हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, August 26, 2013

माइक्रोम्याक्सले ल्यायो सबैभन्दा ठुलो फोन…

भाद्र १०, माइक्रोम्याक्सले आफ्नो नयाँ मोबाइल डूडल 2 ए 240 लन्च गरेको छ । कम्पनीको यो फोन अहिले सम्मकै सबैभन्दा ठुलो मोबाइल हो । माइक्रोम्याक्स युवाहरूमा अहिले निकै मनपर्ने मोवाइल बनिसकेको छ । माइक्रोम्याक्सले क्यानभास डूडल 2 ए 240 को अनलाइन ब्रिकी पनि शुरू गरिसकेको छ । Micromax-Canvas-Doodle-2-A240
माइक्रोम्याक्सको यस फोनमा 5.7 इन्चको 1280 x 720 पिक्सेल को स्क्रीन रहेको छ । यो स्क्रीनमा एचडी र आईपीएस डिस्प्ले सहितको छ । यसमा 1.2 गीगाहर्ट्ज कोर प्रोससेर रहेको छ । यो एन्ड्रोइड 4.2 जेलीबिनमा रन हुन्छ ।
माइक्रोम्याक्सको यो फोन 12 मेगापिक्सेलको क्यामरा ड्यू ल एलईडी फ्ल्याशका साथमा रहेको छ । फ्रन्टमा 5 मेगापिक्सेलको क्यामरा रहेको छ । यसमा 2600 एमएएच को ब्याटरी लगाइएको छ । यस फोनमा जीएसएम ड्यूल सिम रहेको छ । 12 जीबी को इन्टरनल मेमोरी, जसले 32 जीबी सम्मको माइक्रोकार्ड एसडी राखि बढाउन सकिन्छ । यस फोनमा 3G, WiFi 802.11 b/g/n, Bluetooth, GPS/A-GPS जस्ता बिशेषताहरू पनि छन । यस फोनको मूल्य करीब ३६,००० रूपैयाँ रहेको बताइएको छ ।

Sunday, August 25, 2013

इन्टरनेट प्रयोगकर्तामा भारतले पछार्यो जापानलाई

internet-userविश्वमा स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा स्थापित भैसकेको भारत इन्टरनेट प्रयोगकर्ताको संख्याको आधारमा पनि तेश्रो नम्बरमा उक्लिएको छ । कम स्कोर नामक संस्थाको पछिल्लो रिपोर्ट अनुसार जापानलाई पछि पार्दै भारत बढि इन्टरनेट प्रयोगकर्ता भएका मुलुकमध्ये तेश्रो स्थानमा चढेको हो । इन्टरनेट प्रयोगकर्ताको संख्याको हिसाबले चीन पहिलो र अमेरिका दोश्रो स्थानमा रहेको छ ।
इण्डिय डिजिटल फ्युटर इन फोकस २०१३ नामक प्रतिवेदन अनुसार भारतमा अहिले ७ करोड ३९ लाख मानिसले घर वा कार्यालयमा अनलाइन सेवाको उपभोग गरिररहेका छन् । भारतमा इन्टरनेट प्रयोगकर्ताको वाषिर्क वृद्धिदर ३१ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । एसिया प्रशान्त क्षेत्रका ६४ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ता मध्ये चिनियाहरुले ५४ प्रतिशत ओगटेका छन् । भारतले ११.५, जापानले ११.४, दक्षिण पूर्वी एसियाले ९.६ र एसिया प्रशान्त मुलुकका अन्य देशले समग्रमा १३.५ प्रतिशत हिस्सा ओगटेका छन् ।
तथ्यांक अनुसार युवा इन्टरनेट प्रयोगकर्तामा भारत एक नम्बरमा छ । भारतका इन्टरनेट प्रयोगकर्ता मध्ये ७५ प्रतिशत ३५ वर्षमुनिका छन् । त्यस्तै भारतको हकमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ३९ प्रतिशत महिला रहेका छन् ।
विश्वमा इन्टरनेट प्रयोगमा लैंगिक अनुपातको हिसाबलेे रुस अग्रस्थानमा छ । रुसमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ५२ प्रतिशत महिला छन् । यस्तो संख्या ब्राजिलमा ४९, चीनमा ४५ प्रतिशत रहेको छ ।

एनसेलको चाडपर्व उपहार योजना ‘नगदमा गदगद’

Ncell-tower९ भदौ, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर पारी ‘नगदमा गद्गद’ नामक नयाँ उपहार योजना ल्याएको छ । चाडपर्वमा ग्राहकहरुलाई आकर्षक उपहारसहित उत्कृष्ट नेटवर्क र स्तरिय सेवा प्रदान गरेर थप खुशियाली प्रदान गर्न नयाँ उपहार योजना ल्याएको कम्पनीले जनाएको छ । योजना भदौ १० गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।
प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५० रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर प्राप्त गर्नेछन् ।
एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन शर्माले बताउनुभयो ।

