हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, August 19, 2013

मोबाइलमा गुणस्तर दिन नसके ३५ लाखसम्म जरिवाना

 मोबाइल र ल्यान्डलाइन सेवा उपलब्ध गराउने कम्पनीले ग्राहकलाई तोकिएको गुणस्तर दिन नसके ३५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी कानुन बनाउने तयारी थालिएको छ । गुणस्तर मापदण्डमा केही सुधार गरेर कारबाहीको दायरा समेत समेटी दूरसञ्चार प्राधिकरणले यस्तो कानुन ल्याउन लागेको हो ।

दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीबीचको गुणस्तरमा एक रूपता ल्याउँदै ग्राहकको हित संरक्षणका लागि यस्तो नियम बनाउन लागिएको हो । ुअनुगमन प्रणालीलाई सुधार गरेर कारबाही पनि गर्न सक्ने गरी नियमको मस्यौदा बनाइएको छ,ु दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ुछलफलपछि आवश्यक परे संशोधन गरेर पारित गर्न मन्त्रालय पठाइने छ ।ु

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन ९आईटीयू० को सहयोगमा दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरसम्बन्धी नयाँ कानुन बनाउन लागेको हो । हाल कानुनको मस्यौदा तयार गरेर ३० दिनभित्र प्राधिकरणले सरोकारवालासँग सुझाव मागेको छ । त्यसपछि अन्तिम रूप दिएर मन्त्रालयमार्फत कानुनका रूपमा लागू हुने छ । नयाँ नियमावलीमार्फत उक्त व्यवस्था गरिने छ ।

तयार पारिएको मस्यौदाअनुसार ग्राहकले सेवा नपाउने सम्भावना १ प्रतिशतभन्दा कम हुनुपर्ने छ । ुनेटवर्क डाउनटाइमु भनी राखिएको यो मापदण्डमा निश्चित अवधिभित्र प्रयोगकर्ताले चाहेको समयमा सेवा उपलब्ध भएरनभएको हेरिने छ ।

एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा सम्पर्क हुने समय ५ सेकेन्ड वा कम हुनुपर्ने व्यवस्था यसमा राखिएको छ । सम्पर्क भइसकेपछि दुईमध्ये एक ग्राहकले फोन नराखेसम्म कल टुट्न नहुने अवस्था ९८ प्रतिशत रहनुपर्ने व्यवस्था गर्न लागिएको छ । हाल फोन नलाग्ने र लागिहाले बीचबीचमै काटिने अवस्था केही नेटवर्कमा देखिन्छ ।

दुई ग्राहकबीच फोनमा कुरा गर्दा सुनिने आवाजको गुणस्तर पनि मापण्डमा पारिएको छ । जसअन्तर्गत निश्चित प्रक्रियाबाट ग्राहकको मत लिएर सेवा प्रदायकलाई अंक दिइने छ । एकै सेवा प्रदायकको सेवा क्षेत्रभित्र र ल्यान्डलाइनमा ट्रक कोड डायल गरेर सम्पर्क गर्दा विच्छेद हुने सम्भावना ३ प्रतिशत वा सोभन्दा कम हुनुपर्ने छ ।

मोबाइलमा नेटवर्क देखाए पनि सेवा पाउन नसक्ने सम्भावना २ प्रतिशत वा कम हुनुपर्ने व्यवस्था मस्यौदामा छ । मस्यौदा जस्ताको त्यस्तै लागू भए डाटा सेवा लिएका ग्राहकले ४ घन्टाभित्रै चलाउन सक्ने व्यवस्था हुने छ । ुएक्टिभेसनु समय बढीमा ४ घन्टा र ९५ प्रतिशतभन्दा बढी सफल हुनुपर्ने व्यवस्था राखिएको छ । डाटा डाउनलोड गर्दा कुलको ८० प्रतिशतभन्दा बढी सफल हुनुपर्ने मापदण्डको व्यवस्था गर्न लागिएको छ । यसमा अपलोडलाई भने ७५ प्रतिशतभन्दा बढी राख्नुपर्ने छ ।

ग्राहकले खरिद गरेको डाटा प्याकेजअनुसार सम्पर्क भइरहेको छ छैन भनेर ुथ्रुपुटु पनि प्राधिकरणले अध्ययन गर्ने छ । जसमा ग्राहकले लिएको सेवा ७५ प्रतिशतभन्दा बढी पाउनुपर्ने छ । इन्टरनेट डाटा प्रयोगकर्ताले पठाएको सूचना अर्को प्रयोगकर्तासम्म पुग्न लाग्ने समय २ सय ५० मिलिसेकेन्डभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

