हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, October 2, 2013

११ हजारमा स्मार्ट घडी


स्मार्टवाच, आइवाच अनि ग्यालेक्सी गीयर त सुन्नु भएकै होला। यी सबै स्मार्ट प्रविधि युक्त घडी हुन्। यी चर्चामा मात्र छैनन्। ग्यालेक्सी गीयर त बजारमा आउनै लागेको छ। मूल्यमा महँगा पर्ने यस्ता घडीको बारेमा समाचार पढेर र तस्वीर हेरेर कहिले किन्न पाइएला वा सकिएला भनेर सोच्नु भएको छ भने बजारमा तपाइँलाई चर्चामा रहेका स्मार्टवाचले जस्तै सुविधा दिने घडीहरु उपलब्ध भइसकेका छन्।
विश्वका प्रसिद्ध कम्पनीहरु हातमा लिने मोबाइल पछि लगाउन मिल्ने (वेयरेवल) प्रविधिको विकासमा लागेका बेलामा चिनियाँ कम्पनीहरुले चाहिँ त्यस्ता घडी बजारमा उतारिसकेका छन्। त्यती मात्र होइन त्यस्ता घडीले धेरैको नाडीलाई स्मार्ट पनि बनाइसकेका छन्। यी घडीमा समय मात्र होइन दुर्इ फरक नेटवर्कको मोबाइल सेवा पनि चलाउन सकिन्छ। जुन तपाइँले नापतौल बजारबाट किन्न पनि सक्नुहुन्छ। भारतमा सहजै किन्न सकिने यस्ता घडी नेपालमा पनि उपलब्ध भइसकेको छ। नापतौलमा मात्र होइन काठमाडौंका विभिन्न स्थानमा रहेका ग्याजेट बिक्रेताबाट तपाइँले यस्ता घडी खरिद गर्न सक्नुहुन्छ।
01 Cheaper smart watch VOX Dual SIM Watch Mobile with Keypad & Camera
त्यस्ता घडी मध्येको एक हो भोक्स डूअलसीम वाच जुन घडीले समय जनाउने काम मात्र गर्दैन मोबाइलको सबैजसो काम पनि गर्छ। यसमा दुर्इ सीम लाग्छ। यसमा कीप्याड र क्यामेरा समेत रहेको घडीमा १.३ इन्चको डिस्प्ले रहेको छ। जसमा टचस्त्रिmन सुविधा समेत छ। म्यूजिक प्लेयर, स्टेरियो ब्लूटूथ, एफएम रेडियो, मल्टिमिडियाका साथै एमएमएस, एसएमएस र इमेल गर्ने सुविधा समेत यसमा छ। २५० केबी आन्तरिक मेमोरी रहेको घडीमा ८ जीबी सम्मको माइक्रोएसडी प्रयोग गर्न सकिन्छ। ७०० एमएएचको ब्याट्रीले ४ दिन सम्मको ब्याकअप दिन्छ भने ५ घण्टा सम्मको टक टाइम उपलब्ध हुन्छ। १.३ मेगापिक्सलको क्यामेराले भिडियो पनि खिच्न सक्छ। यसमा जीपीआरएस मार्फत इन्टरनेट साथै यूएसबीको माध्यमबाट कम्प्युटरमा जोड्न सकिन्छ। यसमा इबुक पढ्न पनि सकिन्छ। यो घडी ११ हजार पाँचसयमा उपलब्ध हुन्छ।

Tuesday, October 1, 2013

ब्रान्डमा उत्कृष्ट एप्पल

लन्डन ९एजेन्सी०, आश्विन १६ ( एप्पल विश्वकै सबैभन्दा मूल्यवान् ब्रान्ड बनेको छ । १३ वर्षसम्म पहिलो नम्बरमा बसेको कोकाकोलालाई पछि पार्दै एप्पल इन्टरब्रान्डको सूचीमा उत्कृष्ट ठहरिएको हो । ब्रान्डिङ सेवा उपलब्ध गराउने अमेरिकी कम्पनी इन्टरब्रान्डले बर्सेनि यस्तो सूची निकाल्ने गर्छ ।

