हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, December 25, 2013

एप्पललाई चीनबाट बढी आम्दानी?

स्मार्टफोन निर्माता एप्पलले चीनको सबैभन्दा ठूलो मोबाइल कम्पनीसँग सम्झौता गरेको छ। ७६ करोडभन्दा बढी ग्राहक रहेको चाइना मोबाइलसँग एप्पलको सम्झौताले विश्व टेलिकम क्षेत्रमा तरंग ल्याइदिएको हो। तीन नेटवर्कमा फोर जी लाइसेन्स भएको सरकारी स्वामित्वको चाइना मोबाइलसँगको सम्झौताले एप्पलले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिन सक्ने देखिएको छ।
चीन विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । एप्पलले अढाई वर्ष अघिदेखि नै चीन केन्द्रित बजार रणनीति अपनाउँदै आएको छ । ुएप्पलका लागि चीन निकै महत्वपूर्ण बजार होु, एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– ुचाइना मोबाइलसँग भएको सम्झौताले हामीलाई विश्वकै सबैभन्दा ठूलो नेटवर्कका उपभोक्ता समक्ष आइफोन पुर्‌याउने मौका मिल्नेछ ।ु

सन् २०१३ को सुरुवाततिर कुकले उत्तर अमेरिकाबाट भन्दा चीनबाट कम्पनीले बढी नाफा गर्ने बताएका थिए । आइफोन एप्पलका लागि आम्दानी बढाउने मुख्य उत्पादन हो । वर्षको अन्त्यसम्ममा आएका रिपोर्टअनुसार एप्पलले १७० बिलियन डलर रेभिन्यु उठाइसकेको छ । चीनका अन्य दुई ठूला कम्पनी चाइना युनिकम र चाइना टेलिकमसँग एप्पलले पहिले नै सम्झौता गरिसकेको छ । यी दुई कम्पनीको नेटवर्कमा ४ करोड ५५ लाख उपभोक्ता आवद्ध छन् । लगभग सवा अर्ब उपभोक्ता रहेको चीन सबैभन्दा बढी स्मार्टफाने उपभोक्ता भएको मुलुक हो । सामसङ एवं चीनका घरेलु सस्ता हेन्डसेटका कारण चीनमा आइफोनले बजार गुमाउँदै गएको भन्ने रिपोर्टहरु आइरहेका बेला अमेरिकी कम्पनीले यो ठूलो सम्झौता गरेको हो ।

बजार अनुसन्धान संस्था आइडीसी कन्सल्ट्यान्सीका अनुसार आइफोनको उपस्थिति चीनमा बलियो छैन । गुगलको इन्ड्रोयड अपरेटिङ सिस्टम भएका सस्ता हेन्डसेटले ठूलो बजार हिस्सा ओगटेका छन् । सामसङ, लेनोभो र कुलप्याड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । चिनियाँ टेलिकम इक्विपमेन्ट उत्पादक कुलप्याडका उत्पादनले बजार हिस्सा बढाइरहेको बेला आइफोनले चाइना मोबाइलको नेटवर्कबाट बिक्री गर्ने तयारी थालेको हो ।

प्रतिद्वन्द्वीलाई टक्कर दिन एप्पलले यसै वर्ष आइफोन सी बजारमा ल्याएको थियो । आइफोन सीले सामसङलाई खासै टक्कर दिन भने सकेनँ । अहिले आइफोन ५ सीलाई चाइना मोबाइलको नेटवर्कबाट बिक्री गरेर प्रतिद्वन्द्वीको सामना गर्ने रणनीति एप्पलले लिएको हुनसक्ने अनुमान गरिएको छ । जनवरी १७ देखि चाइना मोबाइलको नेटवर्कबाट आइफोन ५ एस र ५ सीको बिक्री सुरु हुनेछ । तर मूल्य कति तोकिनेछ भन्ने पनि स्पष्ट पारिएको छैन ।

यो वर्षको सेप्टेम्बरसम्म एप्पलले लगभग सवा १० करोड आइफोन बिक्री गरिसकेको छ । सम्झौतापछि १०–४० मिलियनसम्म आइफोन चीनमा बिक्री हुने अनुमान गरिएको छ । पछिल्ला अढाइ वर्षमा एप्पलले चीनमा ५० मिलियन आइफोन बिक्री गरेको छ ।

