हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, August 2, 2013

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित डाउन्लोड गर्नुहोस्

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित तपाईलाई मन पर्छभने प्ले गरेर हेर्नुहोस् र डाउन्लोड गर्नुहोस्

अब एउटै सिडिमा ३ सय ओटा फिल्म हाल्न मन लागेको छ भने यसरि गर्नुहोस्

जापानको दुई ठुला इलेक्ट्रोनिक सामान निर्माता कम्पनी सोनी र प्यानासोनिक मिलेर धेरै डाटा सुरक्षित गर्ने अप्टिकल डिस्क बनाउने काम गरिरहेका छन् । वास्तवमा यी दुई ठुला कम्पनी मिलेर यस्तो अप्टिकल डिस्कमा काम गरिरहेका छन्, जसमा ३ सय जीबी डाटा सुरक्षित राख्न सकिने छ ।
जुन डिस्कमा तपाईले लामो समयसम्म डाटा सुरक्षित राख्न सक्नु हुनेछ । दुवै कम्पनीले संयुक्त बयान जारी गर्दे उनीहरुको लक्ष्य भनेकै लामो समयसम्म डाटा सुरक्षित राख्ने बताएका छन् । जसको लागि यि दुवै कम्पनी मिलेर जोडदारका साथ काम गरिहेका छन् ।
साथै यस डिस्कमा कम स्थानमा धेरै डाटा सुरक्षित गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो नयाँ प्रविधि २०१५ सम्ममा बजारमा आउन सक्ने अनुमान लगाइएको छ । त्यसैले अब आफ्नो डाटा लामो समयसम्म सुरक्षित राख्नको लागि चिन्ता नलिनुस् ।

अब अवाज सुनेर काम गर्छ मोबाईलले

गुगलको स्वामित्व भएको मोटोरोला कम्पनिले यस्तो फोन लञ्च गरेको छ , जसले “अलवेज लिस्लिङ्” अर्थात सँधै फोन मालीकको आवाजको ईशारामा काम गर्छ । ‘मोटो एक्स’ नामबाट लञ्च गरीएको यो फोन ‘स्क्रिन टच’ वाला नभई सुनेर कमाण्ड गर्ने खालको हो । यस फोनको निर्माण अमेरीकामा भएको हो । यसलाई उपभोक्ताको जरुरत अनुकूल बनाउनको लागी तमाम  बिकल्प दिईएको छ । 
 
ईन्टरनेट क्षेत्रको शिर्ष कम्पनि गूगलले पछिल्लो बर्ष मोटोरोला कम्पनि १२ दशमलव ५ अर्बमा किनेको थियो । त्यस पछाडी आँफ्नो कम्पनि मोटोरोलाबाट गूगलले यो पहिलो उत्पादन बजारमा ल्याएको हो । मोबाईल फोन उद्योगका  बिश्लेषकले मोटो एक्स बजारमा आउँदा  एण्ड्रोएड अपरेटिङ् सिस्टमको बजारमा असर पर्ने बताएका छन् । 
 
किनभनेँ मुनाफाको लागी सँघर्ष गरीरहेका अरु मोबाईल निर्माता कम्पनिहरु गूगलको यो अपरेटिङ् सिस्टम प्रयोग गर्छन । मोटो एकसको हार्डवेयर अमेरीकाको टेक्सासमा एक नयाँ प्लाण्टमा बनाईएको हो । केहि कम्पनि अब ‘ मेड ईन यूएसए’ भुलाउने प्रयासमा छन् र अहिले गूगल पनि त्यसमा सामेल भएको छ । 
 
पछिल्लो साल मे मा मोटोरोलाको स्वामित्व गूगलमा आएपछि मोटो एक्स पहिलो र यस्तो फोन हो जसलाई कम्पनिले पुरा मेहेनेतका साथ आँफैले डिजाईन गरेको हो । तथापी गूगलको नियन्त्रणमा आएपछि मोटोरोलाले केहि हेडसेट बजारमा ल्याईसकेको छ तर त्यसमा पहिले देखी नै काम चलिरहेको थियो । मोटो एक्स यस्तो फोन हो जसलाई लिएर गूगलको बजार रणनितीको संकेत प्रष्ट रुपमा देखीने अनुमान लगाईएको छ ।  
 
