हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 21, 2013

गोल्डन कलरको हुनेछ नयाँ आईफोन?

१० सेप्टेम्बर आउन अझै धेरै दिन बाँकी छ, तर टेक्नोलोजीको संसारमा को पर्खन सक्दछन र । यसै दिन एप्पलको नयाँ आईफोन लञ्च गर्ने अनुमान गरिएको छ । साथै आईफोन 5 को सस्तो भर्जन आईफोन 5C पनि आउन सक्नेछ ।golden
तर लेटेस्ट आईफोन 5S कस्तो हुनेछ, भेर विभिन्न अनुमानहरू गरिएका छन । सबैभन्दा धेरै सम्भावना भने यो कुराको गरिएको छ कि नयाँ आईफोनमा गोल्ड प्लेटेड बडी हुन सक्नेछ, यस स्टाइलमा एक नयाँ हाई पोइन्ट दिनेछ । यसको सम्भावना भएका केही तश्विरहरू इन्टरनेटमा अहिले लिक भैरहेका छन ।   यस बाहेक अहिले यो कुरा पनि मानिसहरूले बताइरहेका छन कि यसमा 128 जीबी को मेमोरी पनि आउन सक्नेछ । अहिले सम्म आईफोनको फरक-फरक मोडलमा 8, 16, 32 वा 64 जीबीको मेमोरी रहेको छ।
अर्को सम्भावना के बताइएको छ भने यसको प्रोसेसर पहिले भन्दा २० प्रतिशत धेरै फास्ट हुनेछ । आईफोन 5C लाइ लिएर अनुमान यो पनि छ कि यो एशियाली र ल्याटिन अमेरिकी देशहरूलाइ टार्गेट गर्दै कम प्राइस ट्यागमा आउनेछ।

सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)

सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छरु अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। एशियाली बजामा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च गर्ने चर्चा छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ।

कस्ता छन् फिचररु
आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ। डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

Monday, August 19, 2013

अब टेलिफोनका नम्बर परिवर्तन हुने

talking on phone४ भदौ, काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने भएको छ । सोका लागि प्राधिकरणले नयाँ राष्ट्रिय नम्बरिङ योजनाको तयारी थालेको छ ।
प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बरलाई समयानुकुल परिवर्तन गर्न र व्यवस्थित पार्न नयाँ योजनाको तयारी थालेको हो । त्यसका लागि योजनाको मस्यौदासमेत तयार पारिसकिएको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिएको अभियान दैनिकमा खबर छ । ‘नम्बरिङ योजनाको मस्यौदा तयार पार्न गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ,’ उनले भने, ‘छलफल र अन्तरक्रियाबाट मस्यौदालाई अन्तिमरुप दिई चालू आर्थिक बर्षबाटै यो योजना लागू गरिनेछ ।’
प्राधिकरणले ३ बर्ष अघिदेखि नै यस्तो योजनाको तयारी थाले पनि त्यसले पूर्णता पाउन सकेको छैन् ।

९० सेकेण्डमा १ लाख स्मार्टफोन बिक्यो !

एक रिपोर्टमा जनाइए अनुसार एक चाइनीज कम्पनीको स्मार्टफोन १ लाख यूनिट्स मात्र ९० सेकेण्ड भित्र बिक्री भएर नयाँ रेकर्ड बनाएको छ ।  होङमी नामको उक्त स्मार्टफोन बनाउने कम्पनी शाओमी ले बताए अनुसार करीब ७५ लाख डिभाइस अहिले पनि रिजर्भमा राखिएको छ । साथै कम्पनीले अझै धेरै संख्यामा उक्त डिभाइसहरू बनाइरहेको बताइएको छ । किन भने यी सबै बिक्ने  विश्वास कम्पनीले लिएको बताइन्छ ।china-smartphone
होङमी शब्दको अर्थ रेड राइस हुने गर्दछ, इन्डिपेन्डेन्ट रिपोर्ट्समा जनाइए अनुसार यसको मूल्य ८३ पाउण्ड (नेपाली रूपैया करिब १३ हजार रूपैया) रहेको छ । यस स्मार्टफोनमा 4.7 इन्चको स्क्रीन छ भने 720×1280 पिक्सेल रेजूल्युसन, 1.5 गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर रहेको बताइएको छ ।
उक्त फोनमा 1 जीबी र्याम छ भने 4 जीबीको इन्टरनल मेमोरी रहेको छ । यद्दपी स्टोरेजलाइ माइक्रो-एसडी कार्ड मार्फत 32 जीबी सम्म बढाउन सकिन्छ । फोनमा पछाडि पट्टि 8 मेगापिक्सेल र अगाडी पट्टी 1.3 मेगापिक्सेलको क्यामरा रहेको छ ।
मुख्य कुरा यो डिभाइसलाइ चीन बाहिर प्रयोग गर्न सकिँदैन । किनभने यसले TD-SCDMA 3G लाइ मात्र सपोर्ट गर्दछ ।
 चीनको पूरै स्मार्टफोन बजारमा शाओमीको ५ प्रतिशत हिस्सा रहेको छ । तर कम्पनीले यस बर्षको अन्तसम्ममा बजारमा २ करोड  स्मार्टफोन बेच्ने योजना बनाइरहेको छ ।

अब कम्पूटर बाट नै रिर्चाज गर्नुहोस्

नेपाल टेलिकमले सीडीएमए प्रिपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।

टेलिकमको वेबसाइट एनटिसी डट नेट डट एनपी खोलेपछि सिडिएमए रिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ।

यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ। नेपालमा वेबसाइटबाटै मोबाइलमा रिचार्ज गर्न मिल्ने यो पहिलो सुविधा हो।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center