समसङले विश्व बजारबाट आइफोनका हिस्सा खास्दै लगेको अवस्थामा नयाँ सम्झौताले अमेरिकी कम्पनीलाई केही हदसम्म माथि उठाउने विश्वास गरिएका छ । अहिलेसम्म चाइना मोबाइलका प्रयोगकर्ताले आइफोन चलाउन पाउने अवस्था थिएन । चाइना मोबाइलको थ्रीजी टेक्नोलोजीले आइफोनका ुकम्पाटेबलु थिएन । फोर जी नेटवर्ककका प्रयोगकर्ता मात्र आइफोन ५ एस र ५ सी मा आवद्ध हुन सक्छन् ।

विश्लेषकहरुले अब आइफोन विश्वका फोन प्रयोगकर्तामध्ये १० प्रतिशतभन्दा बढी उपभोक्त समक्ष पुग्नेछ । तर त्यसका लागि सस्तो स्मार्टफोन उत्पादन गर्नु एप्पलको चुनौती हुनेछ ।

Tuesday, December 17, 2013

डन्डिफोर उपचार गर्न मोबाइल एप

अनुहारमा डन्डिफोर र दाग सबैका लागि समस्या हो। त्यसबाट सबै टाढै रहन चाहन्छन् र सबै त्यही डन्डिफोरबाटै पीडित भइरहेका हुन्छन्। अझ झन् टिनएजतिर त बिहान उठेर ऐनमा हेर्दा नाकको टुप्पोमा वा गालामा एउटा डन्डिफोर देखियो भने संसार त्यहीँ सकिएजस्तो लाग्छ।
विज्ञान प्रविधिमा आएको छलाङसँगै अब डन्डिफोर निको पार्न औषधि खाने भन्दा मोबाइल फोनको प्रयोग गर्नुपर्ने स्थिति बन्दैछ। अचम्म लाग्ला तर यो वास्तवकि हो डन्डिफोर बारे भविष्यवाणी गर्ने एप विकास भइसकेको छ।

डन्डिफोरसम्बन्धी यस्तो भविष्यबाणीका लागि एउटा डिभाइस र स्मार्टफोन एपले संयुक्त रुपमा काम गर्छन्। छालासम्मन्धी सुझाव दिने संस्था माई स्किन ले विकास गरेको उपकरण स्क्यान जेड त्यस्तो डिभाइस हो जसले अब डन्डिफोरको भविष्यका बारेमा जानकारी दिन्छ। यो डिभाइसले प्रकाशको साहायताले मानिसको अनुहारको अवस्थाको अध्ययन गर्छ। तर डन्डिफोरको भविष्यबाणी गर्ने काम भने मोबाइल स्क्यान जेडको नभई एउटा स्मार्टफोन एपले गर्छ। विज्ञहरुका अनुसार यो यस्तो एउटा एप हो जसमा स्क्यान जेडमार्फत प्राप्त डाटालाई राखिन्छ। यो डाटाको आधारमा यो एपले अनुहारमा डन्डिफोर आउँछ वा आउँदैन, कहिले आउँछ र कति समय रहन्छ भन्ने भविष्यबाणी गर्छ।

यो एपले दिएको जानकारीका आधारमा छालासम्बन्धी विज्ञहरुले छालाको लागि कस्तो क्रिम प्रयोग गर्ने, डन्डिफोर आउने सम्भावना देखिएमा कसरी रोक्नेदेखि आइसकेको डन्डिफोर कति समय रहने हो र त्यसको उपचार कसरी गर्ने हो भन्ने सम्बन्धमा समेत निर्णय गर्न र सुझाव दिन सक्छन्।

Wednesday, December 11, 2013

गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद

गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।
पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ ।
थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।

Sunday, November 24, 2013

पैसा दिने मोबाइल एप

मोबाइलमा सित्तैमा डाउनलोड गर्न पाइने एपहरुले विज्ञापन देखाएर हैरान पारेकाहरु मध्ये एक तपाइँ पनि हुनुहोला। पत्रिका, टेलिभिजन, रेडियो मात्र होइन वेबसाइटहरुमा पनि विज्ञापन हेर्न कसैलाई मन पर्दैन। त्यसैले त वेबसाइट तथा मोबाइल एपका विज्ञापन हटाउनका लागि नै विभिन्न एपहरु विकास भएका छन्।

