हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 8, 2013

''अनलाइनबाट राहदानी आवेदनका लागि गृहकार्य वैदेशिक रोजगारीमा रहेकालाई सजिलो''

''परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई राहत पुग्ने छ ।''
सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो । ‘अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने छन्,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘यसबाट दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुनेछन् ।’''

अनलाइनबाट राहदानी आवदेन गर्न मिल्ने प्रणाली विकासका लागि भने बजेटमा रकमको ब्यबस्था गरिएको छैन । तर, सरकारले चाहे त्यसका लागि आवश्यक रकम जुनसुकै बेला जुटाउन सक्ने मन्त्रालयको विश्वास छ । अहिले राहदानीको म्याद सकिएको वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित देशको नेपाली दुतावासमा फारम भरेर बुझाउनु पर्छ । दुतावासले ‘डिप्लोम्याटिक मेल’ (कुटनीतिज्ञका लागि ब्यबस्था गरिएको एक प्रकारको हुलाक सेवा जसमा भएका सामाग्रीलाई कसैले जाँच्न वा खानतलासी गर्न मिल्दैन) बाट राहदानीको आवेदन विभागमा पठाउँछ । त्यसपछि विभागले राहदानी बनाएर पुनः डिप्लोमेटिक मेलमार्फत राहदानी सम्बन्धित देशको नेपाली दुतावासमा पठाउँछ । यसो गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले राहदानी पाउन ३ महिनासम्म कुर्नुपर्छ ।''
त्यस्तै नेपालका ७५ जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आवेदन फारम संकलन हुन्छ । ती आवेदन फारम हुलाकमार्फत विभाग आइपुग्छ । यो प्रक्रियामा पनि सर्वसाधारणले राहदानी पाउन ठाउँ हेरेर ३ महिनासम्म कुर्नु पर्छ । स्वदेश तथा विदेशबाट आएका राहदानी फारममा त्रुटी भए त्यस्ता फारम फिर्ता पठाइन्छ । त्यसले सेवाग्राही थप समस्यामा छन् ।
विभागले अनलाइनबाट राहदानी आवेदन गर्न पाउने ब्यबस्था भएपछि सेवाग्राहीलाई सजिलो हुने बताएको छ । ‘राहदानी आवेदन फारम भर्नसाथ अनलाइन उपलब्ध हुन्छ,’ महानिर्देशक खनालले भने, ‘त्यसबाट आवेदन हुलाक वा डिप्लोम्याटिक मेलबाट पठाउूदा लाग्ने समय बचत हुन्छ ।’ 'अनलाइनबाट आवेदन गर्न मिल्ने ब्यबस्था स्वदेश र विदेशमा चरणबद्ध रुपमा हुनसक्ने विभागका अधिकारीहरू बताउूछन् । तर विभागले कहिलेदेखि अनलाइनबाट आवेदन गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन ।'
राहदानीका लागि खासगरि क्यानडा र अमेरिकामा रहेका नेपाली अत्याधिक समस्यामा छन् । राहदानी आवेदनका लागि ‘ए फोर साइज’ को फारम भर्नुपर्छ । तर अमेरिकामा ‘ए फोर साइज’ को पेपर प्रयोगमा छैन । ‘अमेरिका र क्यानडामा लेटर साइजको कागज प्रयोग हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर हाम्रो राहदानी बनाउने उपकरणले लेटर साइजमा भरेको फारम चिन्दैन ।’ उनले राहदानी अमेरिकास्थित नेपाली नियोग र नेपालीका लागि टाउको दुःखाइको विषय बनेको बताए । ‘हामीले नियोग कार्यालयमै ए फोर साइजको कागजमा फारम पि्रन्ट गरि हुलाकमार्फत सम्बन्धित आवेदकलाई फारम पठाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सेवाग्राहीले फारमवापत मात्र थप करिब ४० अमेरिकी डलर (करिब ३ हजार ९ सय रुपैयाँ) आर्थिक भार वहन गर्नुपर्छ भने फारम वितरणकै लागि दुई जना कर्मचारी खट्नुपर्छ ।’
हाल राहदानी निर्माण गर्ने जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी ओवर्थर टेक्नोलोजिजले भने राहदानी बनाउने उपकरणमा ‘कस्टमाइज्ड सफ्टवयर’ भएका कारण ‘लेटर साइज’ कागजमा तत्काल आवेदन फारम लिन नसक्ने विभागलाई जनाउूदै आएको छ । उसले नेपाल सरकारकै निर्णय अनुसार ए फोर साइजमा मात्र आवेदन लिन मिल्ने गरि सफ्टवयर बनाइएको र त्यसलाई परिवर्तन गर्न समय र पैसा लाग्ने पनि विभागलाई जनाउूदै आएको छ ।' अनलाइनबाट आवदेन फारम भर्न मिल्ने ब्यबस्था भएपछि अमेरिका र क्यानडाका नागरिकले राहत पाउने विभागको विश्वास छ । तर अनलाइन आवेदनका लागि दुतावासमै पुग्नुपर्ने अबस्था भए त्यसबाट दुतावासबाट धेरै टाढा रहेका नेपालीहरु थप आर्थिक भारमा पर्नेछन् ।

