हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 11, 2013

मोवाइलको ब्याट्री जोगाउने सरल उपाय

mobile-battery
मोबाइल तथा ट्याब्लेट, दैनिकीको आवश्यकता बनिसकेको छ। अध्ययन देखी मनोरञ्जन मात्र होइन दैनिकीमा आवश्यक पर्ने कम्प्युटरजन्य कामका लागि यीनै उपकरण प्रयोग हुन थालेका छन्। प्रयोगसँगै यी उपकरणका ब्याट्रीको ब्याकअप छिटो छिटो सकिएर हैरान पार्ने भएको छ।

मोबाइल तथा ट्याब्लेटमा इन्टरनेट र सामाजिक सञ्जाल जति सजिलै चलाउन सकिन्छ त्यति सजिलै ब्याट्री पनि सकिन्छ। जसले गर्दा ग्याजेटप्रेमीलाई हैरानी पनि मिलिरहेको छ। यसखालको हैरानीबाट जोगिनका लागि केही सरल उपाय पनि छन्। जसले तपाइँको मोबाइल तथा ट्याब्लेटको ब्याट्रीको आयुलाई केही समयको लागि बढाउँछ। लोडसेडिङले हैरान अनि यात्रामा निस्केकाहरुलाई यसले पक्कै पनि राहत दिनेछ।
चहक कम गर्ने
मोबाइल तथा ट्याब्लेटको स्क्रिनको चहक (ब्राइटनेस)लाई कम गरेको खण्डमा त्यसले ब्याट्री खपतलाई कम गर्छ। मोबाइल तथा ट्याब्लेटमा स्वत हुने सेटिङलाई परिवर्तन गरेर ४० देखी ४५ प्रतिशतमा चहकलाई राख्नुभयो भने त्यसले तपाइँको ब्याट्री खपत पनि कम गर्छ र आँखामा पनि नकारात्मक प्रभाव पार्दैन।

आउँदैछ प्लास्टिकको सस्तो आइफोन ६

budget-iphone-6
नयाँ अपरेटिङ सिस्टम आइओएस ७ रिलिज हुने तिथि नजिकिँदै गर्दा एप्पल कम्पनीले नयाँ स्मार्टफोन समेत सार्वजनिक गर्ने तयारी गरिरहेको समाचार आएको छ । एप्पल निकट श्रोतहरुलाई उधृत गर्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले एप्पलले निकट भविष्यमा केवल एउटा मात्र नभै आउँदो जाडोयाममा एकैचोटी दुइवटा स्मार्टफोन सार्वजनिक गर्न लागेको बताएका छन् । समाचार अनुसार एप्पलले सुपथ मूल्यका प्लास्टिक आइफोन ल्याउनेछ र बहु प्रतिक्षित आइफोन ५ एस पनि सार्वजनिक गर्नेछ ।
प्लास्टिक आइफोन महंगा आइफोनको खस्कँदो बजारलाई ध्यानमा राख्दै मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी बनाउन लागिएको भएपनि यसको नाम के हुने भन्ने बारेमा भने एप्पलले केही निर्णय नगरीसकेको बताइएको छ ।

५ मेगा पिक्सलको क्यामेरा भएको एसर ट्याबको बिक्री सुरु

एसरका लागि ने
पालमा आधिकारिक बिक्रेता मर्कन्टाइलले ओकोनिया एवान ट्याब्लेटको बिक्री थालेको छ। केही महिनाअघि बिवान ट्याब्लेट सार्वजनिक गरेको मर्कन्टाइलले उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि नयाँ भित्र्याएको हो। बिक्री थालिएको एवान मोडल बोक्न, पढ्न र चलाउन सजिलो छ। यसमा मिडियाको गतिशील उच्च रहेको कम्पनीले जनाएको छ। व्यस्त रहनेका लागि यो मोबाइलमैत्री पनि रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
ुहल्का र आकर्षक मोडल रहेका कारण यो ट्याब्लेट एउटै हातले सजिलै समात्न मिल्ने, पर्स र ब्यागमा पनि सजिलै राख्न सकिने खालको छ,ु कम्पनीको विज्ञप्तिमा भनिएको छ।

