हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 24, 2013

गूगलले विन्डोजका लागी क्लाउड प्रिन्ट ड्राइभर ल्यायो

गूगलले बिन्डोजका लागी क्लाउड प्रिन्ट सर्भिसको ड्राइवर रिलीज गरेको छ । अब तपाइँले सिधै आफ्नो विन्डोज डिभाइसको कुनै पनि एप्लिकेशनबाट क्लाउड प्रिन्ट गर्न सक्नुहुन्छ । पहिले यो क्रोम ब्राउजरको मद्दतले मात्र गर्न सकिन्थ्यो ।  
गूगल क्लाउड प्रिन्ट यस्तो सर्भिस हो, जिसले तपाइँ इन्टरनेट मार्फत कहिँबाट पनि आफ्नो प्रिन्टरमा केही पनि कुराहरू प्रिन्ट गर्न सक्नुहुन्छ ।
तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
तपाइँ पनि क्लाउड प्रिन्ट ड्राइभर इन्सटल गरि यसको फाइदा लिने हैन त ?

Tuesday, July 23, 2013

नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625

श्रावण ९, फिनल्याण्डको कम्पनी नोकियाले नोकिया लूमिया 625 स्मार्टफोन सार्वजनिक गरेको छ ।  नोकियाको अहिले सम्मकै सबै फोनहरूमध्ये यो फोनको स्क्रीन सबैभन्दा ठुलो हो ।
4जी कनेक्टिभिटी भएको यस फोनमा 4.7 इंच को सुपर-सेन्सेटिभ एलसीडी स्क्रीन रहेको छ । नोकियाले अहिले सम्म सबैभन्दा ठुलो 4.5 इन्चको स्क्रीन भएको फोनहरू मात्र ल्याएको थियो ।
नोकियाले यस फोनलाइ निकै अफोर्डेबल भएको बताएको छ । यसको मूल्य कर बाहेक 220 यूरो (नेपाली रूपैयाँ करीब २८०००) तोकेको छ ।
फोनमा 201 पीपीआई पिक्सेल डेन्सिटी भएको 4.7 इन्चको WVGA डिस्प्ले रहेको छ । यसलाइ प्रकासमा पनि हेर्न सकिन्छ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल कोर प्रोसेसर र 512 एमबी र्याम राखिएको छ । एलईडी फ्ल्याश र अटोफोकसका साथमा 5 मेगापिक्सेलको मेन क्यामरा र भिजीए फ्रन्ट क्यामरा रहेको छ । 8 जीबीको इन्टरनल स्टोरेज भएको यस फोनमा 64 जीबी सम्मको एसडी कार्ड लगाउन सकिन्छ ।  यसमा 2000mAh को ब्याट्री रहेको छ । विन्डोज फोन 8 अपरेटिङ सिस्टममा चल्ने यो फोनको बाहिरि भाग सजिलै परिवर्तन गर्न सकिन्छ, जुन 5 वटा ब्राइट कलर्सहरूमा उपलब्ध हुनेछ ।  
नोकियाले यस फोनलाइ यो बर्षको त्रैमास (जुलाई-सेप्टेम्बर) सम्म भारत, चीन, यूरोप, एशिया पसिफिक, मिडल ईस्ट, अफ्रीका र ल्याटिन अमेरिकामा ल्याउने बताएको छ ।

प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै

 
नेपालका अधिकाशं ठाउँमा 3G नै बिस्तार नभईसकेको अहिलेको अवस्थामा 4G त अल्लि पर कै कुरो भो । बिश्वमा अहिले पनि धेरै ठाउँमा 4G बिस्तार भईसकेको छैन ।
 
 तर चिनको हुवाईले भने प्रतिसेकेन्ड १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G प्रबिधिको आविस्कारमा काम सुरु गरेको छ । कम्पनिका अनुसार अहिले उसका २ सय कर्मचारीले यो प्रबिधीलाई ब्यवहारिक रुपमा ल्याउन अनुसन्धान गरिरहेका छन । हुवाईले यो प्रोजेक्टको लागी निश्चित लगानी समेत छुट्याएको छ । तर प्रोजेक्टको लगानी रकम भने खुलाईएको छैन ।
 
हुवाई कम्पनिका वेन टाङ्गकाले सन् २०२० सम्ममा यो प्रबिधि लाखौँ मानिसले प्रयोग गरिरहेको हुने दावी गरेका छन । उनले 5G प्रबिधीमा १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने बताए । जुन अहिलेको 3G भन्दा १ सय गुणा बढि हो ।
 
