हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, January 5, 2014

इन्टरनेट प्याकेजमा छुटको बहार

कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान० को आयोजनामा राजधानीमा जारी सुबिसु क्यान इन्फोटेक घरमा इन्टरनेट जोड्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

मेलामा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले छुट र अफर ल्याएका छन् । तिनीहरूले घरायसी प्रयोजनका लागि सस्तोमा इन्टरनेट कनेक्सन उपलब्ध गराएको दाबी गरेका छन् । मेलामा टाइटल स्पोन्सर सुविसु, नेपाल टेलिकम, वेबसर्फर र भायोनेटले इन्टरनेट प्याकेज बेचिरहेका छन् ।

 सुबिसु केवलनेटले रिटेल ग्राहकलई लक्षित गर्दै केबल इन्टरनेटका नयाँ योजना इन्फोटेकमा  सार्वजनिक गरेको छ । हालसम्म ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सीमित फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्‍याउने गरी योजना ल्याएको सुबिसुका प्रमुख सुधीर पराजुलीले बताए । त्यस्तै पछिल्लो प्रविधिमा आधारित फाइबर इन्टरनेट सेवासमेत मेलामा राखेको छ ।

सुबिसुले केबल मोडेमसहित तीन महिनाको इन्टरनेट र टीभीसमेत हेर्न मिल्ने केबल कनेक्सन मेलामा ४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराएको छ । अरू बेला यसको शुल्क ७ हजार ९ सय ७ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीले ुडबल योर इन्टरनेटु अफरसमेत ल्याएको छ । कम्पनीले एक वर्षको शुल्क एकै पटक तिर्दा जति गतिको इन्टरनेट लियो त्यतिकै गति थपिदिने जनाएको छ ।

 नेपाल टेलिकमले इभिडियो थ्रिजी  ब्रोडब्यान्ड इन्टरनेट २ हजार २ सय रुपैयाँमा मेलामा उपलब्ध गराइरहेको छ । स्काई प्रो नामको वायरलेसमा रिम र डंगोल कम्पनीले उपलब्ध गराउँछ । यसमा ३ महिनासम्म चलाउन मिल्ने ३ जीबी डाटा, १ सय रुपैयाँ टकटाइम भएको रिम, २ जीबी मेमोरी भएको ईभीडीओ डंगोल उपलब्ध हुनेछ । स्काई प्रोबाट इन्टरनेट चलाउनुका साथै कल र एसएमएस पनि गर्न सकिन्छ । कम्पनीले नेपालमा यो निकै सस्तो वायरलेस इन्टरनेट भएको कम्पनीको दाबी छ ।

टेलिकमले वाइम्याक्स इन्टरनेटमा वाइम्याक्स इन्टरनेटको तीन महिनाको शुल्क एकैपटक तिर्दा ५० प्रतिशत छुट योजना ल्याएको छ । कम्पनीले १ हजार ५ सयमा अनलिमिटेड इन्टरनेट उपलब्ध गराउने जनाएको छ । यस प्याकेजको मूल्य ९ हजार ५ सय ५४ रुपैयाँ पर्नेछ । यसअघि यसको मूल्य १९ हजार १ सय ८ रुपैयाँ थियो । कम्पनीले इन्डोर सीपीई डिभाइसको खरिदमा २ हजार रुपैयाँको रिचार्ज कार्ड उपहारका रूपमा दिइने जनाएको छ । यसैगरी डाटा स्पिड २ सय ५६ केबीपीएस भएको अनलिमिटेड प्याकेज १ हजार ५ सय रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराउनेछ । कम्पनीले वाइम्याक्स डिभाइसमा समेत सीमित अवधिका लागि छुट दिएको छ ।

मेलामा वेवसर्फरले ४ सय ९५ रुपैयाँ प्रतिमहिनाको इन्टरनेट योजना मेलामा ल्याएको छ । ुघरघरमा इन्टरनेटु नाममा ल्याइएको योजनामा ल्यापटप ब्याग, ८ जीबीको पेनड्राइभ उपहारका साथ १ वर्षको अग्रिम भुक्तानी गर्दा जडान खर्च निःशुल्क र इन्टरनेट शुल्कमा १० प्रतिशत छुट योजना ल्याइएको कम्पनीका वायरलेस डीएसएल सेल्स मेनेजेर सन्दीप शर्माले बताए । अरू बेला कम्पनीले जडान खर्च ३ हजार रुपैयाँ लिँदै आएको छ । कम्पनीले १ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ ।   

वेवसर्फरले कर्पोरेट ग्राहकलाई डेडिकेटेड वायरलेस र फाइबर इन्टरनेट जडान खर्चमा ५० प्रतिशत छुट योजना ल्याएको कम्पनीका बिजनेस डेभलपमेन्ट मेनेजर सुदीपकुमार ओलीले जानकारी दिए । कम्पनीले प्रतिएमबी इन्टरनेटमा ३ हजार ५ सय रुपैयाँ छुट दिएको छ । मेलामा इन्टरनेट लिनेले प्रतिएमबी १० हजार रुपैयाँ मात्र तिरे पुग्छ ।

मेलामा इन्टरनेट सेवा प्रदायकहरूले ल्याएको छुटले गर्दा इन्टरनेट जोड्न चाहने ग्राहकहरूको ती कम्पनीका स्टलमा निकै भीड लागेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center