हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 9, 2013

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा
{gallery}3337{/gallery}
न्युयोर्क — सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ। स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्न सोनीले यो फोन ल्याएको जनाएको छ। कन्सल्ट्यान्ट ट्रान्सपरेन्सी मार्केट रिसर्चको एक अध्ययनले सन् २०१२ मा स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा सामसङको कब्जामा रहेको देखाएको थियो। अध्ययनले सामसङको ग्यालेक्सी एस-३ तथा ग्यालेक्सी नोट-२ मोडलको ठूलो योगदानमा सामसङले स्मार्टफोन र ट्याब्लेट बजारमा कब्जा जमाएको थियो।

एनसेलमा दैनिक उपहार

मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले हरेक दिन पाँचजना भाग्यशाली ग्राहाकलाई सामसुङ् ग्यालेक्सी एस४ मोवाईल सेट दिने नयाँ योजना ल्याएको छ ।
    यो नयाँ योजना असर २६ गतेदेखि लागु हुनेछ । एजसेलका ग्राहाकले १ सय रुपैयाँ वा त्यसभन्दा बदीको रिचार्ज गर्दा यस योजनामा स्वत सहभागी हुनेछन् । योजनामा सहभागी भएका ग्राहकमध्येबाट हरेक दिन लक्की ड गरी पाँचजना भाग्यसाली विजेताको छनोट गरिनेछ । यो योजना ३० दिनसम्म रहनेछ । एनसेलका प्रिपेड तथा पोस्पेडका ग्राहकले नेपालको जुनसुकै ठाउँबाट रिचार्ज कार्ड,भिएफटी साथै बैंकबाट रिचार्ज गर्दासमेत यस योजनामा सहभागी भई उपहार जित्न सक्छन् । आफना प्रियजनसँग सम्पर्कमा रहँदाको आनन्द अझ वदि होस् भनेर हामिले यो रोचक योजना ल्याएका हौँ । यसले हाम्रा ग्राहकलाई थप उत्साहित बनाउने विश्वास हामिले लिएका छौँ?

एन्ड्रोइड फोनमा सुरक्षा खतरा!

एन्ड्रोइड फोनमा सुरक्षा खतरा!
अमेरिका – तपाईँको मोबाइलमा कुन अपरेटिङ सिस्टम छ? एन्ड्रोइड, आइओएस वा सिम्वियन ! आइओएस वा सिम्वियन भए त ठिकै छ तर एन्ड्रोइड अपरेटिङ सिस्टम छ भने ख्याल राख्नुस्। एन्ड्रोइड एप्लिकेसन डाउनलोड गर्ने समयमा सावधान रहन जरुरी छ। मोबाइल सुरक्षाबारे अनुसन्धान गर्ने कम्पनी ब्लुबक्सले एन्ड्रोइडको एप प्रमाणिकण प्रणालीको कमजोरी पत्ता लगाएको छ। कम्प्युटरको भाषामा यस किसिमको कमजोरीलाई 'बग' भन्ने गरिन्छ।
यही 'बग' को कारण तपाईँले असावधानीवस कुनै यस्तो एप्लिकेसन डाउनलोड गर्नुभयो भने मोबाइलमा भएको सबै डाटा मेटाइदिने छ। एन्ड्रोइडको यस प्रकारको कमजोरीको फाइदा उठाउँदै ह्याकरले कसैको फोनबाट डाटा चोर्ने, चोरेर कुराकानी सुन्ने या अवाञ्छित म्यासेज पठाउने जस्ता मनलाग्दी गतिविधि गर्ने खतरा बढेकव छ ।

एप स्टोरका १० एप निःशुल्क डाउनलोड गर्नुहोस्

एप स्टोरका १० एप निःशुल्क डाउनलोड गर्नुहोस् आइओएस अपरेटिङ सिस्टमका लागि डिजिटल एप्लिकेशन डिस्ट्रिबुसन प्लाटफर्म आइट्युन्स एप स्टोर पाँच वर्षको भएको छ। स्टिभ जब्सले सन् २००८ जुलाई ९ मा सुरु गरेको एप स्टोरमा आजसम्म ९ लाख बढी एपहरु छन्।
कुन चाहिँ एप बढी डाउनलोडर भयो होला ? निश्चय नै धेरै नेपालीले प्रयोग गर्ने गेम एङ्ग्रीबर्ड अहिलेसम्म एप स्टोरबाट सबैभन्दा बढी डाउनलोड भएको एप हो।
पाँचौं वार्षिकोत्सवको अवसरमा १० वटा गजबका एप निःशुल्क डाउनलोडको सुविधा आइट्युन्स एप स्टोरले दिएको छ। पाँच वटा गेम तथा पाँच अन्य एपलाई निःशुल्क डाउनलोड गर्ने सुविधा एप स्टोरले दिएको हो।

आइफोन लाइटका तस्विर 'लिक' भए (फोटो सहित)

आइफोन लाइटका तस्विर 'लिक' भए (फोटो सहित)
आइफोन फाइभलाई तपाइँ कतिसम्म तिर्न तयार हुनुहुन्छ? धेरै हतार नगर्नोस् एप्पलले आइफोन फाइभ जस्तै लाग्नै सस्ता आइफन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। एप्पलले सार्वजनिक गर्नु अगावै ग्याजेटको चियोचर्चो गर्ने अमेरिकी मिडियामा सस्ता आइफोनको तस्विरहरु सार्वजनिक भएका छन्।
एप्पललाई पत्तो नदिइ सार्वजनिक भएका सस्ता आइफोन स्क्रिनमा आइओएस सेभेन प्रयोग भएको देखिएको छ। डिजानइन तथा रंगहरु निकै आकर्षक रहेका सस्ता आइफोनको नाम 'आइफोन लाइट' रहने बताइएको छ।

एप्पलले यो वर्ष आइफोनका २ मोडल ल्याउने चर्चा रहेकोमा ती मध्ये एक आइफोन लाइट हुने अमेरिकी ग्याजेट समीक्षकहरुले बताउँदै आएका छन्। अर्को आइफोन फाइभ एस हुने उनीहरुको भनाइ छ। स्मार्टफोन निर्माता सामसङले धेरै सस्ता स्मार्टफोन उत्पादन पनि उत्पादन गरी विश्व बजारको ठूलो हिस्सा ओगटेपछि एप्पलले सस्ता आइफोन ल्याउन लागेको हो।


यस्तै होला त आइफोन लाइट?

क्यासिङ (बाहिरी बक्स) धातुको नभइ प्लाष्टिकको हुने आइफोन लाइट रेम्बो कलरमा उपलब्ध हुनेछन्। लिक भएका आइफोन लाइटहरु रातो, पहेँलो र हरियो रंगका छन्। आइफोन लाइटको डिजाइन फाइभ र एसको जस्तै छ। आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागेको आइफोन लाइट ८ दशमलव ५ एमएमको बाक्लो हुनेछ। एप्पल सफ्टवेयर आइओएसको नयाँ भर्सन आइओएस सभेन अपरेटिङ सिस्टम आइफोन लाइटमा रहेको छ।
iphone2
iphone
एप्पलको चियचर्चो गर्ने म्याकर्‍युमर्सले सार्वजनिक गरेका आइफोन लाइटका तस्विरहरु

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center