हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 1, 2013

ट्याक्सी भाडादर थाहा पाउने एप आएछ।

गुगल प्ले र एप्पल एप स्टोरमा तीनवटा नयाँ नेपाली एप थपिएका छन्। छुट्टाछुट्टै सुविधाका नयाँ एपहरु उक्त स्टोरमा राखिएको महिना दिनमै हजार–हजारको हाराहारीमा डाउनलोड भइसकेका छन् ।

एप्पिकाली प्रालिले निर्माण गरेको नेप्से एप, ट्याक्सी फेयर्स नेपाल र प्यानिक एसएमएस एप्लिकेसनले नयाँ नेपाली एप्लिकेसन खोजिरहेका टेक्नोपुस्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। पछिल्लो समय नेपालमा स्मार्टफोन बिक्री बढिरहेको र नेपाली मोबाइल प्रयोगकर्ता विभिन्न एपमा रमाइरहेको बेला नयाँ उपयोगी एप स्टोरमा ल्याइएको एप्पिकाली प्रालिका प्रमुख कार्यकारी अधिकृत निकोलस पाण्डेले बताए।

एप्पिकालीका लागि सन्दिप ढकालको नेतृत्वले निर्माण गरेको नेप्से एपमा नेपालको शेयर बजारको सबै जानकारी समेटिएको छ। यो एपमार्फत् शेयर बजारका गतिविधिमा प्रत्यक्ष अपडेट हुन सकिन्छ। शेयरको बजार मूल्य, सूचना, समीक्षा, फ्लोर सिट जस्ता विषयमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ। त्यस्तै यो एप्समा पोर्टफोलियोको माध्यमबाट आफ्नो लगानीको दैनिक नाफा–नोक्सान हिसाब हेर्न सकिनेछ ।

त्यस्तै, ट्याक्सी फेयर्स नेपाल एपले यात्रुलाई ट्याक्सी चढ्ने स्थानबाट गन्तव्यसम्मको यात्रा दूरीको जानकारी दिन्छ। उक्त दूरीको ट्याक्सी भाडाको जानकारी पनि यसले दिन्छ। यसले ट्याक्सी चालक र यात्रुबीच भाडाका विषयमा हुने विवाद कम गर्न सक्ने कम्पनीले जनाएको छ। यो एपले ट्याक्सी चढेको र ओर्लेको स्थान देखाउनुका साथै दिउँसो र रातिको भाडा, वेटिङ चार्ज, फ्ल्याग डाउन चार्जबारे पनि यात्रुलाई जानकारी दिन्छ ।

निर्माण गरिएका एपमध्ये विश्वव्यापी रुपमा प्रयोग गरेर लाभ लिन सकिने प्यानिक एप्समा सर्वसाधारणले आफूलाई आपतकालीन अवस्थामा नजिकको व्यक्ति तथा प्रहरीलाई जानकारी गराउन सक्ने सुविधा छ। एपमा ३ वटा आफ्ना नजिकका मान्छे वा प्रहरीको नम्बर सेभ गरेर आपत परेको बेला फोनको पावर बटन निरन्तर ४ पटक थिचेपछि एपले प्रत्येक २ मिनेटको अन्तरमा सेभ गरेको नम्बरमा जिपिएस लोकेसन र नक्सासहित सन्देश पठाउँछ। यो एपले आपतमा परेका व्यक्तिलाई तत्काल उद्धार गर्न सहयोग पुग्नेछ।

नेप्से एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा चल्छ भने ट्याक्सी एप हाललाई एन्ड्रोइडमा उपलब्ध छ। केही महिनामै यो आइओएसका लागि पनि निर्माण हुने कम्पनीले जनाएको छ। त्यस्तै, प्यानिक एप एप्पलको आइओएसमा उपलब्ध छ। नेप्से एप हाल १२ सय, ट्याक्सी एप ८ सयभन्दा बढी र प्यानिक एप १ हजारपटक डाउनलोड भइसकेको छ। तीनवटै एप्स निःशुल्क डाउनलोड गर्न सकिन्छ।

ुहामीले पहिलोपटक निर्माण गरेको एप औपचारिक जानकारी नगराउँदा पनि हजारौंपटक डाउनलोड भइसकेका छन्। त्यसैले औपचारिक जानकारी दिएर यसको लन्चिङ गर्ने योजना छ,ु पाण्डेले भने। कम्पनीले यसपछि ८ वटा नयाँ एप सार्वजनिक गर्ने योजना बनाएको छ। एउटा एप निर्माण गर्न सर्भर र प्राविधिक खर्च गरी ३ लाख रुपैयाँ लागेको कम्पनीको दाबी छ।

नेपालमा एन्ड्रोइड, आइफोन स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएपछि नेपाली एप बन्ने क्रम बढेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center