हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 11, 2013

६ अर्ब घाटा खाएर टेलियासोनेराले बेच्यो


२६ भदौ, काठमाण्डौ । एउटै कम्पनीले धेरैवटा मोवाइल सेवा प्रदायकको सेयर लिन नपाउने भएपछि एनसेलको लगानीकर्ता युरोपेली कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट कम्पनीको सेयर जोधर इन्भेष्टमेन्ट नामक नयाँ कम्पनीलाई बेचेको छ । अजय सुमार्गी साझेदार रहेको नेपाल स्याटेलाइट कम्पनीले मध्यपश्चिम क्षेत्रमा दूरसंचार सेवा दिनेगरी हेला नेपाल ब्राण्डमा टेलिफोन सेवा सञ्चालन गरिरहेको थियो । सन् २०११ र १२ मा दुईपटक गरी टेलियासोनेराले नेपाल स्याटेलाइटको ५७ प्रतिशत सेयर किनेको थियो ।

टेलियासोनेराले बुधबार एक बिज्ञप्ति जारी गरी नेपाल स्याटेलाइट कम्पनीको सेयर बेच्दा ४० करोड स्वीडस क्रोनर ९करिव ६ अर्ब रुपैयाँ० घाटा भएको बताएको छ । ’टेलियासोनेरा नेपाल स्याटेलाइट कम्पनीमा रहेको आफ्नो अप्रत्यक्ष स्वामित्व जोधर इन्भेष्टमेन्टलाई बेच्ने समझदारीमा पुगेको छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘पछिल्ला बर्षहरुमा नियमक र कानुनी प्रावधान तथा लाइसेन्स वितरणमा अस्थिरता देखिएको छ, सोही कारण नेपाल स्याटेलाइट कम्पनीको सेयर किन्ने प्रकृया निष्र्कषमा पुग्न सकेन ।’

नेपाल स्याटेलाइट कम्पनीको सेयर बेचेपछि अब टेलियासोनेराले आफ्नो ध्यानपूर्णरुपमा एनसेलमा लगाउने पनि बताएको छ । एनसेलका लागि एउटा सहायक ब्राण्ड बनाउने र त्यसमार्फत् टेलियासोनेराको बजार बलियो बनाउने लक्ष्यसाथ नेपाल स्याटेलाइटको ५७ प्रतिशत हिस्सा किनेको भए पनि त्यो सफल नभएको उसले बताएको छ । सेयर बिक्री प्रक्रिया आगामी एक महिनामा पुरा हुने बताइएको छ ।प्रचण्डका ब्यापारिक साझेदारको आरोप लाग्दै आएका ब्यापारी अजेय सुमार्गीकी पत्नी नेपाल स्याटेलाइटको अध्यक्ष थिइन् । एनसेलकै लगानीकर्ता कम्पनीले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि त्यहाँ कार्यरत अधिकांश कर्मचारीलाई निष्कासन गरिएको थियो भने सुमार्गीपत्नीले पनि राजीनामा दिएकी थिइन् । कम्पनीमा अझै पनि सुमार्गीको २५ प्रतिशत सेयर रहेको छ ।

अहिले टेलियासोनेरले सेयर बिक्री गरेको कम्पनी जोधर इन्भेष्टमेन्ट कम्पनी ब्रिटिस आइल्याण्डको कम्पनी हो । यसअघि टेलियासोनेराले सन् २००८ मा एनसेलको स्वामित्व पनि जोधरबाटै किनेको थियो । सो स्वामित्व खरिद प्रकृयामा भ्रष्टाचार भएको भन्दै सन् २०१२ मा डेनिस पत्रिका भेक्कान अफयेरले रिपोर्ट छापेको थियो । जोधर इन्भेष्टमेन्ट कम्पनीको स्वामित्व कोसँग छ भन्नेमा विवाद भएपछि टेलियासोनेराका अधिकारीहरुले जोधरसँग भएको सम्झौताबारे टिप्पणी गर्न नमिल्ने बताएका थिए ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center