तर, विज्ञापन हेरेको पैसा दिन्छु भन्यो भने तपाइँ यस्ता विज्ञापन हटाउने चक्करमा होइन कि विज्ञापन हेर्ने तर्फलाग्नुहुन्छ। आखिर जे भएपनि पैसा बोल्छ भनिएको त्यसै होइन। एण्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टम भएका मोबाइल चलाउनेका लागि यस्ता विभिन्न खालका उपायहरु व्यवसायीहरुले प्रस्तुत गरेका छन् जसमा विज्ञापन हेर्नेहरुलाई केही रकम दिने भनिएको छ। यस्ता खालका एप यूरोप अमेरिकामा मात्र होइन नेपालमा पनि प्रसस्त चर्चा बटुल्न सफल भएका छन्। चर्चाको तुलनामा त्यस्ता एपबाट पैसा बटुलेकाहरुको कुराहरु भने सुन्न पाइएको छैन।
यी यस्ता एप हुन् जुन निशुल्क डाउनलोडका लागि उपलब्ध छन् र तीनले निश्चित निशुल्क कामहरु गरेपछि केही रकम मोबाइल चलाउनेलाई दिने बताएका छन्। यस्ता पैसा दिने भनिएका धेरै एप मध्ये कसैले ६ देखी १० सेकेण्डको विज्ञापन देखाउँछन् भने कसैले कुनै वेबसाइट वा पेज लाइक पनि गर्न लगाउँछन।
मोबाइलमा डाउनलोड गर्नेहरुलाई पैसा दिने बताएका केही एप यी हुन्
क्यासअनएड
Android Apps which offers money payment for its users Cash on Ad Nepalese app
नेपालमा प्रसस्त चर्चा पाएको एप हो यो। मोबाइलका लागि विकास भएका एपहरु मध्ये नेपालमा सर्वाधिक चर्चा पाएको पनि भन्न सकिन्छ यसलाई। विशेष गरेर यसको निर्माता शिरान टेक्नोलोजिजसँग काम लिएका सबै ठूला भनिएका दैनिक देखी अनलाइन न्यूजपोर्टल सबैले यसको खुबै प्रचार गरेका थिए। यसले फोन उठाउनु अघि ६ सेकेण्डको विज्ञापन देखाउँछ जुन पुरै हेर्नेलाई प्रत्येक कल उठाउँदा १ सेन्ट दिने बताएको छ। नेपालमा यसबाट जम्मा भएको पैसा इसेवा नामक अनलाइन पेमेन्ट कम्पनीबाट लिन सकिने जनाएको छ। यो एप चलाउनेले २४ घण्टामा एकपटक एपलाई सिंक गर्नुपर्छ। यो एप प्रयोग गर्नका लागि फेसबुक वा इमेल प्रयोग गरेर दर्ता हुनुपर्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
लोकेट
Android Apps which offers money payment for its users Locket lock screen
तत्काल अमेरिकाका लागि मात्र उपलब्ध यो एप बेटा संस्करणमा रहेको छ। भरखरै एपस्टोरमा उपलब्ध भएको यो एपले पनि विज्ञापन हेर्नेलाई पैसा दिने बताउँछ। यसले विज्ञापन, कुपनहरु, सित्तैमा गीत र खेलहरु मोबाइलमा उपलब्ध गराउँछ। अर्नमोर मार्फ धेरै पैसा कमाउने मौका समेत दिने यो एप राखेपछि स्क्रिनमा हरेक पटक स्वाइप गर्दा १ सेन्ट दिने यसले बताएको छ। यो एपले मोबाइलको लक स्क्रिनमा विज्ञापन देखाउँछ त्यसको तल रहेको एउटा विशेष प्वाइन्ट (फोटोमा निलो देखिने)लाई दायाँ वा बायाँ स्वाइप गरेपछि १ सेन्ट उपलब्ध हुने हो। यो एपबाट एक घण्टामा ३ सेन्ट कमाउन सकिन्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
लेटस्क्रिन
Android Apps which offers money payment for its usersLatteScreen
अनलक एण्ड अर्न अर्थात मोबाइल अनलक गर र कमाउ। एशियामा मात्र १० लाख भन्दा धेरैले चलाउने दाबी गरिएको यो एप एपडिस्कोले तयार पारेको हो। यो एपले पनि लक स्क्रिनमा विज्ञापन देखाउँछ र स्क्रिन अनलक गरेपछि विज्ञापन हेरे बापत केही रकम दिन्छ। यो एपमा विज्ञापन हेरेर पैसा पाउनका लागि एप डाउनलोड गरेर त्यसमा आफूलाई दर्ता गर्नुपर्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।

ट्याब्लेट अप, पीसी डाउन

काठमाडौ, मंसिर ९ ( कम्प्युटर पीसी लाई म्युजियममा थन्क्याउनुपर्‍यो भने कतिको दुःख हुँदो हो रु हरेक काममा साथ दिँदै आएको कम्प्युटरको त्यो अवस्था आउनु पक्कै सुखद हुने छैन । कम्प्युटरको मायाले कसैले त्यसलाई अँगालेर बस्ने पनि छैन ।

