हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 8, 2013

माइक्रोम्याक्स मोबाइलका निर्देशक घुस लिँदालिँदै पक्राउ

नयाँ दिल्ली( भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सका सह(संस्थापक तथा कार्यकारी निर्देशक राजेश अग्रवाल र उनका व्यापारिक साझेदार मनिष तुली घुस लिँदै गर्दा पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सिबिआइ०ले पक्राउ गरेको हो। उत्तरी दिल्लीको वाजिरपुरमा निर्माण गरिने ब्यांकेट हलका लागि एक इन्जिनियरलाई ३० लाख भारु घुस दिँदै गर्दा सिबिआइ अधिकृतले पक्राउ गरेका हुन्।


उनीहरुले ५० लाख भारु मागेकोमा माइक्रोम्याक्सका मालिकहरुले ३० लाख दिइरहेको अवस्थामा सिबिआइले पक्राउ गरेको हो। दिल्ली नगर निगमका २ कर्मचारीलाई पनि सिबिआइले पक्राउ गरेको छ।

माइक्रोम्याक्सले अग्रवाल र तुलीको पक्राउलाई ुनिजी मामिलाु भनेको छ। माइक्रोम्याक्स भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता हो। एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल उत्पादन गर्ने यो कम्पनीमा अग्रवाल बाहेक अन्य ७ जना लगानीकर्ता छन्।

माइक्रोम्याक्सकै अर्का सहसंस्थापक तथा ब्यापार निर्देशक विकास जैनले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन्। माइक्रोम्याक्सको वेवासाइटले जनाएअनुसार उक्त कम्पनी संसारकै १२औं ठूलो मोबाइल कमप्नीमा पर्छ। सन् २०१२ मा मात्रै ६ सय २६ मिलियन अमेरिकी डलर कमाएको माइक्रोम्याक्समा २ हजारभन्दा बढी कामदार काम गर्छन्।

Wednesday, August 7, 2013

आइ‌ओएस सभेन


 क्यालिफोर्निया—आइफोन र आइप्याडका प्रयोगकर्ताले खोजेको 'परिवर्तन' एप्पलले साकार पारिदिएको छ। अपरेटिङ सिस्टम सफ्टवेयर आइओएस सेभेन सार्वजनिक गर्दै एप्पलले प्रतिद्वन्द्वी गुगल एन्ड्रोइडभन्दा आफूलाई डिजाइन र स्टाइलमा 'स्मार्ट' सावितगर्ने प्रयास गरेको छ।
पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले 'कि नोट' दिएको वर्ल्डवाइड डेलपर्स कन्फरेन्समा आइओएस सेभेन सार्वजनिक गर्दै एप्पल सिइओ टिम कुकले भने, 'कन्फरेन्सको सबैभन्दा ठूलो खबर नै आइओएस सेभेन हो।' नयाँ अपरेटिङ सिस्टमलाई मिडियाकर्मीसामु परिचय गराउँदै उनले थपे, 'आइफोन फाइभपछि एप्पलले आइओएसमा गरेको सबैभन्दा ठूलो छलाङ नै आइओएस सेभेन हो।'
डिजाइन र स्टाइलमा ख्यातिप्राप्त एप्पलका लागि यो सफ्टवेयरको रिडिजाइन आर्किटेक्ट जोनी आइभीले गरेका हुन्। आइओएस सेभेनको फन्ट साइज पहिलेभन्दा स्लिम छ। एप्पलले भनेको छ, 'अब बबल टेक्स मेसेजलाई बाइबाई गर्ने बेला भएको छ। यो नयाँ डिजाइनले तपाईंलाई हरेकपल साथ दिनेछ।'

एप्पलको साख उँभो लगाउन सक्ने खास के छ आइओएस सेभेनमा?

'तपाईंले आफ्नो आइफोनमा आइओएस सेभेन इन्सटल गर्नु भनेको नयाँ फोन किन्नुजस्तै हो। पुरानै फोन सेटमा तपाईंले नयाँपन पाउनुहुनेछ,' एप्पलको दाबी छ। यसका फिचरहरू मनै हर्ने किसिमले डिजाइन गरिएका छन्। डिजाइनमात्र होइन थप कुरामा पनि आइओएस सेभेन अपडेट गरिएका छन्। सेक्युरिटी सिस्टम अपडेट गर्नुका साथै धेरै प्रयोग हुने फिचरहरूको सर्टकर्ट तयार पारिएको छ। थप विशेषतासहितको 'मल्टिटास्किङ फङ्सन' पनि आइओएस सेभेनका प्रयोगकर्ताले अनुभव गर्न पाउँछन्।

