अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् ।
सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी
गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट
चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ ।
ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको
बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ
सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु
प्रयोग गर्न सकिने छ ।
यस्तै एप्पले पनि यहीसेप्टेम्बर १०
तारिखमा ट्रेड फेयरमा आइवाच सार्वजनिक गर्ने तयारी गरेको थियो । तर आफूले
भन्दा पहिला नै सामसुङले ग्यालेक्सी गियर सार्वजनिक गर्न लागेका कारण
एप्पलले सामसुङले भन्दा पहिला नै आइवाच सार्वजनिक गर्ने अनुमान छ ।
एप्पलको आइवाच भने आइफोन जस्तै आइओएस
सफ्टवेयरबाट चल्नेछ । तर यसमा के के सुविधा उपलब्ध छन् भन्ने बारेमा
अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । एप्पलले सेप्टेम्बरमा नै
आइफोन फाइभ एसका साथै कम आय भएका उपभोक्तालाई लक्षित गरी सस्तो आइफोन पनि
ल्याउने तयारी गरिररहेको छ । यसअघि
एप्पलले आइफोन सार्वजनिक गरेपछि सामसुङले पनि त्यस्तै फिचर भएको
स्मार्टफोन सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो प्याटेन्ट राइट चोरी
गरेको भन्दै सामसुङमाथि मुद्दा हालेर क्षतिपुर्ति तिराएको थियो ।
0 comments:
Post a Comment