ग्राहकले यस्ता सेवा लिएपछि बिल भुक्तानी गर्दा हुने गुनासो २ प्रतिशतभन्दा कम हुनुपर्ने छ । भएका गुनासामध्ये ९० प्रतिशत १५ दिनभित्रै सुल्झनुपर्ने व्यवस्था पनि राखिएको छ ।

कानुनमा तोकिएका गुणस्तरबारे प्राधिकरणले आफैं जानकारी नदिई परीक्षण गर्न सक्ने र फेला पारिएका नतिजा सार्वजनिक रूपमा प्रकाशन गर्न सक्ने प्रावधान मस्यौदामा राखिएको छ । तोकिएको गुणस्तर पूरा नगर्दा पहिलो ६ महिना कुनै पनि जरिवाना नगर्ने तर त्यसपछि १ वर्षसम्म १५ लाख रुपैयाँ तोकिएको छ । दुई वर्षसम्म सुधार नभए २० लाख र ५ वर्ष पुगेपछि ३५ लाख रुपैयाँ जरिवना लगाइने छ ।

मोबाइल सेवाको विस्तारसँगै ग्राहकबाट गुणस्तरबारे गुनासो आउने क्रम पछिल्ला वर्ष बढेको छ । सेवाको गुणस्तर खस्कनमा सबैभन्दा धेरै असर विद्युत् अभाव रहेको सेवा प्रदायक बताउँछन् । लोडसेडिङको समयमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने र त्यसले लामो समय काम नगर्दा समस्या पर्ने गरेको छ ।

अर्कोतर्फ खरिद गरिएको उपकरणको गुणस्तरका कारण पनि समस्या पर्ने गरेको छ । ग्राहकको मोबाइल फोन सेट गुणस्तरीय नहुँदा पनि नेटवर्क राम्ररी नचल्ने समस्या देखिने सेवा प्रदायक दाबी गर्छन् ।

पिसाब जाँच्ने मोबाइल एप्प

स्मार्ट फोनमा राखिएको युचेक नामक एप्पले स्मार्ट फोनकै क्यामेराको सहायताबाट विभिन्न रोगहरू पत्ता लगाउन सकिने भएको छ।

उक्त मोबाइल एप्पको प्रदर्शन हालै अमेरिकाको लस एन्जेलस शैक्षिक प्राविधिक मेलामा गरिएको थियो। युचेक नामक एप्पले मानिसमा लाग्ने विभिन्न २५ किसिमका रोग पत्ता लगाउन सक्छ। विकासशील देशहरूका लागि यो एप्प अति नै उपयोगी साबित हुनेछ।

यो एप्पले पिसाबमा भएको ग्लुकोज, प्रोटिन, नाइट्रिट आदि दस किसिमका तत्व पत्ता लगाउन सक्छ। यसबाट मधुमेह, मूत्रनलीको संक्रमण, क्यान्सर, लिभर संक्रमणलगायतका प्राणघातक रोगहरू क्षणभरमै र अस्पतालको खर्चभन्दा सस्तो दरमै परीक्षण गराउन सकिन्छ।

एक प्रकारको टेस्ट स्ट्र्पि बिरामीको पिसाबमा डुबाएपछि विभिन्न तत्वको तस्बिर बाहिर देखिन थाल्छ र मोबाइलको क्यामेराले पढेर तस्बिरमा देखिने तत्वहरूको विश्लेषण गरी रोग भए(नभएको देखाउँछ। यो एप्प २० डलर शुल्क तिरेर एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ। (

Saturday, August 17, 2013

मोबाइल एप्लिकेशन, प्रेमी प्रेमीमा टाढा बसेर पनि एकअर्काको मुटुको धड्कन सुन्न सक्दछन !

pillow
प्रेमी प्रेमिकाहरू अब टाढा भएपनि एक अर्काको मायाको महसूस गर्न सक्ने भएका छन । अनुसन्धान कर्ताहरूले एउटा यस्तो मोबाइल एप्लीकेशन बनाएका छन, जसले धेरै टाढा टाढा रहेका दुइ प्रेमीहरूले एक अर्काको मुटुको धडकन सुन्न सक्नेछन ।

