हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 14, 2013

ट्विटरले सेयर जारी गर्ने

न्युयोर्क– माइक्रो ब्लगिङ साइट ट्विटर सञ्चालकले सेयर जारी गर्ने भएका छन् । गत वर्ष यस्तै प्रकृतिको फेसबुकले सवसाधारणलाई सेयर बिक्री गरेको थियो। अमेरिकी पुँजी बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनमा सेयर जारी गर्नका लागि निवेदन दिएको खुलासा सञ्चालकहरुले ट्विटरमार्फत गरेका हुन्।

सात वर्षअघि सञ्चालनमा आएको ट्विटरका संस्थापक ज्याक दोर्से, बिज स्टोन र इभान विलियम्स हुन्। लगानीकर्ताहरु यसको मूल्यांकन १० अर्ब डलर गरेका छन्।

ट्विटरले भने कुन मूल्यमा सेयर जारी गर्न लागिएको भन्ने खुलाएको छैन । २०१३ मा ट्विटरले ५८ करोड ३० लाख डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड ८० लाख डलर कमाएको थियो । ट्विटरको प्रयोगकर्तामाझ देखापर्ने विज्ञापत उसको प्रमुख आम्दानीको स्रोत हो । हाल यसका २० करोड प्रयोगकर्ता छन् । तीनीहरुले दैनिक ५० करोडभन्दा बढी ट्विट गर्छन ।

सेयर जारी भएपछि ट्विटर विज्ञापनले भरिने र प्रयोगकर्ताका लागि झर्को लाग्ने हुनसक्ने अनुमान विश्लेषकले गरेका छन् । एक तिहाई प्रयोगकर्ताले स्मार्टफोनबाट ट्विटर चलाउँछन । मोबाइल संस्करणमा भने विज्ञापन देखिदैन । मोबाइलमा पनि विज्ञापन देखिने बनाउन उसले ३५ करोड डलरमा मोपब किनेको छ ।

लिंक्ड इन र फेसबुकपछि सेयर जारी गर्ने ट्विटर तेस्रो सामाजिक सञ्जाल हो । फेसबुकको सेयरमा सुरुमा ठूलो आकर्षण भए पनि दोस्रो बजारमा कारोबार सुरु भए पछि खस्किएको थियो ।

एप्पलको नयाँ आईफोनले लोभ्याउन सकेन

न्यूयोर्क, भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा शंका उत्पन्न भएको छ ।  iphone
कम्पनीको शेयरमा गिरावट आएका कारण यो अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ ।
यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो पुरानो अग्रणी स्थितिमा पुनः फर्किन सक्नेछैन ।
न्यूयोर्क शेयर बजारमा कम्पनी को शेयर ५.४ प्रतिशत तल झर्दै ४६७.७१ डलरमा बन्द भएको छ । स्मरणीय छ, प्रविधि क्षेत्रको यस प्रमुख कम्पनीले स्मार्टफोन को बजारमा आफ्नो रफ्तार फेरी पनि पक्रनका लागी केही दिन अघिमात्र दुइ वटा नयाँ आईफोन सार्वजनिक गरेको थियो ।

Friday, September 13, 2013

ब्ल्याकबेरी 9720 सार्वजनिक

भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक भारतमा  नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९० भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४ सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।  blackberry-9720
ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका साथमा 512 एमबी र्याम रहेको छ ।
यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ ।  स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ ।
ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको मद्दतले बिभिन्न सोशियल नेटवर्क्समा एक साथ पोस्ट गर्न सकिन्छ । यस फोनमा ब्ल्याकबेरी म्यासेन्जर (BBM) का लागी छुट्टै बटम रहेको छ । यसमा 512 एमबी इन्टरनल स्टोरेज छ भने यसमा 32 जीबी सम्मको मेमरी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा 3 जी, वाई-फाई, ब्लूटूथ र जीपीएस रहेको छ । एलईडी फ्लाशको साथमा 5 मेगापिक्सेलको मेन क्यामरा छ । यद्दपी यसमा फ्रन्ट क्यामरा भने छैन । यसमा स्टीरियो एफएम रेडियो र 1450mAh को ब्याट्री रहेको छ ।
कम्पनीले अहिले यसलाइ कालो र सेतो दुइ रङ्गमा उपलब्ध गराएको छ ।

सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

एप्पलले ६४ बिटको प्रोसेसर रहेको नयाँ आइफोन ५ एस सार्वजनिक गरेपछि उसको प्रतिस्पर्धी कम्पनी सामसुङले पनि त्यसको सिको गर्ने भएको छ । एप्पलको पदचिन्ह पछ्याउँदै सामसुङले आफ्नो आउँदो स्मार्टफोनमा ६४ बिटको प्रोसेसर राख्ने निर्णय गरेको छ ।
कोरिया टाइम्समा छापिएको खबर अनुसार सामसुङ कम्पनीका सह कार्यकारी प्रमुख तथा मोबाइल डिपार्टमेन्ट प्रमुख जेके सिनले आफ्ना आगामी स्मार्टफोन ६४ बिट प्रोसेसरयुक्त हुने जानकारी दिएका छन् । उनका अनुसार ६४ बिटको प्रोसेसरवाला स्मार्टफोन आउन केही समय लाग्नेछ ।

उनको भनाइलाई आधार मान्ने हो भने अब सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर हुनेछ । ग्यालेक्सी नोट ३ सार्वजनिक भैसकेको अवस्थामा अब बजारमा आउने नयाँ उत्पादन भनेकै ५ एस हो जुन तत्कालै भने आउनेछैन ।

एप्पलले आफ्नो आइफोनको बजारका लागि चीन र जापानमा ध्यान केन्द्रित गरिरहेको बेला सामसुङले पनि अब चिनिया तथा जापानी बजारमा केन्द्रित हुने सोँच बनाएको सिनको भनाइ छ ।अहिले ३२ बिटको प्रोसेसर भएका स्मार्टफोन रहेकोमा यसको क्षमतालाई दोब्बर पार्दा स्मार्टफोनको गति दोब्बर तिब्र हुनेछ । उच्च क्षमतायुक्त माइक्रोप्रोसेसरको प्रयोगबाट स्मार्टफोनमा त्यो सँगै मेमोरी पावर पनि बढाइनेछ । ३२ बिटको प्रोसेसर भएको डिभाइसमा ४ जिबी सम्मको र्याम हुनेमा ६४ बिटको प्रोसेसर भएको खण्डमा १६ जिबी सम्मको र्याम राख्न सकिनेछ ।

एप्पल र सामसुङबीच अब घडीको 'युद्ध'

अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् ।
सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ ।
ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु प्रयोग गर्न सकिने छ ।
यस्तै एप्पले पनि यहीसेप्टेम्बर १० तारिखमा ट्रेड फेयरमा आइवाच सार्वजनिक गर्ने तयारी गरेको थियो । तर आफूले भन्दा पहिला नै सामसुङले ग्यालेक्सी गियर सार्वजनिक गर्न लागेका कारण एप्पलले सामसुङले भन्दा पहिला नै आइवाच सार्वजनिक गर्ने अनुमान छ ।
एप्पलको आइवाच भने आइफोन जस्तै आइओएस सफ्टवेयरबाट चल्नेछ । तर यसमा के के सुविधा उपलब्ध छन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । एप्पलले सेप्टेम्बरमा नै आइफोन फाइभ एसका साथै कम आय भएका उपभोक्तालाई लक्षित गरी सस्तो आइफोन पनि ल्याउने तयारी गरिररहेको छ । यसअघि एप्पलले आइफोन सार्वजनिक गरेपछि सामसुङले पनि त्यस्तै फिचर भएको स्मार्टफोन सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो प्याटेन्ट राइट चोरी गरेको भन्दै सामसुङमाथि मुद्दा हालेर क्षतिपुर्ति तिराएको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center