आइफोन, आइप्याड, म्याकलगायत उत्पादन विश्वभर पुर्‍याएको एप्पलले विश्वका १ सय ब्रान्डलाई उछिन्दै पहिलो पटक उक्त स्थान पाएको हो । दोस्रो नम्बरमा सर्च इन्चिन, सामाजिक सञ्जाल र एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउने कम्पनी गुगल परेको छ । कोकाकोला भने तेस्रो स्थानमा झरेको हो ।

इन्टरब्रान्डले सार्वजनिक गरेको सूचीअनुसार चौथो नम्बरमा इन्टरनेसनल बिजनेस मेसिन ९आईबीएम०, पाँचौंदेखि दसौंसम्म क्रमशः माइक्रोसफ्ट, जनरल इलेक्िट्रक, म्याकडोनल्ड, सामसङ, इन्टेल र टोयोटा  मोटरकर्प परेका छन् ।

यसअघि सन् २००० मा एप्पलले पहिलो पटक उत्कृष्ट ११ ब्रान्डको सूचीमा ३६ औं स्थान पाएको थियो । सो समय कम्पनीको ब्रान्ड मूल्य ६ अर्ब ६० करोड डलर थियो । जुन पछिल्लो समय ९८ अर्ब ३० करोड डलर बराबर पुगेको छ ।

कम्पनीले केही साताअघि मात्र नयाँ अपरेटिङ सिस्टम र दुई स्मार्टफोन सार्वजनिक गरेको छ । प्रख्यात उत्पादन ट्याबलेटमा पनि नयाँ शृंखला थपिने अनुमान बजारको छ ।

इन्टरब्रान्डेले एप्पललाई ग्राहकको आवश्यकताअनुसार उत्पादन ल्याउन सक्ने र डिजाइनमा पनि नवीनता थप्ने टिप्पणी गरेको छ । इन्टरब्रान्डले कम्पनीको वित्तीय अवस्था, ग्राहकको रोजाइ, मूल्य र नाफालाई हेरेर यस्तो सूची तयार गर्ने गर्छ । एक वर्षमा एप्पलको ब्रान्ड मूल्य २८ प्रतिशतले बढेको छ । जब कि कोकाकोलाले यही अवधिमा आफ्नो मूल्य २ प्रतिशत बढाएर ७९ अर्ब २० करोड मात्र बनाउन सकेको छ ।

Sunday, September 29, 2013

आज नेपाल र तुर्किमेनिस्तान बिचको लाइब गेम सुरु भएको छ लाइब गेम हेर्न

लाइब गेम हेर्न यहाँ क्लिक गर्नुहोला
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

Saturday, September 28, 2013

गुगल प्लेमा नेपाली एप्स



यसलाई यति लोकप्रिय गराउने भूमिका एप्सको छ । एन्ड्रोइड एक प्रकारको प्लेट र्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स ९एप्स० प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । डेभलपरहरुले आफूले डेभलप गरेको एप्प प्ले स्टोरमा राख्न सक्छन् ।

एक छिन प्ले स्टोरको भिजिट गर्ने कि रु नेपाली मोवाइल युजरबीच एन्ड्रोइडको लोकप्रियता बढ्दै जाँदा डेभलपरले आफ्नो आइडियालाई एप्सको माध्यमबाट युजरबीच शेयर गर्ने अवसर पाएका छन् । प्ले स्टोरमा त्यस्ता सयौं नेपाली एप्स छन्, जसले हाम्रो दैनिकीमा सघाउँछन् । नेपालबाट टप फ्रि एन्ड्रोइड एप्स सर्च गर्दा टप फाइभभित्रै नेपाली एप्प आउँछ । यस साता टप फाइभमा नेपाली एप क्यासअनएड परेको छ । यसको विकासकर्ता क्यास अन एडका अनुसार यस एप्पलाई दैनिक ३ हजार ५ सय जनासम्मले डाउनलोड गरिरहेका छन् । यस एप्पअघि नम्बर १ देखि ४ सम्म विश्वब्यापी लोकप्रियता हासिल गरेका एप्स क्रमशः फेसबुक, भाइबर, ओपेरा मिनी बेब ब्राउजर र स्काइप परेका छन् ।

यसै गरी अन्य टप एप्समा नेपाली लोड सेडिङ, नेपाली पात्रो क्रमशः सातौं र आठौं स्थानमा छन् । अरु विदेशीसगै टप एप्समा नेपाली लाइभ टिभी, अफलाइन नेपाली इङ्ंलिस डिक्सनरी, हाम्रो पात्रो, इसेवा, नेपाली इङ्लिस डिक्सनरी, नेपाली डेट कन्भर्टर, गोल नेपाल, पाणिनी किप्याड नेपाली आइएमइ, नेपाली लोकगित, नेपाली पात्रोलगायतका एप्स क्रमशः  छन् । 