मोनिटर, सीपीयू, माउस, किबोर्ड, स्पिकर, वेभ क्यामेरा सबै जुटाएर डेस्कटप चलाउँदै आएका उपभोक्ता ल्यापटपमा सर्दै जानु समयको आवश्यकता हो ।

त्यसो भए ल्यापटप सधैंका लागि हो त रु पक्कै होइन । ल्यापटपलाई समेत ट्याब्लेटले विस्थापित गर्दैछ । पीसी ९डेस्कटपरल्यापटप० को सिपमेन्ट सन् २०१३ को तेस्रो क्वाटरमा इतिहासमै धेरै ११ प्रतिशतले घटेको विश्वको ठूलो आईटी रिसर्च कम्पनी गार्टनरले जनाएको छ । गार्टनरको दाबीमा पीसीको बिक्रीलाई सस्ता ट्याब्लेटको लोकप्रियताले ध्वस्त पारेको हो ।

हुन पनि आईटीमा अभ्यस्त धेरैजसोले आफ्नो पहिलो कम्प्युटिङ डिभाइस ट्याब्लेटरफ्याब्लेटलाई लिन थालेका छन् । ब्रोडकास्टिङ उपकरणहरूको व्यापार गर्ने सुस्मित इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेललाई भेटौं । उनको पहिलो कम्प्युटिङ डिभाइस सामसुङको ग्यालेक्सी ग्रान्ड हो । उनी उठेर फेसबुकमा साथीहरूलाई ुगुडमर्निङु स्टाटस पोस्ट गर्नदेखि, व्यावसायिक इमेल लेख्न, रिप्लाई गर्न, एप्सहरूमार्फत कम्प्युनिकेसन गर्न यही डिभाइस युज गर्छन् ।

त्यसपछि उनलाई सघाउँछ, आइप्याडले । लामो यात्रामा निस्कँदादेखि कार्यालयबाट कफीरखाजा खान बाहिरिँदासमेत उनलाई आइप्याडले साथ दिन्छ । स्लिम, चिटिक्क परेको यो डिभाइसले उनलाई ल्यापटप बोक्ने झन्झटबाट मुक्ति दिएको छ ।

उनीसँग रहेको म्याकबुक ९ल्यापटप० एयर कार्यालयको टेबलमा रहन्छ । उनी अफिसको कुर्सीमा बसेका बेला मात्र यसको प्रयोग गर्छन् ।

ुम्याकबुकले ब्याकअपका रूपमा मात्रै काम गरेको छ,ु उनले सुनाए, ुफ्याब्लेट, आइप्याडजस्ता डिभाइसले अधिकांश कम्प्युटिङ काममा सघाउँछन् ।ु सानो डिभाइसमा औंला खेलाउँदै कम्प्युटरले गर्ने काम गर्नुको मज्जै बेग्लै । बोक्न सजिलो, जहाँसुकै बसेर चलाउन सकिने, पावर ९विद्युत्० थोरैले पुग्ने ट्याब्लेटलगायतका डिभाइसले सबैलाई लोभ्याएका छन् । ट्याब्लेटमा सिम हालेर इन्टरनेट चलाउने देखि कल गर्नेसम्मका सुविधा थपिएका छन् ।

फोन र ट्याब्लेटको मिश्रति रूप प्याब्लेटमा काम गर्न गाह्रो भए त्यसभन्दा ठूलो स्क्रिन भएका ट्याब्लेट छँदैछन् । अर्को कुरा ती डिभाइस ल्यापटपरपीसीको तुलनामा निकै सस्ता पनि छन् । ल्यापटप त कुनै कुरा टाइप गर्नका लागि मात्र प्रयोगमा आउन थाल्यो । इन्टरनेट चलाउन, इमेल गर्न, गीत सुन्न, भिडियो हेर्न, बुक पढ्न, फोटो खिच्नलगायत अनगिन्ती एप्स राखेर काम गर्न औंलाले छोएर काम गर्ने यिनै साना डिभाइस उपयोगी भएका छन् ।

विश्व बजारको ट्रेन्ड हेर्दा पीसी सेल्स डाउन र ट्याब्लेट सेल्स अप देखिएको छ । ुविकसित मुलुकमा ट्याब्लेटले पीसीलाई विस्थापित गर्दै लगेको छ,ु आईसीटी एसोसिएसन नेपालका उपाध्यक्ष भेषराज पौडेल भन्छन्, ुविश्व बजारको ट्रेन्ड नेपालमा तत्काल त देखिएको छैन । नेपालले २र३ वर्षमा ती मुलुकलाई पछ्याउने भएकाले यहाँ पनि पीसीको हालत त्यस्तै नहोला भन्न सकिन्न ।ु