कन्ट्रोल सेन्टर

आइओएस सेभेनमा अपनाइएका नयाँ फिचरमध्ये यो एक हो। कन्ट्रोल सेन्टरमार्फत् एरोप्लेन मोड, फ्लास लाइट, स्त्रि्कन ब्राइटनेस र अन्य फिचर नियन्त्रण गर्न सकिनेछ। यसका लागि तपाईंले तलबाट स्वाइप गरे पुग्छ। एयर ड्रप, म्युजिक प्ले, एयर प्ले तथा क्विक एक्सेस क्यामेरा यसका महŒवपूर्ण फिचर हुन्।

नोटिफिकेसन सेन्टर

आइओएस सेभेनमा परिमार्जित नोटिफिकेसन सेन्टर चलाउनको लागि माथिबाट स्वाइप गर्नुपर्नेछ। तीन वटा ट्याब देखाउन सक्ने सेन्टरले तपाईंका सबै अलर्ट, कल तथा मेसेजलाई 'टू डे' फिचरभित्र समेट्नेछ। बर्थ डे रिमाइन्डरदेखि मौसम रिपोर्टसम्म यसमा छन्।

आइट्युन्स रेडियो

आइट्युन्स रेडियोले आइओएस सेभेनभित्र तपाईंलाई नौलो आयामसहित इन्टरनेट रेडियो उपलब्ध गराउनेछ। रेडियोमा तीन तरिकाले सांगीतिक आनन्द लिन सकिनेछ। तपाईं आइट्युन्स म्याचको ग्राहक हुनुहुन्छ भने विज्ञापनविनै सांगीतिक आनन्द लिने, छुट्टै रेडियो स्टेसन क्रिएट गर्ने, आइट्युन्सबाट गीत खरिद गर्न सक्ने र हिस्ट्री सेक्सनबाट आफूले सुनेका पुराना गीत दोहोर्याएएर सुन्न सक्ने सुविधा पाइन्छ। यो फिचर आइओएस सेभेनमा म्युजिक एपमार्फत्, पिसी र म्याकमा आइट्युन्स र एप्पल टिभीमार्फत् आइओएस अपरेटिङ सिस्टम भएका डिभाइसमा उपलब्ध हुनेछ। अहिले यो सुविधा अमेरिकी प्रयोगकर्तालाई मात्र दिइएको छ।

मल्टिटास्किङ

आइओएस सेभेनेले मल्टिटास्किङको पूरै रूपरेखा बदलेको छ। होम बटन डबल ट्याब गर्नासाथ तपाईंले खोलेका एपका सबै फिचर आउनेछ। सक्रिय एपलाई स्क्रोल गर्नेबित्तिकै माथितिर स्वाइप गरेर त्यसलाई बन्द गर्न सकिनेछ। मल्टिटास्किङमा स्मार्ट फिचर थप गरिएको छ। बारम्बार प्रयोग हुने एप लगइन गर्नासाथ स्वतः काम गर्न थाल्नेछन्। जस्तैः बिहान नौ बजे फेसबुक चलाउने गरेको भए नौ बज्नासाथ फेसबुक एप एक्टिभ हुन्छ।

सिरी

एसियन उच्चारण रहेको सिरी आइओएसको पर्सनल असिस्टेन्ट एप्लिकेसन हो। यसलाई आइओएस सेभेन भर्सनमा परिमार्जन गरिएको छ। रिमाइन्डरलगायत सुविधा दिँदै आएको सिरीले अब भोइस मेकओभर पनि गर्नेछ। यसको 'फिमेल भर्सन'चाहिँ कम रोबटिक सुनिन्छ। तर प्रयोगकर्ताले 'मेल' सिरी पनि छान्न सक्नेछन्। एप्पलले जर्मन र फ्रेन्च भाषालाई लक्षित गर्दै छिट्टै परिमार्जित सिरी ल्याउन लागेको छ।

थ्री बी ब्राउजर

आइओएस सेभेनको ब्राउजिङ सफारीमा तपाईंले तीन 'बी' अनुभव गर्न सक्नुहुनेछ– बिगर, बेटर र ब्युटिफुल। युनाइफाइड युआरएल बार तथा सर्चका लागि परिमार्जिज ब्राउजर अब्बल छ। ब्राउजिङ ट्याब लचकदार बनाइएको छ। खोलेको ट्याबलाई स्क्रोल गर्न पनि सक्नुहुनेछ भने माथितिर स्वाइप गरेर यसलाई बन्द गर्न सक्नुहुनेछ। ब्राउजरले वेबसाइट र सर्च गर्न प्रयोग गरेका शब्दलाई अटो सजेस्ट गर्नेछ। यसमा भएको सेयरलिंकले ट्वीटर टाइमलाइनमा भएका सबै युआएलको सूची देखाउँछ।

