हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 28, 2013

गुगल प्लेमा नेपाली एप्स



यसलाई यति लोकप्रिय गराउने भूमिका एप्सको छ । एन्ड्रोइड एक प्रकारको प्लेट र्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स ९एप्स० प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । डेभलपरहरुले आफूले डेभलप गरेको एप्प प्ले स्टोरमा राख्न सक्छन् ।

एक छिन प्ले स्टोरको भिजिट गर्ने कि रु नेपाली मोवाइल युजरबीच एन्ड्रोइडको लोकप्रियता बढ्दै जाँदा डेभलपरले आफ्नो आइडियालाई एप्सको माध्यमबाट युजरबीच शेयर गर्ने अवसर पाएका छन् । प्ले स्टोरमा त्यस्ता सयौं नेपाली एप्स छन्, जसले हाम्रो दैनिकीमा सघाउँछन् । नेपालबाट टप फ्रि एन्ड्रोइड एप्स सर्च गर्दा टप फाइभभित्रै नेपाली एप्प आउँछ । यस साता टप फाइभमा नेपाली एप क्यासअनएड परेको छ । यसको विकासकर्ता क्यास अन एडका अनुसार यस एप्पलाई दैनिक ३ हजार ५ सय जनासम्मले डाउनलोड गरिरहेका छन् । यस एप्पअघि नम्बर १ देखि ४ सम्म विश्वब्यापी लोकप्रियता हासिल गरेका एप्स क्रमशः फेसबुक, भाइबर, ओपेरा मिनी बेब ब्राउजर र स्काइप परेका छन् ।

यसै गरी अन्य टप एप्समा नेपाली लोड सेडिङ, नेपाली पात्रो क्रमशः सातौं र आठौं स्थानमा छन् । अरु विदेशीसगै टप एप्समा नेपाली लाइभ टिभी, अफलाइन नेपाली इङ्ंलिस डिक्सनरी, हाम्रो पात्रो, इसेवा, नेपाली इङ्लिस डिक्सनरी, नेपाली डेट कन्भर्टर, गोल नेपाल, पाणिनी किप्याड नेपाली आइएमइ, नेपाली लोकगित, नेपाली पात्रोलगायतका एप्स क्रमशः  छन् । 

विभिन्न बैंकको मोवाइल बैंकिङलगायत ५० भन्दा बढी एप्स विकास गरेको एफवन सफ्टका अध्यक्ष विश्वास ढकालका अनुसार नेपालमा एन्ड्रोड मोवाइल प्रयोगकर्ताको संख्या ८ लाख ८० हजार रहेको अनुसन्धानले देखाएको छ । ती सबैले कुनै न कुनै एन्ड्रोइड एप्स डाउनलोड गर्छन् ।

हुन त विश्व बजारमा एप्पलको आइओएसयुक्त आइफोन र माइक्रोसफ्टको विन्डोज ओएसयुक्त नोकियाका स्मार्टफोनमा पनि चल्तीमा छन् । नेपालमा भने तिनले त्यति लोकप्रियता हासिल गर्न सकेका छैनन् । आइफोनको नेपालमा आधिकारिक बिक्रेता छैनन् । यसको स्टोरमा एप्स राख्न निकै गाह्रो छ । एप्पलका सर्तहरु पुरा गर्न निकै गाह्रो रहेको हाम्रो पात्रो र अफलाइन डिक्सनरीका डेभलपर शंकर उप्रती बताउँछन् । उनका अनुसार एप्पल स्टोरमा एउटा एप्प राख्न बर्षको १ सय डलर तिर्नु पर्छ । त्यस्तै नोकियाको विन्डोज स्टोरमा धेरै एप्स नभएकाले त्यति लोकप्रियता हासिल गर्न सकेको छैन ।

एन्ड्रोइड लिनक्समा आधारित अपरेटिङ सिस्टम भएकाले सबैले एप्स डाउनलोड गरेर सजिलै राख्न सक्छन् । ुडेभलपर एक पटक २५ डलर तिरेर रजिस्टर्ड भएपछि जति एप्स पनि स्टोरमा राख्न सक्छ,ु आइटीका लागि चर्चित शहर सिलिकन भ्यालीमा कार्यरत उप्रेतीले भने, ुत्यसैले प्ले स्टोरमा एन्ड्रोइड एप्स धेरै छन् ।ु

एन्ड्रोइडलाई लोकप्रियताको शिखरमा पुर्‍याउन सामसङले सघाएको छ । नेपालमा स्मार्टफोनको मार्केट लिडर सामसङ नै छ । अरु बाण्डेड सेटहरु एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतका मोवाइल सेटले पनि यही ओएस प्रयोग गरेका छन् । एन्ड्रोइडको लोकप्रियता बढाउन सस्ता सेटको भूमिका त्यतिकै छ । बजारमा ५ हजार रुपैयाँदेखि एन्ड्रोइड स्मार्ट फोन उपलब्ध हुन थालेका छन् । कलर्स, जि फाइभ, कार्बन, स्पाइस,माइक्रोम्याक्स, ओलिभ, लाभालगायतका चिनिया ब्रान्डेड एन्ड्रोइड सेटले एन्ड्रोइडलाई उकासेका छन् ।

