हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, August 13, 2013

अब घरमा नै बसेर ड्राइविंग लाइसेन्सको परीक्षा दिन सकिन्छ,,,

अब घरमा नै बसेर ड्राइविंग लाइसेन्सको परीक्षा दिन सकिन्छ,,,
ड्राइविंग टेस्टको लागि अब आरटीओको परीक्षा कक्षामा घन्टौ समय बिताउन आवश्यक छैन । यति मात्र नभई लामो लाइनमा बस्नु पर्ने झन्झट पनि अब हट्ने भएको छ । किनभने अब छिट्टै कम्प्यूटरको अनलाइन मार्फत ड्राइविंगाको परीक्षा दिन सक्नु हुनेछ ।
 
भारत विभागीय अफसरका अनुसार आईआईटी रुडको छात्राले अनलाइन परीक्षाको लागि सफ्टवेयर तयार गरिसकेका छन् । मात्र यस सफ्टवेयरलाई अनुमति मिल्न बाँकी छ । विभागको विशेषज्ञले यसलाई अपलोड गर्ने तयारीमा रहेको बताइएको छ ।
 
यसपछि ड्राविंगको लिखित परीक्षा निर्धारित समयमा सफ्टवेयरद्धारा कम्प्यूटरको अनलाइनबाट नै दिन सकिन्छ । डक्युमेन्ट वेरीफिकेशन र बायोमेट्रिकको लागि भने कार्यालयमा नै पुग्ने पर्ने हुन्छ ।

Sunday, August 11, 2013

चीनमा सस्ता मोबाइलको वर्चस्व

उपभोक्ता स्थानीय सस्तो मोबाइलतर्फ लम्किदाँ पछिल्लो समय अमेरिकी एप्पल कम्पनीको स्मार्ट फोनको बिक्री चीनमा गत वर्षको तुलनामा आधा मात्र भयो। चीनमा बिक्री मोबाइल फोनमा एप्पलले ५ प्रतिशतमात्र हिस्सा लिन सक्यो। यो एप्पलको २०१० यताकै सबैभन्दा कम बिक्री भएको बजार विश्लेषक द कपर्टिनोले जनाएको छ। सबैभन्दा धेरै बिक्री गर्ने सामसङ पनि १८ प्रतिशत बजार हिस्सामै सीमित भएको छ।

चीनमा सबैभन्दा ठूलो दुरसञ्चार सेवाप्रदायक चाइना युनिकमले स्थानीय सस्ता मोबाइल उत्पादकसँग साझेदारी गरेकाले पनि विदेशी कम्पनी अप्ठेरोमा परेका हुन्। युनिकमसँगको साझेदारीले लेनेभो र जेडटिइजस्ता कम्पनीलाई फाइदा भएको छ। यी कम्पनीले उत्पादन गरेका मोबाइल सेट ८२ अमेरिकी डलरसम्म बजारमा उपलब्ध छन्।

ुएप्पल, सामसङजस्ता कम्पनी महँगा सेटमा केन्द्रित छन,ु कर्पटिनोका निकोल पेंगले भने, ुचिनियाँ मोबाइलको बजार भने मध्यम र न्युन मध्यम वर्गमा सरेको छ।ु स्थानीय उत्पादकले भने आक्रमक बजारीकरणमार्फत आफूलाई बजारमा स्थापित गराउँदै लगेको उनले जानकारी दिए।

बजारमा आफ्नो स्थिति बलियो बनाउँदै गएको चिनियाँ कम्पनी सियाओमीले यस वर्ष एक करोड ५० लाख सेट बिक्री गर्ने लक्ष्य राखेको छ। उसले गत वर्ष ७२ लाख सेट बिक्री गरेको थियो। बजार हिस्सा बढ्दै गए पनि ठूला बहुराष्ट्रिय कम्पनीलाई उछिन्ने महत्वाकांक्षा भने नलिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लि जुन बताउँछन्।

यसैबीच एप्पलले स्थानीय कम्पनीसँगको साझेदारीमा सस्ता मोबाइल उत्पादन गर्ने छलफल चलाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हालै चीन भ्रमण यसै विषयमा केन्द्रित भएको बताइए पनि विस्तृत विवरण सार्वजनि गरिएको छैन।

सामसङका दुई ग्याजेट अमेरिकामा प्रतिवन्ध

वासिंगटन ( संयुक्त राज्य अमेरिकाको युएस इन्टरनेसनल ट्रेड कमिसन ९आइटिसी०ले एप्पलको पेटेन्ट अनधिकृत रुपमा प्रयोग गरिएका सामसङ मोबाइल फोन र ट्याब्लेटमाथि प्रतिबन्ध लगाएको छ।