क्यामेरा र फोटो

एप्पलले आइओएस सेभेनमा क्यामेरा र फोटो व्यवस्थित गर्न एपका लागि धेरै काम गरेको छ। इन्स्टाग्रामको जस्तै पानारोमा तथा स्क्वायर फोटोको लागि अलग बटन व्यवस्थित गरिएका छन्। आइओएस सेभेनले एकै समयमा खिचेका फोटोलाई कलेक्सन वा अलग फोल्डरमा व्यवस्थित गरिदिन्छ। आइ क्लाउड प्रयोग गरी आइओएस सेभेनमार्फत् तपाईंले साथीहरूको कलेक्सनमा पनि फोटो एड गर्न सक्नुहुनेछ। यसमा फिल्टर गर्ने नयाँ सुविधा पनि थपिएको छ।

इन कार ड्यासबोर्ड

आइओएसको महत्वपूर्ण लक्षित समूह कार चालक पनि हुन्। सन् २०१४ सम्म बीएमडब्लुजस्ता कारमा यो उपलब्ध हुनेछ। 'इन कार ड्यासबोर्ड' मा आइओएस इन्टरफेसलाई एडप्ट गर्न सक्ने क्षमता छ। यसले ड्राइभ गरिरहेका बेला पनि सुरक्षित रूपमा फोन गर्न, मन परेको संगीत सुन्न, मेसेज पठाउन र प्राप्त गर्नका साथै बाटोको दिशा पत्ता लगाउन सघाउनेछ।

वेदर एप

याहूले हालै एप्पल डिजाइन अवार्ड जित्नेगरी फिल्कर इनहान्स्ड आइओएस एप रिलिज गरेपछि एप्पललाई आइओएस नयाँ भर्सनमा सुधार गर्न जरुरी थियो। त्यसैले आइओएस सेभेनको वेदर एपमा एप्पलले निकै मेहनत गरेको छ। अझ एनिमेटेड बनाइएको वेदर एपकोे ट्याबमा जुन सहरको नाउँ राख्नुहुनेछ त्यहाँको मौसमी विवरण सजिलै पाउनुहुनेछ।

आइओएस सेभेनले आइफोन फोर, फोर एस, आइफोन फाइभ साथै फिफ्त जेन आइपड टच, आइप्याड टु, फोर्थ जेन आइप्याड र आइप्याड मिनीमा काम गर्नेछ। यो साता आधिकारिक रूपमा सार्वजनिक गरेको भए पनि प्रयोगकर्तासम्म आइपुग्न शिशिर ऋतु पर्खनुपर्नेछ।

Exchange Rate for 08 August, 2013 "आजको विनिमयदर.

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
97.40
98.00
European euro
1
129.29
130.09
UK pound sterling
1
149.03
149.95
Swiss franc
1
104.93
105.58
Australian dollar
1
87.05
87.59
Canadian dollar
1
93.43
94.00
Singapore dollar
1
76.83
77.31
Japanese yen
10
10.04
10.10
Chinese renminbi (Yuan)
1
15.92
16.02
Saudi Arabian riyal
1
25.97
26.13
Qatari riyal
1
26.75
26.91
Thai baht
1
3.10
3.12
UAE Dirham
1
26.52
26.68
Malaysian ringgit
1
29.93
30.31
South Korean Won100
8.71
8.77

मोबाइल एपले नै गर्छ स्वास्थ्यको ख्याल

नयाँ नयाँ मोवाइल एप बनाउने क्रम तीब्र रुपमा बढ्दै गइरहेको छ। यही क्रममा केही यस्ता एप पनि बनेका छन् जसले मानव स्वास्थ्यको ख्याल राख्ने दावा गरिएको छ। यस्ता केही एप जसले तपाइँको दौडधुपपूर्ण जिन्दगीको ख्याल राख्ने छन् भने स्वास्थ्यलाई दुरुस्त राख्नको लागि सुझाव पनि दिने छन्।
रनकिपर
   
  1. जीपीएस ट्रयाक रन वाक नामको यो एप डाउनलोड गरेपछि तपाइँको स्मार्टफोन फिटनेस ट्रेनर बन्ने छ। यसले घुम्ने, साइकल चलाउने, पैदल यात्रा वा बाइक चलाउने समयको गति र आफूले पार गरेको दुरी, समय र त्यसको लागि खर्च भएको क्यालोरीपत्ता लगाउन सक्नेछ। यो एपले मानिसको हृदयको गति माथि पनि ध्यान राख्ने दावी यसका निर्माताको छ। आफ्ना पछिल्ला गतिविधि र तथ्यहरु त्यसको विश्लेषण पनि ग्राफमार्फत् जान्न सकिनेछ।
  1. अकपेडो पिडोमिटर