मोटो एक्स लञ्च पछि एक पटक फेरी गूगल र सामसङ्को कारोबारी संबन्धलाई लिएर केहि सवाल खडा गरीदिएको छ । सामसङ् गूगलको एण्ड्रोएड सिस्टम प्रयोग गर्ने सबै भन्दा प्रभावशाली कम्पनि हो । तर अब यो नयाँ फोनसँग हुनेँ संभावीत प्रतिसपर्धालाई लिएर दुबै कम्पनिका बीच तनाब बढ्न सक्छ ।

Thursday, August 1, 2013

ट्याक्सी भाडादर थाहा पाउने एप आएछ।

गुगल प्ले र एप्पल एप स्टोरमा तीनवटा नयाँ नेपाली एप थपिएका छन्। छुट्टाछुट्टै सुविधाका नयाँ एपहरु उक्त स्टोरमा राखिएको महिना दिनमै हजार–हजारको हाराहारीमा डाउनलोड भइसकेका छन् ।

एप्पिकाली प्रालिले निर्माण गरेको नेप्से एप, ट्याक्सी फेयर्स नेपाल र प्यानिक एसएमएस एप्लिकेसनले नयाँ नेपाली एप्लिकेसन खोजिरहेका टेक्नोपुस्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। पछिल्लो समय नेपालमा स्मार्टफोन बिक्री बढिरहेको र नेपाली मोबाइल प्रयोगकर्ता विभिन्न एपमा रमाइरहेको बेला नयाँ उपयोगी एप स्टोरमा ल्याइएको एप्पिकाली प्रालिका प्रमुख कार्यकारी अधिकृत निकोलस पाण्डेले बताए।

एप्पिकालीका लागि सन्दिप ढकालको नेतृत्वले निर्माण गरेको नेप्से एपमा नेपालको शेयर बजारको सबै जानकारी समेटिएको छ। यो एपमार्फत् शेयर बजारका गतिविधिमा प्रत्यक्ष अपडेट हुन सकिन्छ। शेयरको बजार मूल्य, सूचना, समीक्षा, फ्लोर सिट जस्ता विषयमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ। त्यस्तै यो एप्समा पोर्टफोलियोको माध्यमबाट आफ्नो लगानीको दैनिक नाफा–नोक्सान हिसाब हेर्न सकिनेछ ।

त्यस्तै, ट्याक्सी फेयर्स नेपाल एपले यात्रुलाई ट्याक्सी चढ्ने स्थानबाट गन्तव्यसम्मको यात्रा दूरीको जानकारी दिन्छ। उक्त दूरीको ट्याक्सी भाडाको जानकारी पनि यसले दिन्छ। यसले ट्याक्सी चालक र यात्रुबीच भाडाका विषयमा हुने विवाद कम गर्न सक्ने कम्पनीले जनाएको छ। यो एपले ट्याक्सी चढेको र ओर्लेको स्थान देखाउनुका साथै दिउँसो र रातिको भाडा, वेटिङ चार्ज, फ्ल्याग डाउन चार्जबारे पनि यात्रुलाई जानकारी दिन्छ ।

निर्माण गरिएका एपमध्ये विश्वव्यापी रुपमा प्रयोग गरेर लाभ लिन सकिने प्यानिक एप्समा सर्वसाधारणले आफूलाई आपतकालीन अवस्थामा नजिकको व्यक्ति तथा प्रहरीलाई जानकारी गराउन सक्ने सुविधा छ। एपमा ३ वटा आफ्ना नजिकका मान्छे वा प्रहरीको नम्बर सेभ गरेर आपत परेको बेला फोनको पावर बटन निरन्तर ४ पटक थिचेपछि एपले प्रत्येक २ मिनेटको अन्तरमा सेभ गरेको नम्बरमा जिपिएस लोकेसन र नक्सासहित सन्देश पठाउँछ। यो एपले आपतमा परेका व्यक्तिलाई तत्काल उद्धार गर्न सहयोग पुग्नेछ।

