्न सक्छन् है’ भन्ने खालको सचेतनामूलक तथा जानकारीमूलक सन्देश दिइनेछ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center