यो यस्तो ग्याजेट हो जसले तपाइँका हरेक पाइला गन्ने गर्छ। यो एपको माध्यमबाट तपइँले आफ्नो हरेक पाइलाको र पार गरेको दुरीको बारेमा जानकारी हासिल गर्न सक्नु हुनेछ। तपाइँ रोकिएपछि यो एपले पनि गन्न छोड्नेछ। तर यो यसले कुनै कुनै फोनमा काम नगर्ने बताइएको छ। किन भने यसमा जी–सेन्सरको ब्यवस्था गरिएको छ। कुनै फोनले स्ट्याण्डबाइ मोडमा जी–सेन्सरलाई सर्पोट गर्दैनन्। अर्को कुरा अलि खुला पकेटमा तपाईले फोन राखेको खण्डमा पाइलाको गन्तीमा फरक पर्न सक्छ।
स्ट्रेवा साइक्लिङ
जीपीएस राइडिङले साइकल चलाउनेहरुको लागि मद्दत गर्नेछ। यसले साइकल चलाउने समयमा तपाईको क्षमता प्रदर्शन बारे मुल्याङकन गर्नेछ। यसले मुटुको धड्कन, गति र खर्च भएको क्यालोरीमो बारेमा पनि जानकारी राख्नेछ।
  1. स्पोर्टस ट्रयाकर
यो एप दौडने, साइकल चलाउने, पर्वतारोहण, उडान भर्ने समयमा तपाइको मुटुको स्वास्थ्य बारे ख्याल राख्नछ। यसको मद्दतले मुटुको धड्कन, श्वासप्रश्वासको रफ्तार, शरीरको तापक्रम र आवाजमा आउने कम्पनको बारेमा जानकारी दिनेछ। साथै मौसमको जानकारी पनि दिनेछ।

मोबाइल सेवा अवरुद्ध भए, स्वीच अफ गर्नुहोस्

मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले काठमाडौंको मोबाइल नेटवर्कमा बुधबार, बिहीबार र शुक्रबार अवरोध आउन सक्ने बताएको छ। टेलिकमले सेवा सुधारको क्रममा केही क्षेत्रहरुको मोबाइल नेटवर्कमा समस्या आउन सक्ने भन्दै उपभोक्तालाई अग्रिम सचेत गराएको हो।
   
उपत्याकामा जिएसएम मोबाइल सेवाको संख्यात्मक विस्तार र गुण्स्तर सुधार तथा नेटवर्क अपडेट गर्ने प्रक्रियाका क्रममा जिएसएम मोबाइलमा सेवा अवरुद्ध हुनसक्ने उल्लेख गरेको छ।

बुधबार वल्खु, कुलेश्वर, ट्याङलाफांट, कलंकी, धोवीघाट, गुर्सिङ्गाल, मलपोखरी आसपासका क्षेत्रहरुमा समस्या आउन सक्नेछ भने बिहीबार वाफल, कलंकी, कुलेश्वर हाइट, रविभवन, स्युचाटार क्षेत्रमा सेवा अवरुद्ध हुनसक्ने छ। यसैगरी शुक्रबार अनामनगर, भृकुटीमण्डप, कालीकास्थान, सिंहदरबार, माइतीघर, बबरमहल वरिपरिका क्षेत्रमा समस्या आउन सक्ने टेलिकमले जनाएको छ।

सेवामा समस्या देखिएमा मोवाइल सेट स्विच अफ गरी आन गर्न टेलिकमले आग्रह गरेको छ। यति गर्दा पनि समस्या समाधान नभए १४९८ मा सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।

सुधारको समयमा डाटाको शुल्क तत्काल काटिने छैन। करिब आघा घण्टा पछि मात्र काटिनेछ। यो प्रिपेड मोवाइलमा तत्कालका लागि ब्यालेन्स नभएमा ४० रुपैंया क्रेडिड लिमिट उपलब्ध गराउने र पछि रिचार्ज गर्ने ब्यालेन्सबाट उक्त रकम चुक्ता गर्ने टेलिकमले जनाएको छ।

डाटा प्रयोगकर्ताका लागि समस्या आए APN Ntnet वा Ntwap सेटिङ गर्न पनि टेलिकमले आग्रह गरेको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center