अब Youtube बाट सजिलै संग भिडियो लाउन्लोड गर्नुहोस्



तपाईले Youtube बाट भिडियो डाउन्लोड गर्नको लागि यहाँ क्लिक गनुहोस् क्लिक गरिसक्नुभएपछि त्यहाँ Downlode Now लेखेको देख्नुहुनेछ र तपाईले त्यहाँ  क्लिक गर्नुहोस् क्लिक भएपछि Install Nowगर्नुहोस् र   Inatall Now भएपछि Restart गर्नुहोस् अब तपाईले Youtube बाट डाउन्लोड गर्न सक्नुहुन्छ धन्यवाद

विद्यार्थीका लागि माइक्रोसफ्टको नयाँ एप्लिकेसन

 नयाँ दिल्ली( विद्यार्थीका लागि माइक्रोसफ्टले नयाँ एप्लिकेसन लिएर आएको छ। माइक्रोसफ्टले उच्चमाध्यमिक स्कुलका विद्यार्थीका लागि ुअफिस ३६५ युनिभर्सिटीु नामको नयाँ ऐप्लिकेशन ल्याएको छ। माइक्रोसफ्टको यो एप्लिकेशन सेटमा वर्ड, पावर पोइन्ट, वननोट, एक्सल, आउटलुक र एक्सेसको लेटेस्ट भर्सन रहेको छ। जसले विद्यार्थीका लागि मद्धत गर्ने जनाइएको छ।

विद्यार्थीका लागि माइक्रोसफ्टको यो एप्लिकेशन सेट चार वर्षका लागि करिब ७ हजार रुपैयाँमा प्राप्त हुने बताइएको छ। कम्पनीले यो एप्लिकेसनले विद्यार्थीलाई उसको भविष्यलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको छ।
यसबारे माइक्रोसफ्ट भारतका जीएम रामकुमार पिचाइले यो एप्लिकेसन विश्वविद्यालयका विद्यार्थीका लागि महत्वपूर्ण भएको बताएका छन्। यो सोटको साथमा माइक्रोसफ्टले विशेष मागअनुसार थप २० जीबी प्रिमियम स्काइड्राइभ स्टोरेज पनि दिनेछ।

इन्टरनेटको क्षमता बढाउने एनसेलको तयारी

२४ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले डाटा सेवाको क्षमता वृद्धि गरी दोब्बर पुर्‍याउने भएको छ । अन्य कम्पनीका डाटा सेवासँग प्रतिस्पर्धा गर्न एनसेलले क्षमता वृद्धि गर्ने भएको हो । हाल ३.६ एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले स्पिड बढाएर ७.२ एबिपिएस पुर्‍याउने भएको छ ।
डाटा सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेलले गुणस्तर र क्षमता वृद्धिमा केन्दि्रत भएको हो । ‘हामीले छिट्टै्र डाटा सेवाको स्पिड बढाउने तयारीमा छौं’ कम्पनीका प्रवक्ता मिलनमणि शर्माले भन्नुभयो- ‘स्पिड बढाएपछि एनसेलको डाटामा ग्राहकहरुको क्रेज झनै बढ्नेछ ।’
एनसेलको डाटा सेवाको स्पिड उच्च भएका कारण प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको प्रवक्ता शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल टेलिकमले नयाँ बिटिएस प्रणाली राखेर जिपिआरएस सेवाको स्पिड बढाउन थालेपछि एनसेललाई प्रतिस्पर्धामा उत्रिन डाटा सेवाको स्पिड बढाउनुपर्ने नैतिक दबाब परेको छ ।
एनसेलको सेवा राम्रो भएपनि शुल्क महंगो रहेको सर्वसाधरणको गुनासो रहँदै आएको छ । तर, प्रवक्ता शर्मा भने एनसेलको भोल्यूम बेस्ड डाटा सेवाको शुल्क निकै न्यून रहेको बताउनुहुन्छ । १० जीबीको प्याकेज लिँदा ग्राहकलाई प्रति एमबी ट्याक्सबाहेक २९ रुपैयाँमात्र पर्ने उहाँले जानकारी दिनुभयो । ग्राहकले एनसेलको १० जीबीको प्याकेजलाई २९ सय रुपैयाँ तिर्नुपर्छ ।
प्याकेज नलिई लुजमा चलाउने ग्राहकलाई भने एनसेलको प्रतिएमबी डाटालाई ट्याक्सबाहेक ३ रुपैयाँसम्मपर्छ । शर्माले ग्राहकहरुलाई प्याकेजमा सेवा लिन सुझाव दिनुभयो । गुणस्तर सुधारलाई मूख्य प्राथमिकतामा राखेको एनसेलले विस्तारै शुल्क समेत घटाउने तयारीमा रहेको छ । नेपालीहरु गुणस्तरमात्र नहेरी शुल्कलाई समेत हेर्ने हुँदा एनसेललाई शुल्क घटाउन पनि बाध्यता पर्ने देखिन्छ ।
‘अहिले एनसेलको टावरले ९० प्रतिशत जनसंख्यालाई कभर गर्छ’ प्रवक्ता शर्माले भन्नुभयो- ‘हामी छिट्टै शत् प्रतिशत जनसंख्यालाई कभर गर्नेगरि सेवा विस्तार गर्दै छौं ।’ उहाँका अनुसार थोरै जनसंख्या भएको र जडान खर्च बढी लाग्ने ठाउँमा अहिले एनसेलको नेटवर्क उपलब्ध छैन ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center