Wednesday, July 10, 2013

''Exchange Rate for 11 July, 2013"आजको विनिमयदर

'Exchange Rates Fixed by Nepal Rastra Bank
Currency
Unit
Buying/Rs.
Selling/Rs.
Indian Rupee
100'
160.00
160.15'
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency'
Unit
Buying/Rs.
Selling/Rs.'
U.S. dollar
1
95.71
96.31
European euro
1
122.74
123.51
UK pound sterling
1
142.56
143.45
Swiss franc
1
98.80
99.42
Australian dollar
1
88.17
88.73
Canadian dollar
1
91.01
91.58
Singapore dollar
1
75.05
75.52
Japanese yen
10
9.57
9.63
Chinese renminbi (Yuan)
1
15.60
15.70
Only Buying rates
Currency
Unit
Rates/Rs.
Swedish Krone
1
14.13
Danish Krone
1
16.45
Hong Kong dollar
1
12.34
Saudi Arabian riyal
1
25.52
Qatari riyal'
1
26.29'
Thai baht
1'
3.06
UAE Dirham
1
26.06
Malaysian ringgit
1
30.09'

बढि गाली खानेमा आइफोन ५, ग्यालेक्सी एस ४ धेरैको प्यारो

एप्पलको आइफोन ५ सबैभन्दा बढि आलोचना खप्ने स्मार्टफोन बनेको छ । एक नयाँ अध्ययनले सामाजिक संजालमा व्यक्त गरिएका टिप्पणीहरु मध्ये सबैभन्दा बढि टिप्पणी आइफोनकै आलोचनाका लागि खर्च गरिएका छन् ।
1
अध्ययन अनुसार स्मार्टफोनको बारेमा प्रयोगकर्ताहरुले सामाजिक संजालमा व्यक्त गर्ने आलोचना मध्ये हरेक ५ मा एक आलोचना आइफोन ५ प्रति नै लक्षित छन् । खासगरी आइफोन ५ को सेटमा प्रयोग गरिएको नयाँ पावर सकेट, एप्पल म्यापको गलत संकेत तथा पुरानो मोडलमा खासै सुधार गर्न नसकेको विषयमा प्रयोगकर्ताले कडा टिप्पणी गर्ने गरेका छन् ।
2
आइफोन ५ ले गाली बटुलिरहँदा सामसुङको ग्यालेक्सी एस फोर भने सबैभन्दा कम आलोचना बेहोर्ने र धेरैले मन पार्ने स्मार्टफोनको रुपमा दरिएको छ । स्मार्टफोनको बारेमा सामाजिक संजालमा गरिने आलोचना मध्ये केवल सयमा ११ वटा टिप्पणी ग्यालेक्सी प्रति लक्षित छन् ।
Untitled-2
वि आर सोसिएल नामक एक फोरमले गरेको अध्ययनले आइफोन ५, ग्यालेक्सी एस ४ सँगै ब्लाकबेरी जेड टेन र नोकिया लुमिना ९२० का विषयमा प्रयोगकर्ताले टि्वटर तथा ब्लग लगायतमा व्यक्त गरेका टिप्पणीको सर्भेक्षण गरेको थियो । यी हरेक स्मार्टफोन लञ्च हुने दिनमा व्यक्ति गरिएका टिप्पणीको सारसंक्षेप यस्तो थियो :
आइफोन ५ - तारिफ गर्ने ४२ प्रतिशत, आलोचना गर्ने २० प्रतिशत
ब्लाकबेरी जेड १०- तारिफ गर्ने ४१ प्रतिशत, आलोचना गर्ने १८ प्रतिशत
लुमिना ९२०- तारिफ गर्ने ४१ प्रतिशत, आलोचना गर्ने १५ प्रतिशत
ग्यालेक्सी एस फोर - तारिफ गर्ने २० प्रतिशत, आलोचना गर्ने ११ प्रतिशत

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center