पिलो टक नामको यस एप्लीकेशनमा नारीमा एउटा व्याण्ड बाँधिन्छ । यसको डिजाइन ब्रिटेनको एक कम्पनीले तयार गरेको हो । यसले एक अर्कासंग धेरै टाढा बसेर पनि प्रेमी प्रेमीकाको मुटुको धडकन तरङ्गमा बदलिन्छ, जन ब्लूटूथ मार्फत एन्ड्रोइड र आइओएस एप्लीकेशनमा पठाइन्छ । यसै एप्लीकेशन मार्फत दुइ जना मानिसले आफ्नो मोबाइलमा एक अर्काको धडकनलाइ सजिलै सुन्न सक्दछन ।
कम्पनीको वेबसाइटका अनुसार, ‘हेडफोन लगाएर वा पिलो स्पीकर मार्फत उक्त धडकनको आवाज सुन्न सकिन्छ । जसले निकै टाढा रहेका प्रेमीहरको बीचमा आत्मीयता भैरहन्छ । यस एप्लीकेशनलाइ सन २०१० मा जोन्ना मोन्टगोमरीले कलेज प्रोजेक्ट का रूपमा तयार गरेका थिए । त्यतिबेला देखि अहिले सम्म यूट्यूबमा यसलाइ साँढे सात लाख भन्दा धेरै मानिसहरूले हेरिसकेका छन ।

४ सेप्टेम्बरमा सामसुङले ग्यालेक्सी गियर ल्याउँदै

भाद्र २, सामसुङ आगामी महिनाको ४ तारिखमा नारी-घडी (रिस्टवाच) जस्तै एक प्रकारको डिभाइस ग्यालेक्सी गियर प्रस्तुत गर्दैछ, यसबाट फोनकल, ईमेल र वेब सर्फिङ गर्न सकिन्छ । यस रिस्टवाचसंग सम्बनधित दुइ जनामानिसहरूलाइ उद्धृत गर्दै ब्लूमबर्ग ले यस कुराको जानकारी दिएको हो ।  samsung
ग्यालेक्सी गियरमा ऐन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ, यस बर्षदेखिनै बजारमा यसलाइ उतारिने बताइएको छ, ताकि यसले एप्पलको उक्त स्मार्टवाचलाइ उछिन्न सकोस, जुन आउन लागेको हल्ला अहिले मिडियाहरूमा निकै चलिरहेको छ ।
रिपोर्टका अनुसार यस ग्यालेक्सी गियरलाइ बर्लिनमा IFA कन्ज्यूमर इलेक्ट्रोनिक्स शो भन्दा दुइ दिन अघिनै सार्वजनिक गरिनेछ ।
रिपोर्ट अनुसार ग्यालेक्सी गियरलाइ सामसुङ ग्यालेक्सी नोट 3 का साथमा सार्वजनिक गरिनेछ । सामसुझले यसै महिनाको शुरूमा ४ सेप्टेम्बरका लागी एक इभेन्टको इन्भिटेसन पठाएको थियो, जसलाइ ग्यालेक्सी नोट 3 को इन्भिटेशन मानिएको थियो ।

अब आइफोनले बताइदिन्छ ब्रा को साइज

स्मार्टफोनको दुनिया निकै रोचक बन्दै गइरहेको छ । दिनहुँ र्सार्वजनिक हुने एप्लिकेसनहरुले स्मार्टफोन प्रयोगकर्तालाई नयाँ नयाँ स्वाद तथा सुविधा प्रदान गर्दै आएका छन् । हालै दुइजना वैज्ञानिकलेे अर्को अचम्मको स्मार्टफोन एप र्सार्वजनिक गरेको छ । अमेरिकी अन्तरीक्ष संस्था नासामा समेत काम गर्ने दुइ जना वैज्ञानिकले मिलेर बनाएको उक्त स्मार्टफोन एप महिलाहरुप्रति लक्षित छ । यसको मद्दतले महिलाहरुले आफुले लगाउने ब्रा को सही साइज पत्ता लगाउन सक्नेछन् ।
1
यो नयाँ एपको नाम थर्डलभ हो । यसलाई महिलाहरुको लागि सही साइजको ब्रा पत्ता लगाउनकै लागि तयार पारिएको बताइएको छ । एक अध्ययनले ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउने गरेको देखाएको छ ।
समाचार अनुसार यो प्रविधिले फोटोग्राफका माध्यमबाट काम गर्छ । जो महिलालाई आफ्नो सही ब्रा साइज पत्ता लगाउनु छ उनीहरुले टाइट टिर्सटमा आफ्नो तस्वीर खिच्नर्ुपर्छ । त्यसपछि त्यो तस्वीरलाई विश्लेषण गरेर स्मार्टफोनको त्यो एप्लिकेसनले ब्रा को सही साइज बताइदिनेछ । यो एपले टू डी तस्वीरबाट थ्री टी तथ्य सिर्जना गर्छ र वक्षस्थलको साइजको आधारमा ठीक्क हुने ब्रा को साइज पत्ता लगाउँछ ।
bra
यो एप आइफोनका लागि बनाइएको हो । यो एप तयार पार्नका लागि सुरुमै ५६ लाख डलर खर्च गरिएको बताइएको छ । यो एपमा एक महिलाको आवाज समेत रर्ेकर्ड गरिएको छ जसले ब्रा को साइज घोषणा गर्छिन् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center