सामसङले एप्पलको मल्टिटच विशेषता र हेडफोन ज्याक पहिचान विधि अनधिकृत रुपमा आफ्ना उपकरणमा प्रयोग गरेको निष्कर्षमा आइटिसी पुगेको हो। यो फैसला गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने मोबाइल निर्माता सामसङको लागि ठूलो धक्का हो भने एप्पलको हकमा जित। एप्पलले गरेको अरु चारवटा पेटेन्ट दाबी भने आइटिसीले खारेज गरेको छ।
ुआइटिसीले एप्पल पेटेन्टमा आधारित दुई उपकरणमा प्रतिबन्ध लगाएकोमा हामी दुःखी छौं,ु सामसङले आइटिसीको फैसलापछि जारी गरेको विज्ञप्तिमा भनेको छ, ुस्मार्टफोन उद्योगको प्राथमिकता कानुनी लडाइँ होइन, बरु बजारमा स्वस्थ प्रतिस्पर्धा हो।ु
एप्पलले उक्त निर्णयको स्वागत गरेको छ। ुआजको निर्णयसँगै आइटिसीले जापान, कोरिया, जर्मनी, नेदरल्यान्डस र क्यालिफोर्नियाको अदालतसँगै नविनताको पंक्तिमा उभिएर सामसुङको खुलेआम चोरीलाई अस्वीकार गरेको छ,ु एप्पलले भनेको छ।
आइटिसीले प्रतिबन्धित सामसङ मोबाइल सेट र ट्याब्लेट अबको ६० दिनसम्म भने अमेरिकी बजारमा आयात र बिक्री गर्न सकिने स्पष्ट पारेको छ। उक्त अवधिमा राष्ट्रपति ओबामाले विशेषाधिकार ९भिटो० प्रयोग गरी आइटिसीको निर्णय खारेज गर्न सक्छन्।
यसअघि अमेरिकी कम्पनी एप्पल दोषी ठहरिएको यस्तै खाले मुद्दामा आइटिसीले गरेको फैसला ओबामा प्रशासनले खारेज गरिदिएको थियो। सो मुद्दामा एप्पलले सामसङको पेटेन्ट चोरेको ठहर गर्दै आइटिसीले एप्पलको आइफोन र आइप्याडको पुरानो मोडलमाथि प्रतिबन्ध लगाएको थियो। तर, ओबामाले ३ अगस्टमा प्रतिबन्धले अमेरिकी अर्थतन्त्रको प्रतिस्पर्धी अवस्थामा नकारात्मक असर पर्ने जिकिर गर्दै भिटोमार्फत आइटिसीको आदेश खारेज गरेका थिए। आइटिसीको निर्णयमा राष्ट्रपतिले हस्तक्षेप गरेको सन् १९८७ यता यो पहिलो घटना थियो।
ओमाबाले आइटिसीको निर्णय सदर गरेको खण्डमा सामसङले त्यसविरुद्ध अपिल गर्न नसके पनि आफ्नो पेटेन्ट अधिकारका लागि अदालतको ढोका ढक्ढकाउन सक्ने अमेरिकी वाणिज्य प्रतिनिधि मिचेल फ्रोम्यान बताउँछन्। ुसंसारका अन्य मुलुकभन्दा फरक संयुक्त राज्य अमेरिकाले पेटेन्ट हकदारलाई अनधिकृत रुपमा त्यसको प्रयोग गर्ने प्रतिस्पर्धीबाट प्रशासनिक निकाय र अदालत दुवैबाट राहत दिन्छ,ु अमेरिकी थिंकट्यांक काटो इन्स्टिच्युटका वाणिज्य नीति विश्लेषक विलियम वाट्सनले भने।
विवादित दुई पेटेन्ट
आइटिसीको पछिल्लो आदेश दुईवटा पेटेन्टमा लागू हुन्छ। पहिलो एप्पल संस्थापक स्टिभ जब्सको नामबाट न्वारन गरिएको पेटेन्ट हो, जसमा टचस्त्र्किन प्रविधि पर्छ। अर्को पेटेन्ट मोबाइल उपकरणको अडियो सकेट ९हेडफोन० सँग सम्बन्धित छ।
बौद्धिक सम्पत्ति विश्लेषक फ्लोरियन मुल्लर पछिल्लो फैसलालाई एप्पलको महत्त्वपूर्ण जित ठान्छन्। उनले बीबीसीसँग भनेका छन्, ुखासगरी प्रसिद्ध स्टिभ जब्स पेटेन्ट आकर्षक प्रारम्भिक पेटेन्ट हो।ु
एप्पल र सामसङबीच सन् २०१० देखि पेटेन्ट लडाईं जारी छ। यो लडाइँ सामसङले गतवर्ष एप्पललाई उछिनेर संसारकै ठूलो स्मार्टफोन बिक्रेता बनेपछि झन् चर्केको हो। सामसङले एप्पलका ग्राहकलाई आफूतिर तानेको छ।
शुक्रबारै वासिंगटनमा संघीय पुनरावेदन अदालतका एकजना न्यायाधीशले यिनै दुई कम्पनीबीचको अर्को छुट्टै पेटेन्ट मुद्दामा साक्षीको बयान लिएका छन्। उक्त मुद्दामा पेटेन्ट चोरीबापत सामसङले १ अर्ब अमेरिकी डलर एप्पललाई तिर्नुपर्ने फैसला अमेरिकी अदालतबाट भएको थियो। पछि जरिवाना ४५ करोड अमेरिकी डलरमा झारिएपछि एप्पल पुनरावेदनमा गएको हो। सो मुद्दामा अदालतबाट फैसला आउन बाँकी छ।
पछिल्लो समय मोबाइल प्रविधिमा यी दुई निर्माताबीच चर्को प्रतिस्पर्धा छ। स्मार्टफोन उत्पादन गर्ने यी दुई कम्पनी अर्बौं अमेरिकी डलरको बजारमा आफ्ना उपकरणको लोकप्रियता बढ्दै जाँदा पेटेन्ट युद्धमा होमिएका हुन्। उच्च प्रविधिमा आधारित स्मार्टफोनमा सयौं पेटेन्ट समावेश छन्।

