हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 14, 2013

माइक्रोम्याक्सले भित्रायो ‘क्यानभास-४’

भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘क्यानभास-४’ नेपाली बजारमा भित्रिएको छ । ‘क्यानभास-४’ माइक्रोम्याक्सको क्यानभास सिरिजमा सुधारिएको स्मार्टफोन हो । माइक्रोम्याक्सको नेपालका लागी आधिकारिक बिक्रेता मुरारका अर्गनाइजेशनले उक्त स्मार्टफोन नेपाली बजारमा भित्राएको हो ।
‘क्यानभास-४’ मा पछाडी १३ मेगापिक्सेल एलइडी क्यामेरा रहेको छ भने अगाडी ५ मेगापिक्सेल क्यामेरा रहेको छ । यस स्मार्टफोनबाट फेस डिटेक्सन गरि उच्च गुणस्तरको भिडियो र फोटो खिच्न सकिन्छ ।
Micromax-Canvas-4
‘क्यानभास-४’ स्मार्टफोन आँखाको गतिबाट चल्ने स्मार्टफोन हो । यसमा भिडियो हेरिरहेका बेलामा आँखा स्त्रिmन बाहिर लगे भिडियो अटोमेटिक रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याएपछि भिडियो आफै चल्न थाल्छ । यसभन्दा अगाडी सामसुङले आँखाको गतिबाट चल्ने स्मार्टफोन ‘सामसुङ एसफोर’ बजारमा ल्याएको थियो ।
‘क्यानभास-४’ मा एउटा भिडियो हेर्दा-हेर्दै त्यसलाई पज नगरि अर्को भिडियो हेर्न मिल्ने कम्पनीले जनाएको छ । यसमा ५ इञ्चको एचडी स्त्रिmन रहेको छ । जस्ले गर्दा उच्च क्वालिटीको भिडियो हेर्न सकिनेछ । १.२ गिगाहर्ज क्वार्ड कोर कोर्टेक्स प्रोसेसर रहेको ‘क्यानभास-४’ मा ४.२ ओएस जेलिबिन अपरेटिङ सिष्टम रहेको छ । यसमा दुई सीम प्रयोग गर्न मिल्नुका साथै हरेक समय थि्रजी कनेक्ट हुने कम्पनीको दाबि छ ।
‘क्यानभास-४’ मा १६ जीबी फ्लास मेमोरी रहेको छ भने आवश्यकताअनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने छ । स्मार्टफोन किन्दा फिल्प कभर सित्तैमा पाइने छ ।

क्यानभास ४ मोबाइल बजारमा

माइक्रोम्याक्सको नयाँ मोडल क्यानभास फो मोबाइल नेपाली बजारमा आएको छ। यो क्यानभास सिरिजको नविनतम अपग्रेडेड भर्सन हो। विविध विशेषतायुक्त यो सेटलाई कम्पनीले ुकुल एन्ड ट्रेन्डीु भएको दाबी गरेका छन्। हलुका र रंगिन यो मोबाइलमा पाँच एमपी फ्रन्ट क्यामरा, १३ एमपीको ब्याक प्रोफेसनल क्यामरा छ। क्यामरामा अटो फोकस राखिएको कम्पनीले जनाएको छ।
   
ुयसको ठूलो र चम्किलो स्क्रिन रहेकाले फोटो तथा भिडियो हेर्न सजिलो हुन्छ,ु विज्ञप्तिमा भनिएको छ।

Tuesday, August 13, 2013

आयो नोकियो को 105 मोडल हेर्नुहोस् ( फोटो फिचर सहित र यसको मूल्य सहित )




यसमा रहेको सुविधा
१, F.M भएको
२, १ बर्ष वारेन्टि भएको
३, मोवाईल मा केहि समस्या आएमा कम्पनिले साटिदिने
४, टर्च लाईट भएको
५, लामो टाईम सम्म ब्याट्रि ब्याकप भएको
६, हिन्दि भासा भएको
७, फुल कलर डिस्प्ले भएको

यसको मूलय रहेको छ मात्र 2,400 



अब घरमा नै बसेर ड्राइविंग लाइसेन्सको परीक्षा दिन सकिन्छ,,,

अब घरमा नै बसेर ड्राइविंग लाइसेन्सको परीक्षा दिन सकिन्छ,,,
ड्राइविंग टेस्टको लागि अब आरटीओको परीक्षा कक्षामा घन्टौ समय बिताउन आवश्यक छैन । यति मात्र नभई लामो लाइनमा बस्नु पर्ने झन्झट पनि अब हट्ने भएको छ । किनभने अब छिट्टै कम्प्यूटरको अनलाइन मार्फत ड्राइविंगाको परीक्षा दिन सक्नु हुनेछ ।
 
भारत विभागीय अफसरका अनुसार आईआईटी रुडको छात्राले अनलाइन परीक्षाको लागि सफ्टवेयर तयार गरिसकेका छन् । मात्र यस सफ्टवेयरलाई अनुमति मिल्न बाँकी छ । विभागको विशेषज्ञले यसलाई अपलोड गर्ने तयारीमा रहेको बताइएको छ ।
 
यसपछि ड्राविंगको लिखित परीक्षा निर्धारित समयमा सफ्टवेयरद्धारा कम्प्यूटरको अनलाइनबाट नै दिन सकिन्छ । डक्युमेन्ट वेरीफिकेशन र बायोमेट्रिकको लागि भने कार्यालयमा नै पुग्ने पर्ने हुन्छ ।

Sunday, August 11, 2013

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center