विश्व बजारमा माग बढेको तथ्यांक हेरौं । सन् २०१२ मा १२ करोड ट्याब्लेटको सिपमेन्ट भएको थियो । यो संख्या सन् २०१० को तुलनामा ७ गुणा बढी रहेको गार्टनरको दाबी छ । यस वर्ष एप्पलले पहिलोपटक आइप्याड बजारमा ल्याएको थियो । विश्व बजारमा ट्याब्लेटको माग दिन प्रतिदिन बढ्दो छ । त्यसैले एप्पल, नोकिया, माइक्रोसफ्टलगायतका कम्पनीले नयाँ ट्याब्लेट बजारमा ल्याएका छन् ।

यसअघि गुगल, अमेजन, सामसुङजस्ता आईटीका हेविवेट कम्पनीले ट्याब्लेट बजारमा ल्याएका थिए । यीबाहेक लेनोभो, एचसीएल, एचपी, माइक्रोम्याक्स, आसुसलगायतका दर्जनौं कम्पनीले ट्याब्लेट बजारमा ल्याएका छन् । विश्व बजारमा आइप्याडको सेयर सबैभन्दा बढी छ । बजार सर्भे गर्ने अर्को संस्था इन्टरनेसनल डाटा कर्पोरेसन ९आईडीसी० का अनुसार आइप्याडको बिक्री ट्याब्लेट बजारमा ३२ प्रतिशत छ ।

दोस्रो नम्बरमा रहेको सामसुङको बिक्री १६ प्रतिशत छ । एप्पलले भर्खरै आइप्याड एयर बजारमा ल्याएको छ । त्यस्तै सामसुङले ग्यालेक्सी नोट थ्री बजारमा ल्याएको छ । यससँगै माइक्रोसफ्टले सर्फ ट्याब, नोकियाले लुमिया ट्याब्लेट बजारमा ल्याएका छन् । ट्याब्लेट उत्पादकले आफ्ना उत्पादनलाई विविधता दिएका छन् । पीसीको अपरेटिङ सिस्टम उत्पादक माइक्रोसफ्टले ल्याएको ट्याब्लेटले कम्प्युटरले जत्तिकै काम गर्छ ।

सामसुङका ट्याब्लेटमा धेरै अप्सन छ । उपभोक्ताले आफूलाई चाहिएको ट्याब्लेटरफ्याब्लेट मूल्यरउपयोगिताअनुसार छान्न सक्छ । एप्पलका आइप्याड काम गर्नरगेम खेल्न उत्तिकै उपयोगी छन् । अमेजनले ल्याएको किन्डल किताब पढ्न बढी उपयोगी छ । गार्टनरको अनुमानमा सन् २०१३ मा पूरा वर्ष १८ करोड ४० लाख ट्याब्लेट सिपमेन्ट हुनेछन् भने पीसी ३० करोड ३० लाख । सन् २०१५ मा भने

ट्याब्लेटको सिपमेन्ट बढेर ३३ करोड १० लाख पुग्नेछ ।

पीसीको सिपमेन्ट भने घटेर २७ करोड २० लाखमा झर्नेछ । अर्को सर्वेक्षणकर्ता बीआई इन्टेलिजेन्सको रिपोर्टले भने ट्याब्लेटको बिक्री अभूतपूर्व रूपमा बढिरहेको देखाएको छ । ुयति छिटो दरमा बिक्री बढेको अरू कुनै डिभाइसको थिएन,ु उसले आफ्नो रिपोर्टमा भनेको छ, सन् २०१३ मा ७४ प्रतिशतले  ट्याब्लेटको मार्केट बढ्नेछ । उसले हरेक वर्ष समग्रमा ७५ प्रतिशतले बजार बढिरहेको बताएको छ ।

यसले सन् २०१६ मा ५० करोड ट्याब्लेट बिक्री हुने प्रक्षेपण गरेको छ ।

नेपालमा भने मूल्य वृद्धिले पनि ल्यापटपरकम्प्युटरको बिक्रीलाई झन्डै ६०प्रतिशतले घटाएको आईसीटी एसोसिएसनका उपाध्यक्ष पौडेल बताउँछन् । ुदुई महिनाअघि ४०र४२ हजार रुपैयाँमा पाइने ल्यापटप डलरको भाउ बढेर ५० हजार रुपैयाँभन्दा बढी पर्ने भएको छ,ु उनले भने, ुत्यसले गर्दा उपभोक्ता मूल्य घट्ने आसले नकिनेर बसेका छन् । ल्यापटप महँगो मानेर किन बस्ने रु सस्तोमा पाइने ट्याब्लेट छँदैछ नि १

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center