Saturday, August 24, 2013

विन्डोज 8 सजिलै ह्याक हुन सक्दछः जर्मनी

इन्फर्मेशन सिक्यूरिटी का लागी जर्मनीको फेडरल अफिस (बीएसआई) ले आफ्नो वेबसाइट मार्फत विन्डोज 8 लाइ ह्याकरहरूले सजिलै ह्याक गर्न सक्ने जनाएको छ ।
बीएसआईले यसका साथै सरकारी एजेन्सिहरू तथा अन्य महत्वपूर्ण विभागहरूसंग जोडिएका अपरेटर्सलाइ यस्ता कुनैपनि सम्भावित खतरामाथि विशेष ध्यान दिन पनि भनेको छ । यो चेतावनी अमेरिकी सर्भिलान्स प्रोग्राम्ससंग जोडिएको महत्वपूर्ण जानकारिहरू लीक भएका कारण नागरिकहरूमा भड्किएको आक्रोसका बिचमा प्रकाशमा आएको छ । स्मरणीय छ कि जर्मन सरकारका लागी यी घटनाहरू एक ठुलो टाउको दुखाइ बनेको छ ।  Windows
बीएसआई का अनुसार यो समस्या ट्रस्टेड प्लेटफर्म मोड्यूल वा टीपीएम 2.0 नामको एक कम्प्यूटर चिपको प्रयोगका कारण उत्पन्न हुन्छ । यस चिपलाइ विन्डोज 8 का कम्प्यूटरहरूमा प्रयोग गरिएको छ । यस चिप लगाउनुको उद्देश्य बिभिन्न प्रकारका सेक्यूरिटी सम्बन्धी खतराहरूबाट कम्प्यूटरहरूलाइ बचाउनु रहेको छ । तर बीएसआई यस कुरालाइ संयोग मान्दैन । उसले विन्डोज 8 र टीपीएम 2.0 चिप्स एक साथ इम्प्लिमेन्टेशन, ले बिभिन्न प्रविधिक कमजोरीहरू उत्पन्न गर्ने जनाउँदै यसका कारणले यूजरको कम्प्यूटरमा पूरा कन्ट्रोल गुम्दछ । यसको मतलब यस्ता कम्प्यूटरहरूलाइ सजिलै ह्याक गर्न सकिने जनाइएको छ ।
उता माइक्रोसफ्टले भने बीएसआई को उक्त स्टेटमेन्टमा कमेन्ट गर्न अस्विकार गरेको छ । उसले भनेको छ कि कम्प्यूटर बनाउने कम्पनिहरूसंग टीपीएम टेक्नोलजीलाइ डिजेबल गर्ने अप्सन पनि हुने गर्दछ, र यसलाइ ग्राहकले सजिलै आवश्यकता अनुसार इनेबल वा डिजेबल गर्न सक्दछन ।

विन्डोज फोनमा युट्युब ब्लक!

विन्डोज फोनको युट्युव एपको विषयमा गुगल र माइक्रोसफ्टबीच विवाद चुलिएको छ। सेवा सर्तको उल्लङ्घन गरेको बताउँदै गूगलले विन्डोज फोनमा युटयुव एप ब्लक गरेपछि विवाद बढेको हो। गुगलले माइक्रोसफटसँग यो एपको लागि ुएचटीएमएल फाइभु कोड भाषाको प्रयोग गर्ने बताको थियो। तर पछि माइक्रोसफ्टले यो सर्त पूरा गरेन।
   
माइक्रोसफ्टले भने जानीजानी गुगलले विन्डोज फोनमा एप ब्लक गरेको आरोप लगाएको छ। ुद लिमिट्स अफ गुगल ओपननेसु अर्थात ुगुगलको खुलापनको सीमाु शीर्षकको ब्लग पोष्टमा माइक्रोसफ्टका वकील डेविड हावर्डले युटुव सेवा पुन सुरु गर्न आग्रह गरेका छन्।

डेविड हावर्डले गुगलको आपत्ति नमिल्दो भएको बताए। ुगुगलले सेवा बन्द गर्ने निर्णय जानिजानी गरेको हो ताकी हाम्रा उपभोक्ता अन्य तर्फ जाउनु हावर्डले लेखेका छन्( ुगुगललाई यो थहा छ कि हामी यो समस्या सुल्झाउन सक्दैनौ।ु

युटुवका सबै फिचर्सको लागी माइक्रोसफ्टले ब्राउजर अपग्रेड नगरेको गुगलले बताएको छ। अपग्रेड नगरी युटुव एप दोस्रो पटक रिलिज गर्नु सेवा सर्तको उल्लंघन भएको गुगलको दाबी छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center