हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, October 5, 2013

टेलिकमको दशैं-तिहारमा आकर्षक छुट अफर

 नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं(तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो ।

कम्पनीले जिएसएमरसीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध ल्त्ऋगराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र लागु हुने बताइएको छ । त्यस्तै, पिएसटिएनरसी(फोन ९पोष्टपेड फिक्स्ड० सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा २५ स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय कल निःशुल्क उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जिएसएमरसीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइल सेवाको विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरेको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र उपलब्ध हुनेछ । असोज १८ गतेदेखि कार्तिक १ गतेभित्र एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कार्तिक ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ ।

पिएसटिएन, सीडीएमए ९प्रिपेडरपोष्टपेड० फिक्स्ड तथा भिएसएटीबाट हुने अन्तरदेशीय कल ९अञ्चल भित्र तथा अञ्चल बाहिर० को विद्यमान महसुल दरमा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म १० प्रतिशत छुट प्रदान गरिएको छ । कम्पनीका अनुसार छुटपश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ । सीडीएमए ई(भिडियोरपीडीएसएन सेवाका ग्राहकहरुलाई असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म तथा कार्तिक १६ गतेदेखि २३ गतेसम्म विद्यमान महसुल दर ५० पैसा प्रति एमबीमा २० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरि, सीडीएमए पोष्टपेडरप्रिपेड असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म दैनिक रुपमा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने बाह्यगमन भ्वाईस कलवापत निम्नानुसारको बोनस रकम उपलब्ध गराउने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार उक्त बोनस रकम प्रत्येक दिन उपलब्ध गराइनेछ । दशैंको समयमा प्राप्त हुने बोनस रकमको समयावधी एकहप्ता तथा तिहार र छठपर्वको समयमा प्राप्त हुने बोनस रकमको समयावधि एक हप्ता कायम रहने छ । उक्त बोनस रकम कम्पनीको नेटवर्क भित्र कल गर्दा उपयोग हुनेछ ।

असोज २० गतेदेखि कार्तिक २४ गतेसम्म वाईम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिना अवधिको लागि खरीद गर्दा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले बताएको छ । त्यस्तै, कार्तिक २४ गतेदेखि कार्तिक २३ गतेसम्म अन्तर्राष्ट्र्रिय सेवा प्रदायकहरुको नेटवर्कबाट कम्पनीको नेटवर्कमा ट्रमिनेट हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कलवापत प्रतिमिनेट ५० पैसा बोनस १५र१५ दिनमा उपलब्ध गराइनेछ ।

कम्प्नीले असोज २४ गतेदेखि निम्नानुसारको एक्सेस कोड प्रयोग गरी निम्न महशुलमा कल गर्न पाइने भएको छ ।
“टेलिकमको दशैं(तिहारमा आकर्षक छुट अफर” मा प्राप्त ३० प्रतिकृयाहरू

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center