विभिन्न बैंकको मोवाइल बैंकिङलगायत ५० भन्दा बढी एप्स विकास गरेको एफवन सफ्टका अध्यक्ष विश्वास ढकालका अनुसार नेपालमा एन्ड्रोड मोवाइल प्रयोगकर्ताको संख्या ८ लाख ८० हजार रहेको अनुसन्धानले देखाएको छ । ती सबैले कुनै न कुनै एन्ड्रोइड एप्स डाउनलोड गर्छन् ।

हुन त विश्व बजारमा एप्पलको आइओएसयुक्त आइफोन र माइक्रोसफ्टको विन्डोज ओएसयुक्त नोकियाका स्मार्टफोनमा पनि चल्तीमा छन् । नेपालमा भने तिनले त्यति लोकप्रियता हासिल गर्न सकेका छैनन् । आइफोनको नेपालमा आधिकारिक बिक्रेता छैनन् । यसको स्टोरमा एप्स राख्न निकै गाह्रो छ । एप्पलका सर्तहरु पुरा गर्न निकै गाह्रो रहेको हाम्रो पात्रो र अफलाइन डिक्सनरीका डेभलपर शंकर उप्रती बताउँछन् । उनका अनुसार एप्पल स्टोरमा एउटा एप्प राख्न बर्षको १ सय डलर तिर्नु पर्छ । त्यस्तै नोकियाको विन्डोज स्टोरमा धेरै एप्स नभएकाले त्यति लोकप्रियता हासिल गर्न सकेको छैन ।

एन्ड्रोइड लिनक्समा आधारित अपरेटिङ सिस्टम भएकाले सबैले एप्स डाउनलोड गरेर सजिलै राख्न सक्छन् । ुडेभलपर एक पटक २५ डलर तिरेर रजिस्टर्ड भएपछि जति एप्स पनि स्टोरमा राख्न सक्छ,ु आइटीका लागि चर्चित शहर सिलिकन भ्यालीमा कार्यरत उप्रेतीले भने, ुत्यसैले प्ले स्टोरमा एन्ड्रोइड एप्स धेरै छन् ।ु

एन्ड्रोइडलाई लोकप्रियताको शिखरमा पुर्‍याउन सामसङले सघाएको छ । नेपालमा स्मार्टफोनको मार्केट लिडर सामसङ नै छ । अरु बाण्डेड सेटहरु एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतका मोवाइल सेटले पनि यही ओएस प्रयोग गरेका छन् । एन्ड्रोइडको लोकप्रियता बढाउन सस्ता सेटको भूमिका त्यतिकै छ । बजारमा ५ हजार रुपैयाँदेखि एन्ड्रोइड स्मार्ट फोन उपलब्ध हुन थालेका छन् । कलर्स, जि फाइभ, कार्बन, स्पाइस,माइक्रोम्याक्स, ओलिभ, लाभालगायतका चिनिया ब्रान्डेड एन्ड्रोइड सेटले एन्ड्रोइडलाई उकासेका छन् ।

नेपाली एप्पबीच टपमा हाम्रो पात्रो, नेपाली न्युज, नेपाली फन्नी जोक, नेपाली भिडियो, रेडियो नेपाली सङ, नेपाली उखान टुक्का, नेपाली रेडियो, लिपिकार नेपाली, नेपाली सङ्स, नेपाली एफएम रेडियो, नेपाली रेसिपी, नेपाली नेशनल एन्थम, नेपाली लोडसेडिङ, थ्रिडी फ्ल्याग, नेपाली अडियो बुक, युआर नेपाली इफ, लोडसेडिङ, नेपाली पप संङ, नेपाली लोकगीतलगायतका एप्स टप लिस्टमा छन् । यी अधिकांश एप्स स्टोरमा फ्रि उपलब्ध छन् ।

