हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 30, 2013

एप्पलको सिपमेन्ट बढ्यो, नाफा घट्यो

Apple
एप्पलले बजारमा आपूर्ति गरेका उत्पादनको वृद्धि उच्च भए पनि कम्पनीको मुनाफा भने घटेको छ । सिपमेन्ट ५१ प्रतिशतले बढेको समाचारहरुमा जनाइएको छ ।
तर कम्पनीको मुनाफा भने २२ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ४२ प्रतिशत रहेको ग्रस मार्जिन अहिले ३७ प्रतिशतमा झरेको छ । एप्पलको नयाँ आइफोन र आइप्याडको पर्खाइमा उपभोक्ताले बजारमा उपलब्ध ग्याजेटमा रुचि नदेखाएको तथा सामसुङ्गले पि्रमियम क्लासका सेट बजारमा ल्याएको हुनाले एप्पलको बजार तत्काल माथि नगएको विश्लेषकको भनाइ छ ।
सामसुङ पहिलो पटक एप्पललाई जितेर २०१२ को आम्दानीमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ । सामसुङले आइफोनसँग प्रतिस्पर्धा गर्न एस थ्री र एस फोर लञ्च गरेपछि बजार हिस्सा एक्कासी बढेको हो । सामसुङको आक्रामक उत्पादन र बजारीकणको प्रभावस्वरुप देखिएको अहिलेको वृद्धि दिगो हुन्छ वा क्षणिक भनी विश्लेषकहरुले चासोपूर्वक लिएका छन् ।
एप्पलको सेयर मूल्य जनवरीयता २० प्रतिशतले घटिसकेको छ । नासडाकमा एप्पलको सेयर मूल्य ४२० डलर प्रतिकित्ताको हाराहारीमा कारोबार भइरहेको छ । गत त्रैमासमा एप्पलले ३ करोड १२ लाख आइफोन बिक्री गरेको छ । यो अवधिमा २ करोड ६० लाख आइफोन र १ करोड ४६ लाख आइप्याड बिक्री गर्ने पूर्वानुमान गरेको थियो ।
अमेरिकामा आइफोनको बिक्री ५१ र जापानमा ६६ प्रतिशतले बढेको चिफ फाइनान्सियल अफिसर पिटर ओपनहेमरले बताएका छन् । तर मुख्य बजारमा चीनको आम्दानी घटेको छ । तेस्रो त्रैमासको तुलनामा ४३ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले आम्दानी घटेको छ ।
चीनमा आर्थिक वृद्धि दर पहिलेको तुलनामा कमजोर भएको कारण आफ्नो आम्दानी घटेको दाबी एप्पलले गरेको छ । यद्यपि चीन एप्पलको लागि ठूलो अवसर रहेको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताए । ९० दिनको तथ्यांकको आधारमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
एप्पलले ६ अर्ब ९० करोड डलर कमाएको छ, जुन प्रतिसेयर ७.४७ डलर हो । यो अवधिमा कम्पनीले ३५ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । गत वर्षको यो अवधिमा ३५ अर्ब आम्दानी गरी ८ अर्ब ८० करोड नाफा गरेको थियो, जुन प्रतिसेयर ९.३२ डलर थियो । कम्पनीसँग १ खर्ब ४६ अर्ब ६० करोड डलर चालू पुँजी रहेको समाचारमा जनाइएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center