हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, September 20, 2013

भ्वाइस र भिडियो युद्ध

फेसबुकको कुरै नगरौं, यो त राजा भइहाल्यो । जसको हातमा इन्टरनेट चल्ने मोबाइल छ, सोचे भो, उसले फेसबुक चलाउँछ । फेसबुकपछि नेपाली मोबाइल प्रयोगकर्तामाझ अरू दुई कुरा पनि चर्चित छन् स् भाइबर र स्काइप ।

गुगल प्ले स्टोरबाट एन्ड्रोइड अपरेटिङ सिस्टम ९अन्य अपरेटिङले पनि दुवै एप्स सपोर्ट गर्छन्० मोबाइलमा डाउनलोड हुने एप्सको सूचीमा दोस्रो र तेस्रो नम्बरमा छन् स् भाइबर र स्काइप । अब फेसबुक त पहिलो नम्बरमा हुने भई नै हाल्यो । मोबाइलमै इन्टरनेटको सहायताले भ्वाइस कल गर्न पाइने भाइबर र मोबाइलबाटै भिडियो च्याट गर्न पाइने भएकाले स्काइपको प्रयोगकर्ता बढ्दै गएका छन् ।

लाग्न सक्छ, मोबाइलबाटै फोन गर्न मिलिहाल्छ, अरू नानाथरी एप्स किन चाहियो रु तर, प्रयोगको हिसाबले उपयोगी भएकैले यी दुई एप्सको लोकप्रियता बढेको हो । मोबाइलले वाईफाई टिपेपछि सिमले काम नगर्दा पनि यी एप्सबाट टाढा रहेकाहरूसँग कुराकानी गर्न सकिन्छ, म्यासेज पठाउन सकिन्छ । भाइबरबाट भ्वाइस कल र स्काइपबाट भिडियो कल अहिले लोकप्रिय बन्दै गएको छ । झन् विदेश जाँदा विभिन्न ट्रान्जिटमा घन्टौं कुर्नुपर्दा आफ्ना आफन्तसँग ुटचु मा रहन र फोन कल महँगो पर्ने ठाउँमा कल गर्न यस्ता एप्सहरू गुणी बनेका छन् ।

शान्तिनगरका विवेक पौडेल भाइबरको फाइदा लिने एक भाग्यमानी हुन् । सामसुङको फोन बोक्ने उनी क्यानडामा रहेका आफ्ना दाजुसँग ुपीु मा कुरा गर्छन् । ुबरु नेपालकै साथीहरूलाई डाइरेक्ट फोन गर्दा महँगो पर्छ,ु उनले आफ्नो फाइदा सुनाए, ुत्यति टाढा फोन गर्दाचाहिँ पैसै पर्दैन ।ु अहिले उनी कलेजका साथीभाइसँग भाइबरबाटै एसएमएस पठाएर ुकम्युनिकेटु गर्छन् ।

विशेषतः विदेशमा रहेका आफन्त र साथीभाइसँग कुरा गर्न भाइबर प्रिय छ भने भिडियो च्याट गर्नुपर्‍यो भने स्काइप चाहियो नै । अधिकांश नयाँ पुस्ताको हातमा स्मार्टफोन र एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल भएपछि यी दुई एप्लिकेसन डाउनलोड गर्न कुनै समस्या हुँदैन । नेपालमा झन्डै १२ लाख एन्ड्रोइड प्रयोगकर्ता भएको अनुमानित तथ्यांक छ । एन्ड्रोइड फोन प्रयोगकर्ता बर्सेनि बढिरहेकाले यस्ता एप्स प्रयोगकर्ता संख्या पनि स्वतः बढ्दै गएको हो ।

त्यसैले यी दुई नेपालमा मात्रै नभई विश्वभर नै लोकप्रिय छन् । स्काइपबाट मात्रै दैनिक ३० करोड प्रयोगकर्ताले २ अर्ब भ्वाइस कल गर्छन् । कम्प्युटर सफ्टवेयरका रूपमा सुरु स्काइपले मोबाइल एप्स बनाएपछि यसको लोकप्रियता अरू बढेको हो । प्रयोगमा सरलताको हिसाबले भाइबर पनि सुरु भएको तीन वर्षमै स्काइजत्तिकै पपुलर छ ।

विदेशमा फोन गर्दा शुल्क महँगो पर्ने भएकाले पनि इन्टरनेटमा पहुँच भएकाहरू भाइबर र स्काइप एप्सको प्रयोगमा रुचि राख्छन् । भाइबर वाईफाईबाहेक मोबाइलको डाटा कनेक्सनबाट पनि चल्ने भएकाले प्रयोगका लागि यो बढी सजिलो छ । त्यसैले सार्वजनिक भएको तीन वर्षमै भाइबर यत्तिको लोकप्रिय बनेको हो ।

एप्स इन्स्टल गर्नेबित्तिकै कन्ट्याक लिस्टमा भएका भाइबर प्रयोगकर्ताको सिङ्क्रोनाइज हुने र फोन नम्बरको आधारमा आफैं खाता खोल्न सकिने भएकाले भाइबर चलाउन सहज छ । बारम्बार साइन इन गर्नै नपर्ने, फोनमा आउने कलमा कुनै ुडिस्टर्बु नगर्ने भएकाले पनि यसलाई स्काइपको ठूलो प्रतिस्पर्धी मानिएको थियो । नभन्दै यसले स्काइपलाई छोटो समयमै कडा टक्कर दिइरहेको छ ।

दस वर्ष अघिदेखि प्रचलनमा आएको स्काइपले पनि आफूलाई समयसँगै सुधार्ने कोसिस गरिरहेको छ । यसका लागि इन्टरनेट कनेक्सन राम्रो चाहिन्छ । मोबाइल एप्सबाट हातहातमा प्रयोग हुने भएपछि लोकप्रिय हुने भई नै हाल्यो । आफ्नो मनपर्ने मान्छेसँग मोबाइलमा फोटो हेरीहेरी कुरा गर्न पाएपछि के चाहियो र रु त्यो पनि गुगल प्ले स्टोरबाट पी डाउनलोड गर्न मिल्ने । स्काइप र भाइबर दुवैमा टेक्स्ट म्यासेज गर्न पाइन्छ । म्यासेजबाटै फोटो र भिडियो पठाउन पाइन्छ । च्याट गर्ने अन्य धेरै एप्सहरू भए पनि मोबाइलबाट टाढा रहेको प्रियजनसँग कुरा गर्न पाइने र भिडियो कल गर्न पाइने भएकाले प्रयोगकर्ताहरू भाइबर र स्काइप रुचाउँछन् । वी च्याट, लाइन, ह्वाट एप्सजस्ता मोबाइल एप्सहरू विदेशमा स्काइप र भाइबरजत्तिकै चर्चित छन् । तर, नेपालमा स्काइप र भाइबरलाई अरू कसैले उछिन्न सकेका छैनन् । केही समय अघिसम्म निम्बुज र ईबडीले लिएको स्थान अहिले अन्य च्याटिङ एप्सले लिन थालेका छन् । 

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center