गुगल प्लेमा केही पेड ९सशुल्क० नेपाली एप्स पनि छन् । थ्रिडी नेपाली फ्ल्याग ९१।३३ डलर०, लिपिकार नेपाली किबोर्ड ९१।५९ डलर०, डिस्कोभर नेपाल ९०।९९ डलर०, आइनेप्लिज (२।९९ डलर०लगायत छन् । नेपालमा इन्टरनेशन पेमेन्ट गेटवेको सुविधा नभएकाले नेपालीले पैसा तिरेर एप्स प्रयोग कमै गर्ने गरेको डेभलपर उप्रेती बताउछन् ।

प्ले स्टोरमा युटिलिटिज,  इन्टरटेनमेन्ट, सोसियल डेभलपमेन्ट, बिजनेस एन्ड फाइनान्सियल सर्भिसलगायतका एप्स छन् । नेपालीको दैनिकीमा एकाकार भइसकेको लोडसेडिङबारे जानकार दिने एप्सदेखि हँसाएर मनोरंजन गराउने जोक, उखान टुक्का, गीत संगीतलगायत खोजेजस्ता सबै एप्स स्टोरमा उपलब्ध छन् ।

एप्स स्टोरमा कति नेपाली एप्स छन् भन्ने यकिन तथ्यांक छैन । खोज्दा भेटिएका एप्सका आधारमा हजारौको संख्यामा नेपाली एप्स रहेको अनुमान लगाउन सकिन्छ ।

ब्यक्ति, सस्था, कम्पनी सबैले एप्स बनाएर राख्ने गरेका छन् । मोवाइल बैंकिङ सेवा प्रदान गर्ने अधिकांश बैंकका आफ्नै एप्प छन् । पशुपति पेन्ट्सले कलर छनौट गर्न एप्प सार्बजनिक गरेको छ । क्यास अन एडले मोवाइलमा कल रिसिभ गर्दा पैसा पाउने एप्प ल्याएको छ । विदेशीले समेत नेपाललाई चिनाउने एप्प बनाएका छन् । जर्मनीको थ्रिडि रियल्टी म्यापले सगरमाथाको थ्रिडी म्यापसहित आरोहणको पूरा जानकारी दिने एप्स माउन्ट एभरेस्ट थ्रिडी डेभलप गरेको छ ।

कतिपय कम्पनीहरुले एप्प बनाएर आफ्ना ग्राहकलाई सुविधा दिएका छन् । ब्यक्तिगत रुपमा बनाइएका एप्पले भने त्यसमा विज्ञापन राखेर आम्दानी गरिरहेका छन् । आफ्नो एप्प १ लाख ५० हजारभन्दा बढी पटक डाउनलोड भएको बताउने एक डेभलपरले त्यसमा राखेको विज्ञापनबाट दैनिक १० डलर आम्दानी गरिरहेको जानकारी दिए । मोवाइल एप्पमा भएको विज्ञापन युजरले क्लिक गरेका आधारमा डेभलपरले पैसा कमाउछन् । यसलाई मोनिटाइजेसन भनिन्छ । गुगलको विज्ञापन  गर्ने कम्पनी एड मोवले एप्स डेभलपरलाई एड उपलब्ध गराउछ ।

सर्च इन्जिनमा बजार कब्जा जमाएको गुगलको मोबाइल अपरेटिङ सिस्टम ९ओएस० एन्ड्रोइड बजारमा आएको ६ बर्ष नबित्दै लोकप्रियताको शिखरमा छ । कम्प्युटर चलाउनेहरूबीच माइक्रोसफ्टले बजार पिटेजस्तै स्मार्ट फोन अपरेटिङ सिस्टममा एन्ड्रोइडले सबै प्रकारका ओएसलाई पछि पारेको छ । पुराना सेट फेर्दै ग्राहक एन्ड्रोइड सेट किन्न थालेका छन् । गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइडको प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् ।

Thursday, September 26, 2013

कसरी जोगाउने ब्याट्री लाइफ?

एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ । त्यो भन्दा रोमाञ्चक कुरा एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरु फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन् । तर त्यसको दाँजोमा ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरु सफल हुन सकेका छैनन् । लोडसेडिङको मार खेपिरहेका नेपाली स्मार्टफोन प्रयोगकर्ताका लागि त झन् ब्याट्री लाइफ ठूलो चुनौती बनेको छ । स्मार्टफोनको ब्याट्री लाइफ जोगाउन १० टिप्स स्

१। ब्राइटनेस घटाउनुहोस्

स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मनपर्छ तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो । स्मार्टफोनका अरु कम्पोनेन्ट भन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहस नहस पारिदिन्छ । धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ । यो मोडमा तपाइँले आफ्नो फोनलाई राख्नु भयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ । अझ तपाइँले आफ्नो स्क्रिनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो । यही एउटा टिप अनुसरण गर्नुभयो भने मात्रै पनि तपाइँले स्मार्टफोनको ब्याट्री लाइफमा नाटकीय सुधार अनुभव गर्नुहुनेछ ।

२। टाइम आउट छोट्याउनुहोस्

तपाइँको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्क्रिन टाइम आउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ । ९आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनेरल सेटिङभित्र गएर अटो लक हेर्नुहोस्० यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्क्रिन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा १५ सकेन्डमै टाइम आउट हुने अप्सन हुन्छ । तर आइफोनमा भने यसलाई १ मिनेटभन्दा कममा सेट गर्न मिल्दैन । ब्याट्री लाइफाका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले दिइएका मध्ये टाइम आउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस् ।

३। ब्लुटुथ र वाइफाइ अफ गर्नुहोस्

ब्लुटुथ र वाइफाइ ब्याट्री लाइफका अर्का दुई शत्रु हुन् । त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस् । वाइफाइ नभएको स्थानमा वाइफाइ अन गर्नुको कुनै औचित्य नहुने हुँदा थ्रिजी वा जिपीआरएस प्रयोग गर्नु उचित हुन्छ ।

४। जिपीएसमा सावधानी अपनाउनुहोस्

जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो । यो एक प्रकारको रेडियो हो । यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाइँको फोनको लोकेसन पत्ता लाउने काम गर्छ । धेरै एपहरुले लोकेसनका लागि फोनको जिपीएस एक्सेस गर्छन् । जिपीएस एक्सेस सबै एपलाई नदिनुहोस् । आफ्नो आवश्यकता हेरेर मात्र एपहरुलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ ।

५। ब्याकराउन्डमा रन हुने एप अफ गर्नुहोस्

एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो । स्मार्टफोनको यो महत्वपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ । एप चलरिहँदा यसको लोड प्रोसेरमा पर्छ । ब्याकराउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ । मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकराउन्डका एपलाई बन्द गर्न सकिन्छ । समय समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट अझ राम्रो हो ।

६। तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस् । गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नस्ट भएर जान्छ । स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेञ्ज हुन्छ । त्यो भन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नस्ट हुनपुग्छ ।

७। भाइब्रेटसन प्रयोग नगर्नुहोस्

तपाइँ फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ रु रिङटोन भन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ । रिङटोन बज्दा आवाज निकाल्नको लागि मोबाइल फोनको सानो ुमेम्ब्रेनुलाई भाइब्रेट गरे मात्र पुग्छ । यसको विपरित भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ । यो प्रक्रियाको लागि धेरै उर्जा खपत हुन्छ । आवाजले डिस्टर्भ नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेशन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस् ता कि भाइब्रेसन बिना नै नयाँ कल आएको थाहा होस् ।

८। अनावश्यक नोटिफिकेशन अफ गर्नुहोस्

प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन् । एपहरुले केही भेटाउन साथ त्यसले आवाज निकाल्छ, स्क्रिन उज्यालो पार्छ वा म्यासेज देखाउँछ । अथवा यी सबै कुरा गर्छ । स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ । ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो ।

९। पावर सेभिङ मोड

स्मार्टफोन कम्पनीहरुले विभिन्न मोडलअनुसार फरक फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन् । यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ । यसले एपहरुलाई ब्याकराउन्डमा अपडेट हुनबाट रोक्छ । स्क्रिनलाई मधुरो बनाउँछ, स्क्रिनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ । हुन तस्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ ।

१०। अरु केही उपाय

फ्लास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो । मल्टिपल सट लिने हो भने त सानो फ्लासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ । तत्कालै जवाफ फर्काउनु छैन भने इमेल नोटफिकेशनको समय २०—३० मिनेटमा सेट गर्नुहोस् । यसले छिटो छिटो आउने नोटिफिकेशनबाट ब्याट्रीलाई जोगाउँछ । तपाइँ आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस् । त्यसले पनि तपाइँको ब्याट्री लाइफ जोगाउँछ । फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस् । त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ । ब्याट्री पूर्णरुपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center