सामसुङ विरुद्धका दुइ महत्वपूर्ण बौद्धिक सम्पत्ति सम्बन्धि मुद्दामा एप्पलको जित


सामसुङ विरुद्धका दुइ महत्वपूर्ण बौद्धिक सम्पत्ति सम्बन्धि मुद्दामा अमेरिकी कम्पनी एप्पलले जित हात पारेको छ ।
दक्षिण कोरियाली प्रतिस्पर्धी कम्पनी सामसुङ र एप्पल बीचको मुद्दामा एप्पलले जित हात पारेको हो ।
अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगमा चलेको यी दुइ बिचको मुद्धामा एप्पलले जित हात पारे संगै एप्पलले आफु बिलियो भएको महसुस गरेको छ ।
अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोग युएस आइटीसीले सामसुङद्वारा मोबाइल फोन, मिडिया प्लेयर तथा ट्याब्लेटको उत्पादनको क्रममा एप्पलको महत्वपूर्ण दुईवटा बौद्धिक सम्पत्तिको उल्लंघन भएको भनि सन् २०११ मा गरेको निर्णय सदर गरेपछि एप्पल उत्साहित बनेको छ ।
साथै आयोगले एप्पलको बौद्धिक सम्पत्ति चोरेको ठहरिएका सामसुङका उत्पादनलाई अमेरिकामा प्रतिबन्ध लगाउन समेत निर्देशन दिएको छ । यद्यपि आयोगको यो निर्देशन तत्काल कार्यान्वयन भने आउने छैन । आयोगको फैसलामाथि अमेरिकी राष्ट्रपतीले पुनर्विचार गर्न सक्नेछन् ।
६० दिनभित्रमा राष्ट्रपतिले आयोगको फैसला सदर गर्ने वा उल्टाउने भन्ने कुराको निर्णय गर्नुपर्नेछ । यद्यपि ओबामाले आयोगको फैसला उल्टाउने सम्भावना नरहेकोले सामसुङका केही उत्पादनहरु अमेरिकामा प्रतिबन्धित हुने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।
यता अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगको फैसलाप्रति सामसुङले आपत्ति जनाएको छ । एप्पलका दुइ बौद्धिक सम्पत्तिका आधारमा आयोगले गरेको निर्णयले हामीलाई निराश बनाएको छ’ सामसुङको विज्ञप्तीमा भनिएको छ ।
साउन २७
स्मार्टफोन उद्योगको मुख्य ध्येय विश्वव्यापी कानुनी युद्ध नभएको भन्दै सामसुङले बजारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने जनाएको छ । उता एप्पलले भने फैसलाको स्वागत गरेको छ । एप्पललका आविष्कार चोर्ने सामसुङको कामलाई आयोगले खारेज गरेको एप्पललको भनाइ छ ।एप्पलको बौद्धिक सम्पत्तिको अधिकारका रुपमा रहेको टच स्कृन प्रविधि र अडियो सकेट सामसुङले आफ्ना ग्याजेटमा नक्कल गरेको ठहर आयोगले गरेको छ ।तथापि एप्पलका अन्य ४ वटा दाबी भने प्रमाणित हुन सकेनन् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center