यस अघि दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स कम्पनि सामसुङले 5G प्रबिधीको सफल परिक्षण गरेको घोषणा गरिसकेको छ । उसले पनि सन् २०२० सम्ममा यसलाई ब्यवहारिक प्रयोगमा ल्याईसक्ने बताएको छ । 

   

आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने तरिका

विडियो हेर्नको लागी तलको बक्समा डबल क्लिक गर्नुहोस

आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने उपाए |फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस् उनीहरुको News Feed मा देखिदैँनन् । तैपनि
अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो :-)
) भन्ने बारेमा जानकारी पाउनुहुनेछ ।


मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ ।

Step 1

सबैभन्दा पहिले तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सक्नुहुन्छ ।

Step 2

आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।

Step 3

त्यसपछि ब्राउजरमा www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले “Click Here” लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि “Xperia smart phone पेज” मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको “Install” बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।

Step 4

address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।

Step 5

त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।
यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ

Sunday, July 21, 2013

तपाईले फेसबुक या ईन्टरनेटमा पासवर्ड विर्सिनुभयो ? ( नो टेन्सन )

कम्प्युटरको ओपन वटम प्रेस भएसगै कुन कुन साईट भिजिट गर्नुहुन्छ रु पहिल्य लगईन गर्ने भनेकै फेसवुक हुनुपर्छ त्यसपछि ट्वीटर, जिमेल, स्काईप, याहु एवं व्लग बेवसाईट ईत्यादी ।  साधारणतया यती साईटहरु एक व्यक्तिले दैनिक रुपमा प्रयोग गर्दै आएका हुन्छन् । ईन्टरनेटसगँ सम्वन्धीत रहेर काम गर्ने हरुको हकमा भने धेरै नै साईटहरु लगईन गरिरहनु पर्ने हुन्छ । ईन्टरनेट कनेक्ट गरिएको अफिसमा पनी आफ्नो त छदैछ अफिसको पनी फेसवुक, ट्वीटर, जिमेल, बेवसाईट, लगायत धेरै साईटहरु खोलिरहनु त पर्छ नै । यतिका धेरै साईट लगईन गरिरहदा के पासवर्ड त सजिलै सम्झिन सक्नुहुन्छ ?

कसै कसैले त डायरीमा लेखेर आफु जहाँ तयो त्यहि बोकेर हिडिरहेका पनी हुन्छन् । सम्झनै गाह्रो हुने गरी साईटहरु लगईन गरिरहुनभएको छ भने समस्याको समाधान के त रु चिन्ता नलिनुस्, तपाईले रोवो फर्मको प्रयोग गर्न सक्नुहुन्छ । रोबो फर्म ९च्यदयायचm० पासवर्ड सम्झाउने सफ्टवेयर हो ।  विश्वका दशौ लाख मानिसले यो सफ्टवेयरको प्रयोग गरिरहेका छन् । डेक्सटपका साथै मोबाईलमा पनी यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । अनि धेरै अपरेटिङ सिस्टमलाई सपोर्ट  गर्ने गर्दछ । विश्वको नम्वर एक पासवर्ड सम्झने सफ्टवेयर भएको रोबो फर्मले दावी गरेको छ ।

निशुल्कै हो त ?
यदि तपाई दश वटा साईट सम्ममा रोबो फर्मको प्रयोग गर्नुहुन्छ भने यो निशुल्क हो । भन्नाले तपाई फेसवुक,ट्वीटर,जिमेल,याहु,स्काईप गर्दै दशवटा साईटसम्ममा पासवर्ड सम्झन यसले निशुल्क काम गर्ने गर्दछ । दशभन्दा वढी जतिपनी साईटमा पासवर्ड सम्झिदिए हुन्थ्यो भन्ने लाग्छ भने चै पैसा तिर्नुपर्ने हुन्छ । वार्षिक दश डल्लरको हाराहारी देखी भुक्तानी गर्नुभयो भने यसले पासवर्ड सम्झने काम त छदैछ अन्य धेरै काममा सपोर्ट गर्ने गर्दछ ।

काम काईदाकै गर्छ त रु भिडियोमा हेर्नुस् न ।




पैसा तिर्ने काम पछि गरुला अहिल्य सित्तैमा पाईने सेवा सुविधा चै डाउनलोड गरुन त भन्ने लाग्छ भने यहाँ क्लिक गर्नुस् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center