एप्पल आईफोन 5S को लन्चिङमा मात्र एक दिन बाँकी छ । अब एउटा कुरा भने
पक्का भएको छ कि यस आईफोन 5S मा फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ । साथै यसमा
होम बटनको शेप पनि परिवर्तन हुनेछ ।
टेक ब्लग iPhoneinCanada मा रीटेल बक्समा
प्याक्ड आईफोन 5S को हाई रेजुलूशनको इमेज अपलोड गरिएको छ, जसमा होम बटन मा
एक सिल्भर रिङ प्रस्टसंग देखिन्छ । साथै यो पनि देखिएको छ कि पुरानो
आईफोन्स भन्दा फरक यस फोनको होम बटन राउण्ड शेपमा हरको छ ।
यसै बीच एक इन्टरनेट शो मा फक्स न्यूज का क्लेटोन मोरिसले दावी गरे अनुसार
निश्चित रूपमा आईफोन 5S मा फिङ्गरप्रिन्ट सेन्सर हुनेछ । यस अघि अगष्टमा
अस्ट्रेलियाका सोनी डिक्सन ले पनि आफ्नो ब्लगमा आईफोनको फिङ्गरप्रिन्ट
स्क्यानरको तस्वीर लीक गरेका थिए ।
अनुमान गरिए अनुसार भोली सेप्टेम्बर १० मा एप्पलले आईफोनका दुइ भर्जन
लन्च गर्नेछ । आईफोन 5S धेरै मुल्यको गोल्ड स्याम्पेन कलरको मोडलमा हुनेछ
भने आईफोन 5C कम मूल्यको मोडलमा हुनेछ । जुन पाँच फरक फरक रङ्गमा हुनेछन ।
बताइए अनुसार महंगो मोडलमा भने फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ ।
0 comments:
Post a Comment