नेप्से एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा चल्छ भने ट्याक्सी एप हाललाई एन्ड्रोइडमा उपलब्ध छ। केही महिनामै यो आइओएसका लागि पनि निर्माण हुने कम्पनीले जनाएको छ। त्यस्तै, प्यानिक एप एप्पलको आइओएसमा उपलब्ध छ। नेप्से एप हाल १२ सय, ट्याक्सी एप ८ सयभन्दा बढी र प्यानिक एप १ हजारपटक डाउनलोड भइसकेको छ। तीनवटै एप्स निःशुल्क डाउनलोड गर्न सकिन्छ।

ुहामीले पहिलोपटक निर्माण गरेको एप औपचारिक जानकारी नगराउँदा पनि हजारौंपटक डाउनलोड भइसकेका छन्। त्यसैले औपचारिक जानकारी दिएर यसको लन्चिङ गर्ने योजना छ,ु पाण्डेले भने। कम्पनीले यसपछि ८ वटा नयाँ एप सार्वजनिक गर्ने योजना बनाएको छ। एउटा एप निर्माण गर्न सर्भर र प्राविधिक खर्च गरी ३ लाख रुपैयाँ लागेको कम्पनीको दाबी छ।

नेपालमा एन्ड्रोइड, आइफोन स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएपछि नेपाली एप बन्ने क्रम बढेको छ।

कस्ता छन् नेपाल भित्रिएका नयाँ सामसङ स्मार्टफोन?

नेपालमा मोबाइलको बजार हिस्सा बढाउँदै लगेको सामसङले थप ३ नयाँ ग्यालेक्सी सिरिजको स्मार्टफोन ल्याएको छ। सामसङको ग्यालेक्सी मेगा, ग्यालेक्सी कोर र ग्यालेक्सी पकेट नियो नामका तीन स्मार्टफोन हालै बजारमा ल्याइएका हुन्।

५।८ इन्चको मेगामा १।५ जिबी र्याम र १।४ गिगाहर्ज डुअल कोर प्रोसेसर छ। ८ जिबी आन्तरिक मेमोरी रहेको मोबाइलमा ६४ जिबी थप मेमोरी राख्न सकिन्छ। यसमा सबैभन्दा नयाँ ४।२।२ जेली विन एन्ड्रोइड अपरेटिङ सिस्टम छ। यसको बजार मूल्य ४४ हजार तोकिएको नेपालका लागि सामसङको अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसले जनाएको छ।

डुअल सिमको सुविधा रहेको कोरको डिप्ले ४।३ इन्चको छ  १ जिबी र्‍याम र १।२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको यसमा पनि ८ जिबी आन्तरिक मेमोरी र ६४ जिबी मेमोरी सर्पोट गर्ने क्षमता छ। यसमा एन्ड्रोइडको ४।१ अपरेटिङ सिस्टम छ । यसको बजार मूल्य २८ हजार ५ सय तोकिएको छ। डुअल सिम नै भएको पकेट नियोमा ५१२ एबीको र्याम र ४ जिबीको आन्तरिक मेमोरी छ। यसले ३२ जिबीको मेमोरी सपोर्ट गर्छ । वाइफाई र जिपिएस सुविधा रहेको यो फोनमा एन्ड्रोइडको ४।१।२ अपरेटिङ सिस्टम छ । यसको मूल्य १२ हजार ३ सय पर्छ।

नेपाली बजारमा सामसङका स्मार्टफोन निकै लोकप्रिय रहेको भन्दै कम्पनीले नयाँ मोडलले पनि चाँडै नै ग्राहकको मन जित्ने कम्पनीले जनाएको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center