नेपाली एप्पबीच टपमा हाम्रो पात्रो, नेपाली न्युज, नेपाली फन्नी जोक, नेपाली भिडियो, रेडियो नेपाली सङ, नेपाली उखान टुक्का, नेपाली रेडियो, लिपिकार नेपाली, नेपाली सङ्स, नेपाली एफएम रेडियो, नेपाली रेसिपी, नेपाली नेशनल एन्थम, नेपाली लोडसेडिङ, थ्रिडी फ्ल्याग, नेपाली अडियो बुक, युआर नेपाली इफ, लोडसेडिङ, नेपाली पप संङ, नेपाली लोकगीतलगायतका एप्स टप लिस्टमा छन् । यी अधिकांश एप्स स्टोरमा फ्रि उपलब्ध छन् ।

गुगल प्लेमा केही पेड ९सशुल्क० नेपाली एप्स पनि छन् । थ्रिडी नेपाली फ्ल्याग ९१।३३ डलर०, लिपिकार नेपाली किबोर्ड ९१।५९ डलर०, डिस्कोभर नेपाल ९०।९९ डलर०, आइनेप्लिज (२।९९ डलर०लगायत छन् । नेपालमा इन्टरनेशन पेमेन्ट गेटवेको सुविधा नभएकाले नेपालीले पैसा तिरेर एप्स प्रयोग कमै गर्ने गरेको डेभलपर उप्रेती बताउछन् ।

प्ले स्टोरमा युटिलिटिज,  इन्टरटेनमेन्ट, सोसियल डेभलपमेन्ट, बिजनेस एन्ड फाइनान्सियल सर्भिसलगायतका एप्स छन् । नेपालीको दैनिकीमा एकाकार भइसकेको लोडसेडिङबारे जानकार दिने एप्सदेखि हँसाएर मनोरंजन गराउने जोक, उखान टुक्का, गीत संगीतलगायत खोजेजस्ता सबै एप्स स्टोरमा उपलब्ध छन् ।

एप्स स्टोरमा कति नेपाली एप्स छन् भन्ने यकिन तथ्यांक छैन । खोज्दा भेटिएका एप्सका आधारमा हजारौको संख्यामा नेपाली एप्स रहेको अनुमान लगाउन सकिन्छ ।

ब्यक्ति, सस्था, कम्पनी सबैले एप्स बनाएर राख्ने गरेका छन् । मोवाइल बैंकिङ सेवा प्रदान गर्ने अधिकांश बैंकका आफ्नै एप्प छन् । पशुपति पेन्ट्सले कलर छनौट गर्न एप्प सार्बजनिक गरेको छ । क्यास अन एडले मोवाइलमा कल रिसिभ गर्दा पैसा पाउने एप्प ल्याएको छ । विदेशीले समेत नेपाललाई चिनाउने एप्प बनाएका छन् । जर्मनीको थ्रिडि रियल्टी म्यापले सगरमाथाको थ्रिडी म्यापसहित आरोहणको पूरा जानकारी दिने एप्स माउन्ट एभरेस्ट थ्रिडी डेभलप गरेको छ ।

कतिपय कम्पनीहरुले एप्प बनाएर आफ्ना ग्राहकलाई सुविधा दिएका छन् । ब्यक्तिगत रुपमा बनाइएका एप्पले भने त्यसमा विज्ञापन राखेर आम्दानी गरिरहेका छन् । आफ्नो एप्प १ लाख ५० हजारभन्दा बढी पटक डाउनलोड भएको बताउने एक डेभलपरले त्यसमा राखेको विज्ञापनबाट दैनिक १० डलर आम्दानी गरिरहेको जानकारी दिए । मोवाइल एप्पमा भएको विज्ञापन युजरले क्लिक गरेका आधारमा डेभलपरले पैसा कमाउछन् । यसलाई मोनिटाइजेसन भनिन्छ । गुगलको विज्ञापन  गर्ने कम्पनी एड मोवले एप्स डेभलपरलाई एड उपलब्ध गराउछ ।

सर्च इन्जिनमा बजार कब्जा जमाएको गुगलको मोबाइल अपरेटिङ सिस्टम ९ओएस० एन्ड्रोइड बजारमा आएको ६ बर्ष नबित्दै लोकप्रियताको शिखरमा छ । कम्प्युटर चलाउनेहरूबीच माइक्रोसफ्टले बजार पिटेजस्तै स्मार्ट फोन अपरेटिङ सिस्टममा एन्ड्रोइडले सबै प्रकारका ओएसलाई पछि पारेको छ । पुराना सेट फेर्दै ग्राहक एन्ड्रोइड सेट किन्न थालेका छन् । गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइडको प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center